बन सम्बन्धि मुद्दा हेर्ने काम डिभिजन बन कार्यालयको हो तर बन फडानी भयो छानबिन गरि पाँउ भन्दै बन कार्यालयमा होइन रातो घर अर्थात अख्तियारमा उजुरी दिने गरिएको छ । यस्तै उजुरी बन कार्यालयमा नदिएर अख्तियार कार्यालयमा उजुरी दिइएको सराङ्कोटलाइ सूचना प्राप्त भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १८ मा पर्ने लेकसाइड सेदीको जङ्गल फडानी गरेको भन्दै अनुसन्धान गरि सत्यतथ्य सार्बजनिक गर्न माग गर्दै अख्तियार कार्यालय पोखरामा लिखित उजुरी गरिएको छ ।अख्तियार कार्यालयमा दिइएको उजुरीमा बन डिभिजन कार्यालय कास्की , नागरिक समाज पोखरा र सराङ्कोट साप्ताहिक पत्रीकालाई बोधार्थ दिइएको छ । कुरियए मार्फत प्राप्त उजुरीको बोधार्थमा जनाइए अनुसार पोखरा १८ सेदि बतास मार्ग माथिको हरियाली बन बिगत बर्ष देखि फड्दै गएर सेउलाले जरा ठुटा छोपीएको उल्लेख छ ।
पोखरा १८ स्थायी घर भइ हाल पोखरा ६ लेकसाइड बस्ने सोभित थापाले बन फडानी गरेर जग्गा छुट दर्ता गर्न खोजेको हुन सक्ने बताइएको छ । बन फडानिका सम्बन्धमा स्थलगत अबलोकन गर्न र सत्यतथ्य छानबिन गर्न उजुरीमा माग गरिएको छ ।फेवा सब डिभिजन बन कार्यालयका प्रमुख सङ्ग उक्त उजुरीका बारेमा बुझ्दा बन फाडिएको जग्गा कसको हो भन्ने एकिन नभएको र उजुरी आएमा छानबिन गरिने सहायक बन अधिकृत प्रगती शर्माले बताइन । उजुरी नाअए सम्म मौन रहने हो भने नेपालका बन सखाप गर्न बन तस्कर र भुमाफियाका लागि स्वर्ग नै साबित हुने अबस्था आएको छ । अख्तियारले यो उजुरीका बारेमा कस्तो छानबिनको आदेश दिन्छ र कारबाही गर्छ त्यो भने प्रतिक्षाको बिषय बनेको छ । डिभिजन बन कार्यालय कास्किले फेवा सब डिभिजन कार्यालयलाई तत्काल छानबिन गर्न निर्देशन दिएको डिभिजन बन कार्यालय प्रमुख कोमलराज काफ्लेले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्