बिचार/ दृस्ठिकोण
यदुनाथ बन्जारा
नेपालमा कुनै पनि ब्यबस्था दीर्घकालीन रुपमा स्थायी र स्थिर हुन सकेको छैन । करिबकरिब १० बर्षको अन्तरालमा नेपालको राज्य ब्यबस्थामा उथलपुथल हुँदै आएको छ । २००७ सालमा १०४ बर्ष पुरानो जहानिया राणा शासन ढालेर ल्याइएको राजा सहितको प्रजातन्त्र १० बर्ष मात्र टिक्न सक्यो । २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक ब्यबस्था माथी कु गरेर पन्चायती ब्यबस्था सुत्रपात गरे ।
राजा महेन्द्रले ल्याएको पन्चायती ब्यबस्था माथी २०३६ सालमा आन्दोलनले जनमत सङ्ग्रहको माग गर्यो । राजा बिरेन्द्रले सुधारीएको ब्यबस्थाको आश्वासन दिए । जनमत सङ्ग्रह पछिका १० बर्ष पछि पुन प्रजातन्त्रको माग सहित जन आन्दोलन भयो र ब्यबस्था परिवर्तन हुन पुग्यो । संबैधानिक राजतन्त्र सहितको प्रजातान्त्रिक ब्यबस्थाको पुनर्बाहली भयो । त्यो बेला प्राप्त उपलब्धी पनि दिगो हुन सकेन । ५२ साल फागुन १ गते बाट माओबादिले सशस्त्र छापामार युद्दको सुरुवात गर्यो । देश अस्थिरता तर्फ धकेलियो । धनजनको क्षेती हुन पुग्यो ।
२०५९ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक सरकार माथि टेक ओभर गरेर प्रधानमन्त्री पदलाइ लिलाम बढाबढ्मा राखे । त्यसपछि गणतन्त्रबादी भनिने माओबादी र प्रजातन्त्रबादी शक्ति बीचको मिलनबिन्दु राजा फाल्ने कुरामा २०६१मा मिलाप गरि १२ बुदे सहमति हुन पुग्यो । अन्तत ब्यबस्था उल्टियो ।नेपाल लोकतान्त्रिक गणतन्त्र नेपालमा रुपान्तरण हुन पुग्यो । गणतन्त्र नेपालमा तीन तहको सरकारको खाका तयार भइ सम्बिधान जारी भयो ।
संघीयता सहितको ब्यबस्थाबाट नेपालिहरुले ठूलो अपेक्षा राखेका थिए । तर हाता लाग्यो शुन्य भनेजस्तै आम सर्बसाधरण नागरिकले महङ्गी , कुशासन र भ्रष्टाचार भन्दा केही पाउन सकेनन । त्यसको परिणाम आम नागरिकमा असन्तुस्टीको बिजारोपण गरायो । भ्रष्टाचार र कुशासनले मुलुकको अस्तित्वमा सङ्कट आउन सुरु भयो ।
यसको फाइदा लिने एउटा अर्को झुन्ड देखा पर्यो । नागरिकले भोगेका पीडा ,असुविधा , र असन्तुष्टिलाई क्यास गर्न सहज बाताबरण निर्माण हुँदै गयो । आम नागरिकलाई सम्बिधान संशोधन गरि सुशासन कायम गर्ने र संघीयतामा सुधार गर्ने भन्दै प्रचन्ड सरकारलाइ पछार्न ब्यबसायी रामेस्वर थापाको घरमा देउवा ओलिको अप्राकृतिक गठबन्धन बन्यो । झन्डै दुई तिहाइको सरकारले सम्बिधानका अलोकपृय सरचनालाइ सुधार गर्ने बताएका थिए तर माखो मरेको छैन बरु उल्टै मुलुकमा भ्रष्टाचार र कुशासनको पारो ह्वात्तै बढ्न गयो ।
०६१/०६२ को उपलब्धि बाट प्राप्त परिवर्तित ब्यबस्थाले १० बर्ष पछि सम्बिधान जारी गर्यो । जारी सम्बिधानले नागरिकको हित र देशको गौरब गाथालाइ उच्च राख्ने गरि काम गर्न सकेन । बिस्वको मानचित्रमा नेपाललाइ भ्रष्टाचारको शिखरमा उभ्यायो । केही तरमारा मुठ्ठीभर ब्यक्तिको चङ्गुलमा मुलुकको शासन ब्यबस्था चलिरह्यो । नागरिकको ढाडमा करको भारी थोपर्ने काम भयो । त्यसरी प्राप्त करको खर्च निहित सुबिधाको स्वार्थमा उपभोग गरिएको , बिकाश खर्च कमिसन , ब्यक्तिगत , पार्टीगत र्कार्यकर्ताको लागि प्रयोग गरेको कारण सिमान्तकृत नागरिक सधै हेरेको हेरै भए । लोकतान्त्रिक गणतन्त्र तरमारा ब्यक्ती बाहेकका लागि आकासको फल जस्तै बन्न पुग्यो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुस लगाउन थालियो । सरकारको बिरोधमा बोल्ने आवाजहरुलाई सरकार बिरोधि कित्तामा दर्ज गरेर राज्यको शक्ति लगाएर कत्लेआम गर्न थालियो । एउटै प्रकृतिको गल्तिमा सरकारले द्व्यध चरित्र देखाएर राज्य शक्तिको दुरुपयोग गरेको बिषयमा सर्बत्र आलोचना बढ्यो । राजनितिको छायांमा देशभित्र दन्डहिनता मौलाउने काम भयो । सरकारमा सम्मीलित दलका कार्यकर्ताहरु खुल्लम खुल्ला गुण्डागर्दिमा उत्रिएर उदन्डता देखाए सरकारले कानुन बमोजिम कारबाही गर्न सकेन ।
लोकतान्त्रिक गणतन्त्र नेपालको सम्बिधान घोषणा भएको दश बर्ष लागेको छ । यो दस भित्र भएका शासकीय फेहरिस्तको चित्र माथी प्रस्तुत गरिएको छ । पर्दा अगाडिको दर्शकले जे देखेको छ त्यही चित्र पेश गर्ने प्रयास गरिएको छ । पछिल्लो समय बिद्रोहको आबाज र आन्दोलनका ज्वारभाटा सुरु भएको देखिनु यो कुनै सयोग नभएर नागरिकले पाएको र महशुस गरेको असजिलो अबस्थाको प्रतिकारात्मक सङ्केतको रुप लिइएको छ ।
राज्य ब्यबस्था माथी सङ्कट्को बादल मडारिएको आभास गराएको छ । असन्तुष्टिका ज्वालाहरु सडकमा प्रस्तुत भएका छन । फागुन २५ गते ज्ञानेन्द्र शाह पोखरा बाट काठमाडौ जाने क्रममा सडकमा गरिएको स्वागत कार्यक्रममा देखिएको जनसागरलाइ महत्वका साथ हेरोएको छ । सरकारले अपेक्षा नै नगरेको जनसागर काठमाडौका सडकमा एकत्रित भएपछि त्यसले सरकारको मुटु हल्लाएको छ । स्वागत र्यालिमा सत्तारुढ दलका नेता कार्यकर्ताहरु , सेना प्रहरी हरु समेत बिदा लिएर सिभिल पोषाकमा , शिक्षक कर्मचारी हरु समेत स्वतस्फूर्त रुपमा आएका थिय । करिब ५० हजारको मास सडकमा सक्रिय उपस्थिति भएको नेपाल सराकरले छोडेका जासुस सयन्त्रले रिपोर्ट दिएकोछ ।
पछिल्लो अबस्थालाइ नियालेर बिष्लेशन गर्दा नेपालको राजनितिक आकाश सहज र शान्त देखिदैन । संघीयता सेतो गज हात्ती जस्तो देखिन्छ । यसको कारण र असरका बारेमा माथिनै चर्चा गरिसकिएको छ । जस्तो क्रिया उस्तै प्रतिक्रिया हुनुलाइ अनर्थ बुझ्ने कुरै होइन । जस्तो बिरुवा रोपण गर्यो उस्तै उम्रनु र हुर्कनुलाइ प्राकृतिक नै मानिन्छ भने जस्तै नेपालका शासक प्रशासकहरुले देश र जनतालाइ जुन हालतमा पुर्याएका छन त्यसकै परिणाम देखिन थालेको छ । सम्बिधान संशोधन गरेर देश र जनताको हित गर्ने , सुशासन कायम नगर्ने , भ्रष्टाचारको छानबिन नगर्ने हो भने अबकक दिनहरु लोकत्न्त्र र गणतन्त्रको सारङ्गी रेटेर अगाडि बढ्न सक्ने देखिदैन ।
राजतन्त्र पुनस्थापना रहरको बिषय होइन । अहिलेको सेन्टिमेन्ट राप्रपा र दुर्गा प्रसाइहरुले क्याश गर्न खोजेका छन । भोलि यस्ता सैयौ दुर्गा प्रसाइहरु जन्मन सक्छन । बैकल्पिक शक्तिले लोकतान्त्रिक गणतन्त्रको बिकल्प खोज्न र नागरिक बाध्य हुनेछन ।
प्रतिक्रिया दिनुहोस्