
पोखरा १६ बाटुलेचौर निवासी चिरञ्जीवी शर्मा तिमल्सिनाको ५२ बर्षको उमेरमा असामयिक निधन भएको छ । मादी गाउँपालिकाको आधारभुत अस्पतालमा सि अहेब पदमा कार्यरत तिमल्सिना मङ्गलबार कार्यालय गएका थिए । मङ्गलबार राती सकुशल सुतेका तिमल्सिनाको बुधबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका थिए । उनलाइ तत्काल उपचारका लागि मणिपाल अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरिदिएको थियो । मृत्युको कारण मुटुमा घात पर्न गएको चिकित्सकले बताएका छन ।
सुन्दर फीडमा औषधि ब्यबसाय समेत गर्दै आएका तिमल्सिना समाजसेवामा राम्रो लगाब राख्दथिए । साथिभाइ र इस्टमित्रलाइ सहयोग गर्न हुरुक्क हुने तिमल्सिनाले जागिरको क्रममा घान्द्रुक , सल्यान लगाएतका ग्रामीण क्षेत्रमा गै स्वास्थ सेवा गरेका थिए ।उनले पश्चिमाञ्चलकी क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा रहि लामो समय बिरामीको सेवा गरेका थिए । प्रष्ट बक्ताको परिचय कमाएका उनले सेवामा कहिल्यै अल्छी मानेनन उनका मित्र हरिलाल आचार्यले बताए ।
नेकपा एमाले निकटको नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कास्की जिल्लाका निवर्तमान अध्यक्ष एवम् पेशागत आन्दोलनका अविश्रान्त अथक योद्धा २ कार्यकाल अध्यक्ष रहेका तिमल्सिना दुई दाजुभाइ मध्य जेठा हुन । कान्छो भाइ सन्तोष बाटुलेचौर मुल घरमा आमा सङ्ग बस्दै आएका छन ।उनको एक दिदी छिन । उनका एक श्रीमती जानुका तिमल्सिना मणिपाल अस्पतालमा कार्यरत छिन । एक छोरा कक्षा १० मा अध्ययनरत छन ।
स्वर्गीय तिमल्सिनाको पार्थिब शरीर आज तल्लो गोस्तेको सेती गन्डकिमा हिन्दु परम्परा अनुसार दाहशस्कार गरिएको थियो । दाहसंस्कारमा ठूलो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्