आफू पढिरहेको कलेज विरुद्ध आन्दोलन गर्ने रहर कसलाई होला र ? जव आफ्नै पढाइमाथि प्रश्न चिन्ह उठ्छ तव आन्दोलन रहर हैन वाध्यता वन्न पुग्छ । गण्डकी मेडिकल कलेजका विद्यार्थीले थालेको वढि शुल्क उठाएको हर हिसाव देखाउ आन्दोलनले यतिखेर कलेज नै उखेल्न सक्ने आधि तुफान वनेको छ ।
सवै जसो ठूला पाटीलाई चन्दा दिएर लठ्ठ वनाउँदै जनता लुटदै आएका खुमा प्रसाद अर्याल हुन् या राजनैतिक वैशाखी वोकेर शक्तिको खेलोमेलो गर्ने रविन्द्र प्रसाद श्रेष्ठ, फर्जि विल काटेर करोडौं कुम्ल्याउने सन्तोष शर्माहरुको भागदौड मच्चिएको छ पोखरामा । अराजकता र अनियमितता कारण पटक पटक विवादित वनेको गण्डकी मेडिकल कलेजको विवाद उत्कर्ष तिर लम्किरहँदा पोखराकै अरु नर्सिङ कलेजहरुको संकट सुरु भएको छ ।
प्यारामेडिक शिक्षाका नाममा पसल थापेर वसेका कतिपय नर्सिङ कलेजहरु न्यूनतम सर्त तथा मापदण्ड पुरा नगरेका कारण अस्तित्वको संकटमा पर्ने देखिएका छन् । वार्षिक करोडौं रुपैयाँ उठाएर नर्सिङ, एच.ए., वि.एन. र वि.एस.सी नर्सिङ कोर्ष चलाएका कलेजहरुले आफ्नो हस्पिटल समेत नभएका कारण संकटमा पर्ने भएका छन् ।
नेपाल नर्सिङ काउन्सिलले नर्सिङ कलेजहरुको अनुगमनलाई कडाइ गर्न थालेपछि पोखराका केहि नर्सिङ कलेजको भागदौड सुरु भएको हो । प्रदेश सभा सदस्य राजिव पहारीको लगानी रहेको चरक एकेडेमीले समेत अवैध ढंगवाट कलेज चलाउन थालेपछि अन्य नर्सिङ कलेजहरुले पहिला चरक एकेडेमीलाई नियमन गर भन्दै चौर औलो तेस्र्याउन थालेका छन् ।
यस्तै पोखराको जाल्पा रोडमा रहेको पद्म नर्सिङ एकेडेमी का विद्यार्थी र अभिभावकले आफ्नै कलेज प्रशासन र व्यवस्थापन समक्ष नियमानुसार कलेज चलाउन र आफनो वालवालिकाको भविष्यमाथि खेलवाड नगर्न चेतावनी सहित निवेदन दिएको विस्वस्त स्रोतले वतायो । उनीहरुल्े कलेज व्यवस्थापनलाई पत्र लेखि आफूहरु लाई १०० वेडको अस्पतालमा प्रयोगात्मक कक्षाको प्रवन्ध गर्न आग्रह गरेका छन् ।
हाल सम्म ५० वेड मात्र रहेको पद्म नर्सिङ होममा प्रयोगात्मक कक्षा चलाउँदै आएको थियो । वेड संख्या नै नपुगेको अस्पतालमा प्रयोगात्मक कक्षा चलाएर आफ्नो शैक्षिक गुणस्तर माथि खेलवाड गरेको पनि विद्यार्थीहरुले आरोप लगाएका छन् । कलेज व्यवस्थापनले अभिभावक र विद्यार्थीको माग पत्र पद्म नर्सिङ होमलाई पठाएको छ ।
पद्म नर्सिङ होमलले आगामी चैत्र २ गते विशेष साधारण सभा वोलाएको छ । विशेष साधारण सभाले पद्म नर्सिङ होम र पद्म नर्सिङ कलेज वीचको सम्वन्धनलाई औपचारिक रुपमै तोड्ने तयारी गरेको छ । नर्सिङ होमका प्रवन्ध निर्देशक डा. यज्ञमान शाक्यले भने चैत्र २ गते को विशेष साधारण सभाले निकास दिन्छ ।
सराङकोट साप्ताहिकले निरन्तर खवर सार्वजनिक गरेपछि नेपाल नर्सिङ काउन्सिलको ध्यान तानिएको छ । काउन्सिलको वसन्ती थापा, लक्ष्मी तामाङ सानु तुलाधर र राधिका रेग्मीको टोलीलाई माघ १४ गते पोखरा खटाएर कलेजको अनुगमन र नियमन गर्न खटाएको थियो । उक्त अनुगमन टोलीले मापदण्ड पुरा नभएको पद्य नर्सिङ एकेडेमी लगायतका कलेजहरुलाई सचेत गराएको छ ।

०६१४४५०००, ९८५६०३३३९१
पद्म नर्सिङ कलेजका विद्यार्थी आन्दोलित, विद्यार्थी र अभिभावकको माग–“छिटो निकास देउ”
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्