
यदुनाथ बन्जारा
पोखरा १६ अर्मला सयलेको बाक्लेपानी गाउँ कृषिको लागि प्रख्यात ठाउँ मानिन्छ । हिउदमा छरेको गहुँ र बर्खे मकै हुर्किरहेको देखिन्छ । चैत्रको ९ गते कृषक हरिलाल आचार्य र उनको परिवार तल्लो गरमा मकै गोडमेल गरिरहेका थिए । अचानक ग १ क ४६५० नम्बरको जेसिबी आफुले नै मकै रोपेको माथिल्लो गरामा पस्यो । जेसिबी शङ्कर बस्नेतको रहेको तर मकै वारि मास्नेगरी मेसिन चलाउन बगरका अशोक केसिले भाडामा लगेको बुझिएको छ । केसीले सानका साथ डोजर चलाउन बल दिइरहेको देखिन्छ ।
मकै हुर्कदै गरेको गराको बान्डो भत्काएर पसेको जेसिबी मकै बारिमा पसेर धमाधम चल्न थाल्यो , हेर्दाहेर्दै डोजरले मकै सखाप बनाएर सम्म रहेको गरोमा तान्डब मच्चाउने काम भयो । धन्सार कटेरो माथीको गहुँ बारीमा समेत डोजरले क्षती पुर्याएको छ ।
आफ्नो पुर्खाले २०१३ साल देखि खेतिपाती गर्दै आएको ठाउँमा डोजर आतङ्क मच्चाएको दृश्य टुलुटुलु हेरेका दिपेन्द्र बानियाँले प्रहरी गुहारे । डोजर चलाइरहेको स्थानमा लामचौरमा रहेको मेट्रो 59 का दुइजना प्रहरी पुगे । घटनास्थल पुगेको प्रहरीले डोजरको चाबी नियन्त्रणमा लियो । तर केही क्षणमा प्रहरीले डोजरको चाबी फिर्ता गरिदियो । डोजर चलाउन निस्चित मापदण्ड पूरा गरि महानगरबाट अनुमति लिनु पर्नेमा त्यस्तो कुनै प्रक्रिया पूरा नगरि मनोमानी ढङ्गबाट हुर्किरहेको बाली मासेर डोजर चलाउदा प्रहरीले उन्मुक्ति दियो । कारबाहीका लागि महानगर पठाउनु पर्ने डोजरलाइ खासखुसको भरमा उन्मुक्ति दिनुमा के के गोप्य सहमति र शुभ लाभका काम भयो त्यो भने बुझ्न सकिएन तालुक कास्की प्रहरीले छानबिन गरेको खन्डमा सत्यतथ्य बाहिर आउने अपेक्षा गरिएको छ । बगर प्रहरी प्रमुख प्रहरी निरिक्षक देबराज भट्टराई सङ्ग तपाइँ मातहतको प्रहरी चौकिले अनुमती नलिइ जथाभावी चलेको डोजरलाइ समातेर पनि किन उन्मुक्ति दिएको होला भन्ने जिज्ञासामा फिल्डमा जाने प्रहरीलाई कानुन थाहा नभएर होला भन्दै पानी माथिको ओभानो बन्ने गरि जवाफ दिए । पोखरा महानगरपालिका पुर्बाधार महाशाखा प्रमुख सिडिइ सुरेन्द्र पान्डेका अनुसार स्वीकृति लिइएको बाहेक कसैलाइ पनि मेशिन चलाउने अनुमती बन्द गरिएको छ । फागुनको पहिलो साता पोखरा महानगरले सार्बजनिक सुचना निकालेरै यस्तो उर्दि जारी गरेको थियो तर अशोक केसिले चैत्र ९ गते दादागिरी सैलिमा कानुनलाई चुनौती दिएर अर्काको मकै र गहुँ बारिमा मेसिन चलाएका हुन।
यो मात्र होइन अर्मलाका विभिन्न ठाउँहरुमा महानगरबाट अनुमती स्वीकृति नलिइ जथाभावी डोजर चलाइएको देखिन्छ । प्रहरीलाई खबर गर्यो प्रहरी पुग्दा सियो हराए झै डोजर हराएको हुन्छ । सुचना चुहाएर सुचना दिनेलाइ नै असुरक्षित बनाउने काम प्रहरीले गरेको छ । प्रहरिले पाएको सूचना गोप्य रहन्न भने दालमे कुछ काला त हुन्छ नै यता सुचनादाताको सुरक्षा चिन्ता उतिकै पीडादायी हुनेगर्छ । कास्की प्रहरिको आँखा खुलोस ।
