२०८१ चैत्र १९
०६१४४५०००, ९८५६०३३३९१

गण्डकी अस्पताल बिमा रिफण्ड प्रकरण, छानबिन समितिले बुझायो प्रतिबेदन

गण्डकी प्रदेशको ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान भित्र भएको आर्थिक घोटाला काण्डमा गठित छानबिन कार्यदलले कार्यकारी परिषद समक्ष प्रतिबेदन बुझाएको छ । प्रतिस्ठान द्वारा संचालित पस्चिमान्चल अस्पतालमा संचालित स्वास्थ्य बिमा कार्यक्रममा आर्थिक अनियमितताको रहस्योद्घाटन भएको थियो ।
बिमा कार्यक्रममा भएको खर्च सेवाग्राहीको नाममा फिर्ता भएको किर्ते आधार देखाइ रकम अपचलन भएको केही तथ्य बाहिरिए पछि प्रतिस्ठानले छानबिन कार्यदल बनाएको थियो । प्रतिस्ठानका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सुशील अर्यालको सयोजकत्वमा गठित छानबिन कार्यदलमा लेखा अधिकृत हेमन्त ढकाल र आइ टि अफिसर दिपक के सि रहेका थिए ।
अस्पतालले सरकारको नीति बमोजिम बिमा कार्यक्रममा को -पेमेन्ट सिस्टम लागू गरेको थियो । जसमा सरकारी अस्पतालमा लागेको खर्चको १० प्रतिशत र निजि अस्पताल र मेडिकल कलेजमा २० प्रतिशत रकम बिमित सेवाग्राहीले ब्यहोर्न पर्ने ब्यबस्था लागू गरिएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान सरकारी अस्पताल भएकोले बिमा सुबिधा लिने बिरामिले १० प्रतिशत रकम ब्यहोर्दै आएका छन ।
बिमा कार्यक्रममा बिमित सेवाग्राहीबाट ब्यहोरिको रकममा बिमाका केही कर्मचारीले नियतबस अनियमितता गरेको छानबिनबाट खुलेको बताइको छ । बिमा कार्यक्रममा जोडिएका २६ जना कर्मचारी मध्य ४ जनाको नियतमा कैफियत देखिएको स्रोतले बताएको छ । खास गरि बिमा कार्यक्रम सङ्ग जोडिएका कर्मचारिले बिमित सेवाग्राहीबाट लिइएको को पेमेन्ट बापतको पैसा सेवा नलिएको बहाना बनाएर सेवाग्राहीलाई फिर्ता गरिएको जनाएर उक्त रकम आफैले हजम गरेको खुलेको छ ।
कर्मचारिले त्यसरी सेवाग्राहिको १० प्रतिशत को- पेमेन्ट बापतको पैसा अपचलन गर्दा अस्पतालले ९० प्रतिशत रकमको बिमा दाबी गर्न नपाउदा ठूलो घाटा ब्यहोर्न परेको थियो । यो प्रकरणमा छानबिन गर्दा चालू आर्थिक बर्षको करिब ६ लाख रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ । अस्पतालले १० प्रतिशतको हुन आउने ६ लाख र ९० प्रतिशतको हुन आउने करिब ६० लाख रुपैयाँ बिमा दाबी गर्न नपाइ सिधा घाटा बहन गर्न परेको छ ।
छानबिन कार्यदलले बुझाएको प्रतिबेदन उपर कार्यकारी परिषदले कारबाहीको निर्णय गर्नेछ । अस्पताललाई घाटा परेको रकम असुल गर्ने र थप कानुनी कार्बाही हुन सक्ने बुझिएको छ । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ । घटना के कसो भएको हो सोको जानकारी माग्दै अख्तियारले पत्राचार गरेको छ । अस्पताल प्रशासनले कानुन बमोजिम कारबाही नगरेमा अख्तियारले हस्तक्षेप गरि थप अनुसन्धान गर्न सक्ने अबस्था जिबितै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्