२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

सरकारी विद्यालयको भ्रष्टाचार डरलाग्दो

राज्यको सर्वाधिक लगानी रहेको सामुदायिक विद्यालय भ्रष्टाचारको अखडा वन्न पुगेको पाइएको छ। सरकारी ढुकुटीवाट विभिन्न योजनाका लागि आएको वजेटमा सामुदायिक विदालयका विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको मिलेमतोमा विल भरपाई मिलाएर भ्रष्टाचार हुने गरेको घटना सार्वजनिक भएको छ।
पोखरा–१४ मा रहेको शुक्रराज वलभद्र मा.वि. छिनेडाँडा मा भ्रष्टाचारको विषयमा कुरा उठेपछि वर्तमान प्र.अ. र भूतपूर्व प्र.अ. वीच विवाद उग्र हुन पुग्यो । विवाद हात हालाहाल सम्मको स्थिति आउनुले त्यहाँको अनियमिततालाई छरपस्ट पारेको छ ।
अर्को सामुदायिक विद्यालय श्रीकृष्ण मा.वि. मासवारमा करिव ४५ लाख रुपैयाँको हिसाव किताव गोलमाल पारिएको छ। पुस्तकालयको लागि महानगर र जिल्ला शिक्षा समन्वय इकाइवाट गएको पैसा गायव छ तर एउटा पनि पुस्तक किनिएको छैन । भौतिक संरचना निर्माण कहाँ के कति गरिएको हो भन्ने वारेमा कुनै आधिकारिक विवरण पाइएको छैन ।
विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष तेजनारायण अधिकारी र पूर्व प्र.अ. केदारनाथ अधिकारीको कार्यकालमा भए गरिएको सवै काम कारवाहीको लेखा परिक्षण नियम सँगत नदेखिएको भन्दै वर्तमान प्र.अ. टिकाराम लामिछाने । विव्यस अध्यक्ष पुरुषोत्तम रेग्मीले कानून वमोजिम वरवुझारथ लिएका छैनन् । प्र.अ. टिकाराम लामिछानेले अघिल्लो कार्यकालको हर हिसाव लेखा दुरुस्त भएपछि मात्र वर वुझारथ लिने अडान लिएपछि श्रीकृष्ण मा.वि. को भ्रष्टाचार प्रकरण वाहिर आएको थियो ।
दुई दशक भन्दा लामो समय प्र.अ. वनेका केदार नाथ अधिकारी र दुई वर्ष ३ महिना वि.व्य.सं. अध्यष वनेका तेजनारायण अधिकारीको कार्यकालमा सरकारी वजेटको हिनामिना वढी भएको भन्दै स्थानियले विरोध गरेपछि महानगरपालिकालिे छानविनका लागि प्राविधिक खटाएको छ । महानगरपालिकाले भौतिक नापजाँच मात्र गरेर दोषीलाई चोख्याउन नहुने भन्दै सर्वत्र खवरदारी गरिएको छ ।
छानविनका लागि खटाइएका महानगरका प्राविधिकहरुले भद्रगोल देखिएको वताएका छन् । सरकारी खर्च गर्न योजना, वजेट र लगत इस्टिमेट अनिवार्य सर्त हो तर त्यहाँ त्यस्तो केहि पाइएको छैन । विद्यालय व्यवस्थापन समितिको निर्णय समेत नगराई मनोमानी गरिएको कामलाई वैधता दिन नमिल्ने छानविनमा खटिएका प्राविधिकले वताए । विस्तृत छानविन जरुरी रहेको जनाउँदै प्राविधिकहरुले सर्वपक्षीय छानविन हुनुपर्ने वताएवाट पनि श्रीकृष्ण मा.वि. को अनियमितता प्रकरण गंभिर रहेको प्रष्ट पारेको छ ।
श्रीकृष्ण मा.वि. पोखरा महानगरपालिका वार्ड नं. ७ को एकमात्र सामुदायिक विद्यालय हो एक मात्र सरकारी विद्यालय भएका कारण त्यहाँ नेतृत्व लिन होड नै चल्ने गरेको छ । पछिल्लो वर्षहरु साविक नेकपा एमाले पाटीका स्थानिय र जिल्ला तहका नेताहरुको नेतृत्व विव्यसले पाएको छ । पूर्व अध्यक्ष तेज नारायण अधिकारी एमालेको महानगरपालिका समितिका संयोजक र पछि महानगर संयन्त्र सदस्य समेत हुन भने हाल उनि महानगर सहकारी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन्।
हाल वि.व्य.स.का अध्यक्ष वनाइएका पुरुषोत्तम रेग्मी नेकपा वार्ड नं. ७ का पूर्व अध्यक्ष हुन् । महानगरपालिकाले वनाएको शिक्षा नियमावली वमोजि गठन भएको वडा शिक्षा समिति मा अधिकांस सदस्य वोर्डिङका संचालनहरु राखिएका छन् । दलिय वर्चस्व कायम राख्ने नियतले नेकपाका आस्थावान व्यक्तिलाई राखिएपछि व्यवस्थापन समिति नेकपाको पोल्टामा परेको हो। नेकपाकै नियन्त्रणमा महानगर र वडा रहेका कारण श्रीकृष्ण मा.वि.को भ्रष्टाचार प्रकरण ३३ किलो सुन काण्ड झै विलाउने त हैन भन्ने प्रश्न उव्जीएको छ ।

प्रतिक्रिया दिनुहोस्