मिलेको विवादको चुरो कुरो यस्तो रहेछ
करिब ६ बर्ष अगाडी पोखरा १ बगरका , अशोक केसि दाजुभाइ र लामाचौरका दिपेन्द्र बानियाँ दाजुभाइ बीच खुसिराजिले जग्गाको बिबाद समाधान भएको थियो । मालपोत कार्यालय र अदालतमा बर्षौ देखि गिजोलिएको ४ -१५-०-२ क्षेत्रफलको जग्गा खिचोला मुद्दा यी दुई परिवार बीच मालपोत कार्यालय कास्किमा २०७५ चैत्र १५ गते मेलमिलाप भएको थियो । मेलमिलाप अनुसार कि न ४२० दिपेन्द्र बानियाँको श्रेस्ता पुर्जा भएको जग्गा भएकोले उक्त जग्गामा कित्ता मिलान हुने गरि कि न ४२१ को दक्षिण तर्फ कमाउदै आएको २-७-२-१ क्षेत्रफलको जग्गा दिपेन्द्र बानियाँले भोग गर्ने र धनसार कटेरोको उत्तरतर्फको २-७-२-१ क्षेत्रफलको जग्गा अशोक केसि पक्षले भोग गर्ने गरि लिखित सहमति भएको थियो ।( मालपोतमा भएको प्रमाणित सहमति कागज सराङकोट सङ्ग सुरक्षित रहेकोछ ।)

यसरी सहमति भएपछी बर्षौ देखि चलेको जग्गा खिचोला मुद्दा टुंगोमा पुगेको थियो। जसमा बानियाँ पक्षले आफ्नो भागमा परेको जग्गामा दशकौ देखि खेती गर्दै आएको थियो भने अशोक केसी परिवार तर्फको जग्गा अझै सम्म बाझो रहि आएको छ । सहमति भइ जग्गा खिचोला टुङ्गिएको ६ बर्ष पछि आएर अशोक केसीले सहमति बिपरित गै बिबाद ब्युताएकाछन । २०१३ साल र २०१७ सालमा बानियाँ परिवारले केसी परिवार बाट राजिनामा पास गरि जग्गा लिदा कि न ४२० दर्ता भएको र ठेगाना गल्ती लेखिन जादा कि न ४२१ दर्ता छुट हुन गै हालसम्म भोगचलन भएको तर दर्ता हुन नसक्दा जग्गा बिबाद दशकौंदेखि थाती रहेको थियो । जग्गा दिपेन्द्र बानियाँ र जित बहादुर बानियाँले किनेको र दर्ता छुट हुन गएको कुरा ऐन मौकामा गरिएको सर्जमिन मुचुल्का कागज प्रमाणले स्पष्ट बोलेको छ ।
सर्जमिन मुचुल्का भन्छ बानियाँको नाममा दर्ता हुनुपर्छ
मिति २०६३ साल असार २७ गते साबिक अर्मला गाबिसले गाउका भद्र भलाद्मी बुद्दिजिबी समेतलाइ बोलावट गरि सर्जमिन मुचुल्का उठाएको थियो । गाबिसका पुर्ब अध्यक्ष कुल प्रसाद भट्टराई , सामाजिक ब्यक्तित्व रामजी प्रसाद आचार्य , लिलाधर आचार्य , दिननाथ आचार्य समेतका १५ जना जानकार ब्यक्तिहरुबाट सर्जमिन मुचुल्का गरिदा उक्त कि. न .४२० को जग्गा जित बहादुर बानियाँ र दिपेन्द्र बानियाँलेका बाजे बज्यैले २०१३ र २०१७ सालमा जग्गा केसी परिवारबाट लिए देखिनै भोग गर्दै आएको भएपनी दर्ता छुट हुन गएको जग्गा अबिछिन्न रुपमा उपभोग गर्दै आएकोले दिपेन्द्र बानिया र जित बहदुर बानियाँलेको नाममा जग्गा दर्ता गर्दा फरक नपर्ने ब्यहोराको सर्जमिन मुचुल्का गरिदिएका छन । गाबिसका तत्कालीन सचिब रामचन्द्र पौडेलले काम तामेल गरेका थिए ।
