
पोखरा महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष दीपक सुबेदिलाइ रडले आक्रमण गर्न खोज्ने भुपेन्द्र गिरी प्रहरिको फन्दामा परेका छन । गिरिलाइ कास्की प्रहरिले पक्राउ गरि अभद्र व्यवहार मुद्दा चलाइ बैदाम प्रहरीको हिरासतमा राखेको छ ।
आइतबार वडा अध्यक्ष सुवेदी निर्मलपोखरिको बाजेपोखरी भन्ने ठाउँमा सडकको मापदण्ड भित्र रहेको सार्बजनिक जग्गा मिचेर टहरा बनाएको स्थानमा पुगेका थिए । अनियमित सरचना हटाउन छलफल भइरहेका बखत अतिक्रमणकारी भुपेन्द्र गिरिले घरको सुरमा लुकाइ राखेको रड निकालेर अध्यक्ष दीपक सुबेदिलाइ प्रहार गर्न ताकेर आएका थिए तर प्रहार गरेको रड समातेका कारण अप्रिय घटना हुन पाएन ।
घटना स्थलमा तत्काल पुगेको नगर प्रहरी र नेपाल प्रहरीले आक्रमणकारी गिरीलाइ नियन्त्रणमा लिइ वडा प्रहरी कार्यालय बैदाम लगिएको थियो । उनलाई आइतबार थुनामा राखिएपनी सोमबार जिल्ला प्रशासन कार्यालय कास्किबाट ७ दिनको म्याद थप गरिएको वडा नम्बर २१ का कार्यबाहक अध्यक्ष बिमला केसिले बताइन ।
आफै कानुन मिच्ने आफै आक्रमणमा उत्रने उपर कडा कार्बाही हुनुपर्ने पोखरा महानगरका जनप्रतिनिधिले बताएका छन । महानगरपालिका भित्र हुने र भइरहेका अनियमित सरचना हटाउन सकृयतापुर्बक लागि पर्न जरुरी रहेको छ । कसैलाई काखा कसैलाइ पाखा बनाउन नहुने तर्फ महानगरपालिकाका सबै वडाले स्पस्ट नीति बनाइ कार्यान्वयनमा जुट्नुपर्ने अबको आवस्यकता बनेको छ।
प्रतिक्रिया दिनुहोस्