२०८१ चैत्र १९
०६१४४५०००, ९८५६०३३३९१

अमरसिंह माबिको ६९ औ बार्षिक्त्सब सम्पन्न , सस्थापकको सालिक अनावरण

अमरसिंह मावि पोखराले बुधबार विद्यालयलका संस्थापकको सालिक अनावरण गरेको छ । विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहबीच संस्थापक एवं जग्गादाता मुखिया स्व. देवराज घिमिरे एवं संस्थापक मेजर स्व. वीरसिंह गुरुङको अर्धकदको सालिक पोखरा महानगरका प्रमुख धनराज आचार्यले अनावरण गरेका हुन ।

श्रीपन्चमिका दिनदेखी निर्माण थालिएको
सालिकको विद्यालय अध्यक्ष कृष्णप्रसाद कोइरालाले शिलान्यास गरेका थिए । निर्माणमा मु.देवराजका नाति गोविन्द घिमिरे तथा मे.वीरसिंहका भतिज सु. इन्द्रबहादुर गुरुङले सहयोग गरेकाथिए ।

सालिक अनावरण गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले संस्थापकको योगदान सराहनीय रहेको चर्चा गर्दै उनीहरुका नामबाट त्यस क्षेत्रको सडक नामाकरण गर्न महानगरले पहल गरिरहेको बताए । उनले विद्यालय जग्गाको सिमांकनका लागि महानगरले नापी टोली खटाउने बताए । २०७ रोपनी जग्गा रहेको अमरसिंह माबिको जग्गा मध्य ५३ रोपनी जग्गा गायब भएको छ । यस बिषयमा अख्तियारले पनि चासो दिएको छ । कार्यक्रमको प्रमुख अतिथिको मन्तब्य दिदी मेयर आचार्यले शिक्षकलाई शिक्षण सेवाको मर्म बुझेर अध्यापनमा लाग्न सुझाव दिए । उनले अमरसिंह पोखराको अब्बल शैक्षिक संस्था भएको स्पष्ट पार्दै पछिल्लोपटक राष्ट्रिय विभूतिका नाममा विद्यालयको नामकरण हुनु सुखद् भएको जनाए । विद्यालयका जीर्ण भवन भत्काएर नयाँ बनाउन सुझाव दिँदै उनले त्यसमा महानगरको सहयोग रहने प्रतिबद्धता जनाए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले कस्केलीको गर्वलायक शैक्षिक संस्थाका रुपमा अमरसिंहलाई चिनाउँदै विद्यालय हरेक हिसावले नमुना रहेको बताए । उनले विद्यालयको चल, अचल सम्पतिको सदुपयोग हुनुपर्ने भन्दै त्यसतर्फ ध्यान दिन विद्यालय प्रशासनको ध्यानाकर्षण गराए ।

त्यस अवसरमा वडाध्यक्ष सन्तोष बास्तोला, पूर्व क्षत्रीय शिक्षा निर्देशक गोपालकृष्ण पौडेल, शिक्षासेवी डिल्लीरमण पौडेल, संस्थापक मे.वीरसिंहको परिवारबाट लोकबहादुर गुरुङ तथा संस्थापक घिमिरे परिवारबाट राजनराज घिमिरेले पनि बोलेका थिए ।

कार्यक्रमबीच शिक्षकहरु माधवराज घिमिरे, ,रामुप्रसाद सुवेदी, होमनाथ पौडेल, विष्णुप्रसाद ढुंगाना, भीष्मराज सुवेदी र शान्ता सुवेदी छन् । त्यसैगरी उत्कृष्ट कर्मचारीरुपमा शशिराज भूत्र्याल, रामरति थारु र अनु सार्की सम्मानित भए भने निवर्तमान प्रअ शेरबहादुर थापालाई बिदाइ गरियो । त्यसैगरी शिक्षकहरु गीरधारी सुवेदी, दुर्गामाया सुवेदी र दीपेन्द्र कार्की दीर्घसेवाबाट सम्मानित भएका थिए ।

विद्यालय अध्यक्ष कृष्णप्रसाद कोइरालाले शैक्षिक उन्नयनका लागि आफू नेतृत्वको टिम अहोरात्र खटिहेको सुनाउँदै कक्षाकोठालाई वातावरणमैत्री बनाउन पहल भइरहेको जनाए ।

प्रधानाध्यापक बलराम पोखरेलले शैक्षिक उपलब्धिदर वृद्धि गर्न आफूहरु प्रयासरत रहेको स्पष्ट पार्दै चाँडै नै विद्यालयको जग्गा व्यवस्थापन गरिने उल्लेख गरे ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रअ सुदीप आचार्य, विव्यस सदस्य धनमाया गुरुङ तथा दृष्टिविहीन शाखाका विद्यार्थीले स्वागत तथा शिक्षकत्रय माधवराज घिमिरे, उदयराज पोखरेल र सम्झना कट्टेलले संयुक्तरुपमा कार्यक्रम संचालन गरेका थिए ।

नर्सरीदेखि १२ सम्म पठनपाठन हुने यहाँ हाल करिब ३ हजार विद्यार्थी छन् । दश जोड दुईतर्फ अंग्रेजी माध्यमबाट विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा विषय (समूह) को पढाइ हुँदै आएको छ । साथै विद्यालयमा दृष्टिविहीनता एवं खुला विद्यालयतर्फको पढाइ पनि हुने गरेको छ । त्यस्तै यसै वर्षदेखि श्रवण दृष्टिविहीन (बहुअपाङ्गता)लाई जीवनोपयोगी सीप सिकाउने तयारीमा पनि विद्यालय रहेको बिध्यालयका प्र अ बलराम पोख्रेलले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्