यहि सर्जमिन मुचुल्कालाइ आधार मानी तत्कालिन गाबिस सचिब रामचन्द्र पौडेलले मिति २०६३ असार ३० गते दिपेन्द्र बानियाँको नाममा जग्गा दर्ता गरिदिनुहुन मालपोत कार्यालय कास्किको नाममा सिफारिस पत्र लेखी पठाएका थिए । सर्जमिन मुचुल्का र सिफारिस पत्रलाइ आधार मानेर नियमानुसार काम गरेको भए २०६३ सालमै उक्त कि न ४२१ को ४-१५-०-२ जग्गा दिपेन्द्र बानियाँलको नामम दर्त भैसक्ने थियो । तर उनै गा बि स सचिब रामचन्द्र पौडेलले गरेको मनोमानी लिखत सिफारिसका कारण बानियाँ परिवारले पाएको हक समेत अलपत्र परेको छ ।
सचिब पौडेलको दोहोरो चरित्र रहस्यमय
साबिक अर्मला गाबिसका सचिब रामचन्द्र पौडेलले पटकपटक दोहोरो चरित्र देखाएका छन । २०६३ असार ३० गते सर्जमिन मुचुल्कालाइ हवाला दिएर दिपेन्द्र बानियाको नाममा जग्गा दर्ता गर्न सिफारिस पत्र लेखेका थिए । त्यो सिफारिस कार्यान्वयन हुन नपाउदै उनै सचिब रामचन्द्र पौडेलले ३ दिन नबित्दै २०६३ साउन ३ गते अशोक केसी , गोकर्ण बहादुर केसीको नाममा जग्गा दर्ता गरिदिन मालपोत कास्किलाइ सिफारिस पत्र दिएका थिए उक्त दोहोरो सिफारिस पत्र सराङ्कोटले फेला पारेको छ ।
पुन २०६४ फागुन १३ गते गोकर्ण केसि र अशोक केसिको नाममा जग्गा दर्ता गरिदिनु भनी सिफारिस पत्र काटेको पाइएको छ तर स्थानीय बुद्दिजिबी भद्रभलाद्मी सहितका जिम्मेवार ब्यक्तिले गरेको सर्जमिन मुचुल्काको खिलाफमा कुनै ठोस कारण प्रमाण समेत समेत नखुलाइ किन दोहोरो सिफारिस लेखेका हुन भन्ने पुस्ट्याइ कतै बाट खुल्दैन । त्यति मात्र हो र उनै सचिब रामचन्द्र पौडेलले २०६६ पुस ९ गते केसि परिवारकै नाममा जग्गा दर्ता गर्न ताकेता स्वरुप सिफारिस पत्र लेखेको पाइएको छ । सचिब रामचन्द्र पौडेलले बिना आधार केसि परिवारको हित गर्ने गरि पटकपटक पत्र लेख्नु त्यो पनि बिना आधार ।
सार्बजनिक ओहोदामा रहेको कर्मचारीले कानुनलाई समेत प्रभावित पार्ने गरि पदको दुरुपयोग गर्नुलाइ रहस्यमय रुपमा हेरिएको छ । पुनराबेदन अदालतले गरेको फैसलामा समेत सचिब रामचन्द्र पौडेलले गरेको दोहोरो तेहरो सिफारिस मोलाहिजामा परेर लेखिएको हुन सक्ने आशङ्का गरिएको छ । उनलाइ हामिले तपाइले एउटा जग्गामा किन दोहोरो सिफारिस गरेको भन्ने जिज्ञासा राख्दा उनले त्यस्तो नगरिएको बताए तर उनले गरेको दोहोरो तेहरो सिफारिसपत्र सराङ्कोट सङ्ग सुरक्षित छ । यस बिषयमा अख्तियारले छानबिन गर्न जरुरी छ ।
जसको जोत उसको पोत भन्ने पुरानो उक्तिलाई कार्यान्वयन गर्ने हो भने अहिले पनि अबिछिन्न रुपमा बानियाँ परिवारले खेतीपाती गर्दै आएको स्पस्ट छ । ७० बर्ष अघिबाट श्रम पसिना भिजाएर आएको जग्गामा अबैध ढङ्गले डोजर चलाएर बाली बिरुवा नासमास गर्ने कार्य भएको कुरा घाम जतिकै छर्लङ्ग देखिन्छ । तर बिडम्बना प्रहरीले डोजरलाइ उन्मुक्ति दिन्छ भने न्याय खोज्न कहाँ जाने ?
प्रतिक्रिया दिनुहोस्