२०८१ चैत्र २७
०६१४४५०००, ९८५६०३३३९१

सुबिधाप्रेमी प्रदेश प्रमुख भट्ट राज्यकोषको दुरुपयोग गर्दै छोरालाइ जागीर !

नेकपा एमालेको कोटामा प्रदेश प्रमुख  बनेका गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टका प्रमुख स्वकीय सचिव ज्योति भट्टले कार्यालयमा हाजिर नै नगरी पारिश्रमिक बुझेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टका सहोदर छोरा ज्योतिले कार्यालयमा हाजिर नै नगरी प्रमुख स्वकीय सचिवले पाउने सह–सचिवले पाउने सरहको सेवा सुविधा लिएका हुन् । पदिय दुरुपयोग गरि अनाधिकृत ब्यक्तिलाइ सरकारी कोषबाट तलब खुवाउने  कार्य गरेका पात्र प्रदेश प्रमुखका सहोदर छोरा  ज्योति भट्टले एक वर्षसम्म कार्यालयमा हाजिर नै नगरी तलब बुझेका छन् । प्रदेश प्रमुख भट्ट नियुक्ती भएलगत्तै प्रमुख स्वकीय सचिवको नियुक्ती लिएका उनले गत फागुन महिनासम्मको तलब हाजिर बिना नै लिएको पुष्टि भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यालयमा कार्यकारी निर्देशक (एक्जुकेटिभ डाइरेक्टर) पदमा कार्यरत उनले हाजिर नै नभई प्रमुख स्वकीय सचिवले लिने तलवसहितका सुविधा लिएको भन्दै अख्तियार  दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी परेपछि उनले हाजिर नै नगरी पारिश्रमिक लिएको खुलाशा भएको थियो । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशमा कार्यकारी निर्देशक भएर सोही समयमा त्यहाँ लिने सुविधा हाजिर भएरै लिएका छन् । सुदुरपस्चिम प्रदेशमा बसेर पुर्णकालिन काम गर्दै आएका भट्ट अन्ततोगत्वा अख्तियारको फन्दामा परेकाछन । यो प्रकरणमा मुछिएका प्रदेश प्रमुख डिल्लिराज  भट्टको कार्यसैलिले  बर्तमान सरकारको सुबिधा सम्बन्धि चरीत्रको चित्रण गरेको छ ।

यो प्रकरणका सम्बन्धमा गण्डकी प्रदेश प्रमुखको कार्यालयलेपनि उनले हाजिर नै नगरी पारिश्रमिक बुझेको पुष्टि गरेको छ । प्रदेश प्रमुख कार्यालयका सचिव बद्रीनाथ अधिकारीले कार्यालयको तर्फबाट हाजिरी रजिष्टर पठाउँदा आफू स्थायी, अस्थायी वा करारको कर्मचारी नभएकाले हाजिर गर्नु पर्दैन भन्ने जवाफ आएको र निजी सचिवालयले नै यति दिन काम गरेको भनेर प्रमाणित गर्ने गरेकोे जानकारी दिए । ‘हामीले नियमित हाजिरका लागि हाजिर कपी पठाएका हौं । उनले आफू स्थायी, अस्थायी वा करारको कर्मचारी नभएकाले हाजिर गर्नुपर्दैन भन्ने कूरा आएको भन्दै पानी माथिको ओभानो बनेका थिए। पछि अख्तियारबाट हाजिरी खोजेपछि हामीले सोधपुछ गर्यौं । उहाँको नियमित हाजिरी छैन । हामीले यही कूरा अख्तियार कार्यालयमा लेखि पठाएका र्छौं’ सचिबले भने ।

यता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकरबहादुर बोगटीले प्रदेश प्रमुख भट्टका छोरा ज्योति भट्ट महासंघ सुदूरपश्चिमको कार्यालयमा निरन्तर काममा रहेको पुष्टि गरे । महासंघको प्रदेश संरचना निर्माण भएको केही समयदेखि निरन्तर प्रदेश कार्यालयको कर्मचारीको रुपमा कार्यरत रहेको उनले बताए । ‘ठ्याक्कै कुन मिति भन्ने मलाई याद भएन । गण्डकी प्रदेश प्रमुखको छोरा ज्योति भट्ट हाम्रो कार्यालयमा एक्जुकेटिभ डाइरेक्टरको रुपमा कार्यरत छन । उनि प्रदेश स्थापना भएको केही समय पछि निरन्तर कार्यालयको कर्मचारी हो । मैले नै यो तेस्रो कार्यकाल महासंघ प्रदेशको अध्यक्ष भएर काम गरिरहेको छु ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले यही ३ चैतमा प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउँदै प्रदेश प्रमुख डिल्लीराज भट्टका प्रमुख स्वकीय सचिव ज्योति भट्ट र उपस्वकीय सचिव कुमार तामाङले प्रदेश प्रमुखको कार्यालयबाट बिना हाजिर तल भत्ता लिएको र प्रदेश प्रमुखको भैसेंपाटी ललितपुरमा रहेको निजी निवासमा विगत १० महिना देखि विभिन्न व्यक्तिहरुलाई बस्न दिएर प्रदेश प्रमुखको छोराले घरबाट भाडा उठाएको भन्ने उजुरी परेको र सो सम्बन्धमा पत्र प्राप्त भएको १५ दिन भित्र राय प्रतिक्रिया सहित प्रमाणित कागजात उपलब्ध गराउन पत्र काटेको थियो ।

