२०८१ चैत्र २७
०६१४४५०००, ९८५६०३३३९१

कक्षा ८ को नतिजा सार्बजनिक , ७९ प्रतिशत उतिर्ण ,२१ प्रतिशतको ग्रेड वृद्धि परीक्षा बैशाख १० गते हुने

पोखरा महानगरपालिकाद्वारा फागुन २८ गतेबाट लिइएको आधारभूत तहको अन्तिम परिक्षा कक्षा ८ को नतिजा सोमबार सार्वजनिक गरिएको छ। पोखरा महानगरपालिका भित्रका सामुदायिक तथा सस्थागत बिध्यालयमा कक्षा ८ मा अध्यनरत १०५१२ जना बिध्यार्थिले परीक्षा दिएका थिए । परीक्षा दिएका मध्य कुल ७९ प्रतिशतले समुत्रीण नतिजा हासिल गरेका छन , जसमध्य ९ जना बिध्यार्थिले ४ जिपिए ल्याएकाछन । सहभागी बिध्यार्थी मध्य सस्थागत बिध्यालय तर्फका ८५ प्रतिशत र सामुदायिक बिध्यालय तर्फका ६० प्रतिशतले उतिर्ण गरि औसत ७९ प्रतिशतले सफल नतिजा हासिल गरेको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले बताए । धार्मिक , सस्कृत , बौध र गुरुकुल बिषयको नतिजा केही दिन भित्र प्रकाशन गरिने बताइको छ ।


नतिजामा एन जि ग्रेड पाएका २१ प्रतिशत बिध्यार्थिहरुका लागि बैशाख १० गते देखि ग्रेड्बृद्दी परीक्षा दिने समय तोकिएको छ । ग्रेडवृद्धि परिक्षाको सूचना र फर्म खुल्ला भैसकेको शिक्षा महाशाखाका परीक्षा सयोजक सोमनाथ भन्डारिले बताएकाछन । ग्रेड वृद्धि गर्न इच्छुक बिध्यार्थिहरुले यो मौकाको सदुपयोग गर्न पोखरा महानगरपालिकाले सम्बन्धि बिध्यार्थी र सरोकारवालालाई सोमबारै एक सूचना मार्फत सूचीत गरेको छ ।
पोखरा महानगरपालिकाले चालू शैक्षिकसत्र बाट महानगरस्तरिय आधारभूत तहको अन्तिम तह कक्षा ८ को परिक्षालाइ एसइइको झल्को मेटिनेगरी सन्चालन गरेको छ । महानगर शिक्षा महाशाखाले प्रश्नपत्र छपाई , परिक्षाकेन्द्रको ब्यबस्थापन , कोडिङ डिकोडिङ पद्धतिबाट उत्तर पुस्तिका परिक्षण र नतिजा प्रकाशन कार्य सम्पन्न गरेको छ । यो परिक्षा प्रणालिले शैक्षिक गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ । हालसम्म एसइइ परिक्षालाइ मात्र महत्व दिइदै आएकोमा ८ कक्षाको परिक्षालाइ पालिका स्तरिय परीक्षा प्रणालिमा ढालिएपछी सबै बिध्यालयहरुको आधारभूत तहबाटै प्रतिस्पर्धात्मक अध्ययनको बिकास हुने बिस्वास लिइएको छ । यो प्रणालिले खास गरि सामुदायिक बिध्यालयहरुलाइ शैक्षिक सुधारमा ल्याउन बाध्य पार्ने शिक्षाबिद हरुले बताएकाछन ।

प्रतिक्रिया दिनुहोस्