
पोखरा महानगरपालिकाले एस इ इ को मोडलमा लिएको परीक्षा चालु शैक्षिकसत्रको आधारभूत तह (कक्षा -८) को नतिजालाइ महत्वका साथ हेरिएको छ । एस इ इ लाई मात्र देखिने परीक्षा मानेर घोटाउने सामुदायिक र सस्थागत बिध्यालयहरु ८ कक्षाको नतिजाबाट झस्किएका छन । खास गरि जिपिएलाइ आधार देखाएर बिज्ञापनको व्यापार गर्ने सस्थागत बिध्यालयहरु महानगर स्तरीय परिक्षाको नतिजाबाट बिक्षिप्त बन्न पुगेका छ्न । प्रश्नपत्र निकाल्ने उच्च गोपनियता देखि कपि परिक्षण प्रणाली समेत कोडिङ डिकोडिङ बाट गरिएका कारण बिध्यार्थिहरुले वास्तविक नतिजा प्राप्त गरेका छन तर त्यसले सस्थागत बिध्यालयहरुमा तरङ्ग ल्याएको छ ।
गुरुकुल र सस्कृत शिक्षा बाहेक १०३३१ बिध्यार्थिले परीक्षा दिएका थिए । ति मध्य सामुदायिकका करिब ३९ सय र सस्थागतका ६६ सय बिध्यार्थी परिक्षामा सहभागी भएका थिए । सहभागी मध्य सस्थागतका ७६३ र सामुदायिकका १५४१ जना गरि २६१ वटा स्कुलका कुल २३०४ जना बिध्यार्थीले कक्षा वृद्धि गर्न योग्य ग्रेड ल्याउन सकेनन अर्थात उनिहरु अनुत्तीर्ण भएका छन । अनुत्तीर्णहरुले ग्रेड वृद्धिको लागि आगमी बैशाख १० गतेबाट मौका परीक्षा दिन पाउने अबसर महानगरले ब्यबस्थापन गरि प्रक्रिया अगाडी बढाएको छ ।
९ जना बिध्यार्थिले ल्याए ४ जिपिए
चैत्र १८ गते प्रकाशित नतिजा अनुसार ९ जना बिध्यार्थिले मात्र ४ जिपिए नतिजा हासिल गरेकाछन ।
४ जिपिए ल्याउनेमा सबलाइन बोर्डिङका २ जना , रहेकाछन । मदरल्यान्ड मा बि ,शैनिक आवासीय मा बि, गण्डकी बोर्डिङ ,रेन्बो एकेडेमी , ग्लोबल कलिजिएट , डाइमन्ड बोर्डिङका एक एक जना बिध्यार्थिले ४ जिपिए ल्याएका छन । सामुदायिक तर्फ सितलादेबी माबीका मात्र एक जना बिध्यार्थिले ४ जिपिए नतिजा हासिल गरेका छन । यसले राज्यको लगानिमा सन्चालित स्रोत साधन सम्पन्न बिध्यालयहरुको नतिजा खस्किएको पुस्टि गराएको छ यो एउटा चुनौतीको बिषय बनेको छ ।
सार्बजनिक नतिजा अनुसार ३.६ देखि ३.९९ सम्म जिपिए ल्याउनेमा सामुदायिक बिध्यालयका ३२८ र सस्थागत (बोर्डिङ ) का १५५० जना रहेका छन यसलाइ ए-प्लस भनिन्छ । यस्तै ३.२ देखि ३.६ सम्म जिपिए ल्याउनेमा सामुदायिकका ६३६ र सस्थागतका २४६१ बिध्यार्थी रहेकाछन यसलाइ ए ग्रेड भनिन्छ । यस्तै २.८ देखि ३.२ सम्म जिपिए ल्याउनेमा सामुदायिकका ८२० र सस्थागतका १४६३ जना रहेकाछन । २.४ देखि २.८ सम्म जिपिए ल्याउनेमा सामुदायिकका ४२७ र सस्थागतका २७४ जना रहेका छ्न भने सबैभन्दा कम जिपिए २ देखि २.४ जिपिए ल्याउने मा सामुदायिकका ११ र सस्थागतका ४९ जना बिध्यार्थिहरु रहेको पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भन्डारिले बताए ।
कक्षा ८ अर्थात आधारभूत तहलाइ बिध्यालयहरुले खासै महत्व नदिएका कारण नतिजा सुधार हुन नसकेको शिक्षाका जानकारहरु बताउँछन् । यहि रुप र शैलिमा कक्षा ५ को परीक्षा लिन सकेमा बिध्यालयका शिक्षकले तल्लो तहबाटै शैक्षिक गुणस्तर सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको विशेष पहलमा सम्पन्न भएको आधारभूत तहको अन्तिम परिक्षाको नतिजा प्रकाशन पछि कतिपय बिध्यालयले अतिरिक्त कक्षा सन्चालन सुरुवात गरेका छन । मौका परिक्षालाइ नतिजा सुधार गर्ने सोचमा रहेका बिध्यालयहरुले आगामी बैशाख १० गते बाट सुरु हुने ग्रेड वृद्धि परिक्षाको तयारीमा जुटेकाछन ।
प्रतिक्रिया दिनुहोस्