
नेपालाको राजनितिको आकाशमा फेरि अस्थिरताको बादल मडारिएको छ । नेकपा एमाले र्नेपाली काङ्ग्रेसको गठबन्धनको सरकार गठन पछि मुलुकको राजनीतिमा अस्थिरताले जरा गाड्दै जानुले लोकतान्त्रिक ब्यबस्था माथी नै खतराको सङ्केत गराएको छ ।
संघीय लोकतान्त्रिक ब्यबस्था आएको अबस्थामा राज्य ब्यबस्था झन कमजोर र निरीह देक्गिन थालेको छ यसको शन्देशलाई राम्रो मान्न सकिन्न । लोकतन्त्रका नायक भनेका जनता हुन तर शासक प्रशासक हरुले देश र जनताको अबमुल्यम गरेर आफ्नै स्वार्थमा शासन गर्दै आएका छन त्यसले राज्यको साशकिय स्वरुप र स्थिर ब्यबस्था कायम गर्न सकेको पाइन्न्न।
नेपालमा कुनै पनि ब्यबस्था दिगो हुन सकेको पाइन्न । २००४ बर्ष लामो जहानिया राणा शासन पछि नेपालको शासन ब्यबस्था करिबकरिब एक दशक वरिपरिमा सिमित हुन पुगेको पाइन्छ । त्यसो हुनुमा नेपालका नेताहरुको दुरदर्शिताको अभाव रहेको पाइन्छ । नितिमा सङ्किणता , नेतामा फराकिलो सोछ नहुनु र राजनितीमा गन्धा खेल खेलिनु नेपालको राजनीति फेल हुने गरेको छ ।
पछिल्लो समय ७ दशक पछि प्राप्त भएको भनिएको संघीय लोकतान्त्रिक गणतन्त्र पनि टिक्न सक्ने लक्षण देखिएको छैन । विभिन्न शक्तिको परिक्षण सुरु भएको छ । ती परिक्षण स्वभाविक अस्वभाविक जे भएपनी त्यता तिर जनमत तानिन थालेको देखिन्छ यसलाइ अन्यथा भन्न पनि सकिँदैन ।
राजतन्त्र बादी शक्तिहरु सडकमा ओर्लिएर जनप्रदर्शन गर्न थालेका छन । काठमाडौ जसलाइ लोकतन्त्रको जननी भुमी भनिन्छ त्यस स्थानमा पनि अपेक्षा गरेभन्दा बढी नागरिकको सहभागितामा लोकतान्त्रिक व्यबस्था बिरुद्द नारा लाग्नु राजा आउ देश बचाउ भन्ने नारा लाग्दै दशौ हजारको भिड स्वतस्फूर्त रुपमा शान्तिपुर्ण ढङ्गले शक्ति प्रदर्शन हुनुले ब्यबस्था माथी गम्भीर प्रश्न उब्जाएको छ ।
राजाको पक्षमा जनताको बिचार परिवर्तन हुनुमा सबै भन्दा बढी बर्तमान सरकार दोषी रहेको बुझिन्छ । यो सरकारले नागरिकको र देशको हित उन्नयनमा भन्दा आफ्नो , आफ्नो दलको र आसेपासे कार्यकर्ताको लागि देशक्क स्रोत परिचालन गर्यो । महङ्गी नियन्त्रण भ्रस्टाचार नियन्त्रण गरि सुशासनका पक्षमा सरकार निरीह बन्न पुग्यो । सस्तो लोकप्रियता हासिल गर्नु चुनाव जित्नु र स्वार्थ लुट्नमा सराकारमा पुगेका दलहरुको मुख्य र अभिस्ट इच्छा र उद्देश्य बन्न पुग्यो ।
ब्यबस्था फेल हुन पुगेको दोष नेताको थाप्लोमा परेको छ । देश र जनताको समस्या र गुनासो सुन्न नसक्ने सरकार दिनका दिन आलोचनाको सिकार बन्दै गएको छ । निहित स्वार्थको चक्रब्युहुबाट बाहिरिन नसक्नु , तस्कर र भ्रष्टाचार पक्षमा सरकार लिप्त रहनु , भ्रस्टाचार बिरुद्द उठेका आवाजहरुलाइ दबाउनु बर्तमान सरकारको लागि प्रत्युत्पादक बन्न पुगेको छ । त्यही सेन्टिमेन्ट क्याच गर्नेहरुले जनमत प्राप्त गर्न थालेका छन जसको कारण बर्तमान लोकतान्त्रिक शासन ब्यब्स्थालाइ कमजोर बनाउदै लगेको छ त्यो अबस्था नेपालको लागि खतराको सङ्केत हो । सरकारको चास्निमा डुबेकाहरुले जनताको पक्षमा नसोच्ने हो भने लोकतान्त्रिक गणतन्त्रको पनि दिनगन्ती सुरु भएको प्रमाणित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्