सोही पत्रलाई आधार मानेर प्रदेश प्रमुखको कार्यालयले प्रदेश प्रमुख भट्टका छोरा ज्योति र उपस्वकीय सचिव तामाङले लिएको पारिश्रमिकको पे–रोलसहितको विवरण उल्लेख गरेर अख्तियारमा जवाफ पठाएको छ । तामाङ स्थायी शिक्षक रहेको बताइन्छ ।

ज्योति भट्टद्वारा ‘हाजिर नगरेको स्वीकार

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टका प्रमुख स्वकीय सचिव ( १ चैत देखि लागु हुनेगरी राजिनामा दिएका छन ) ज्योति भट्टले आफू स्थायी, अस्थायी वा करारको कर्मचारी नभएकाले हाजिर नगरेको बताए । ‘म स्थायी, अस्थायी वा करारको कर्मचारी होइन । त्यसैले पहिलेकै अभ्यास अनुरुप हाजिर नगरेको हो । ’ उनले भने, ‘जहाँसम्म दोहोरो सुविधाको कुरा छ, मैले उद्योग वाणिज्य संघमा जागिर खाएको हो । राज्यको दोहोरो सुविधा लिएको होइन ।’ उनले कामै नगरी सरकारी कोषबाट तलब भत्ता  सुबिधा लिएको सम्बन्धमा भने नाजायज काम नगरेको दाबी गरे ।

ज्योति भट्टले आफू नितान्त आफ्नो बुवा (गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट) लाई सहयोग गर्न भनेर आएको र केही समयमै छोड्न चाहेको भएपनि आफ्नी आमा विरामी रहेको र स्वयम प्रदेश प्रमुख समेत विरामी भएकाले हेरचाहमा बस्नु परेको बताए । ‘स्वकीयहरुका लागि स्पष्ट कार्यविधि छैन, कार्यालयमै बस्नुपर्छ भन्ने भन्दापनि प्रमुख ज्युलाई काममा सहयोग गर्ने विषय रह्यो । समयको बाउण्ड्रीपनि नभएकाले के आधारमा हाजिर गर्ने भनेर नगरेको उनले बताए  ।

भैसेपाटीको निवासको विषयमा भने अत्यन्त गैरजिम्मेवार र आफूले सोच्नै नसक्ने खालको आरोप खेपेको उनले बताए । ‘भाडामा मान्छे राखेर पैसा उठायो भन्ने जस्तो नित्कृष्ट आरोप लगाइयो । निवास खण्डहर जस्तो बन्ने देखेर परिवारकै तर्फबाट त्यसको हेरचाह गर्ने र व्यवस्थित गर्ने काम गरेको हो । कहीँकतै गलत काम गरेकै छैन’ उनले भने ।

यता उप स्वकीय सचिव कुमार तामाङले आफूले एउटा विद्यालयमा पढाउने गरेको भएपनि प्रदेश प्रमुखको निवासमा उपस्थित भएरै हाजिर गरेरै काम गरेको बताए । यो देशमा ठूलाबडाले जे गरेपनि हुने तर, आफूजस्तालाई निमोठ्ने काम हुनेगरेको उनको टिप्पणी  गरे तर प्रदेश प्रमुखले गरेको कार्यको बारेम सामान्य रुपमा लिए । भट्टले राज्यकोषबाट कुन सुबिधामा  कति रकम लिए त्यो बिषयमा सूचनाको हक  प्रयोग गरेर तथ्यांक सार्बजनिक गरिने नै छ । अन्य कार्यालय मन्त्रालयमा अनाधिकृत सुबिधा के के लिएका छन त्यस बिषयमा निगरानी र छानबिन गरिनु आवश्यक छ ।

            प्रदेश प्रमुख जस्तो रास्ट्रको जिम्मेवार पदमा आसिन ब्यक्तित्वहरुले राज्यकोषको अनाधिकृत रुपमा दुरुपयोग गरिदा  जनतामा असन्तुष्टि फैलिएको नागरिक समाजका अगुवाहरुले बताएकाछन । राज्य सन्चालनका शासक प्रशासकहरुबाट भएका अनियमितताका कारण संघीयताको बिरुद्दमा  आवाज उठ्न थालेको छ । राज्यले कानुन बनाएर राज्यकोषको उपयोग नीति बनाएर कार्यान्वयन गरिनुपर्छ तब मात्र सुशासनमा टेवा मिल्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्