सराङ्कोट न्युज ब्यूरो

०६१४४५०००, ९८५६०३३३९१
हल्दिबारी ३ मा सार्बजनिक सडक मासियो, अध्यक्ष लिङ्देनकै पालिकामा बेथिति !
सडक पुर्बाधारलाइ बिकासको आधार मानिन्छ । जहाँ निकास त्यहीँ बिकास भन्ने बिकासको अबधारणा लिएर मुलुक अगाडि बढिरहेको बेला प्रधानमन्त्रीकै गृह जिल्ला झापामा भने बर्षौ देखि चलिरहेको सार्बजनिक सडक मासेर खेत बनाउने दुस्साहस गरिएको छ ।प्रधानमन्त्री मात्र नभै अर्का चर्चित नेता अर्थात राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर हल्दिबारी गाउँ पालिकामा बिकासको उल्टो गति चलेको पाइएकोछ ।नेपाल र नेपालिको लागि न्याय दिलाउने आन्दोलनको नेतृत्व गरेर हिडिरहेका राप्रपाका अध्यक्ष नेता लिङ्देनको सहोदर भाइले राप्रपाबाट अध्यक्षको चुनाब जितेको पालिका हो हल्दिबारी । राजा आउ देश बचाउ भन्ने नारा लिएर हिडेका उनै अध्यक्ष लिङ्देनको गृहनगर हल्दिबारी झापाका नागरिक भने अन्यायको भुमरिमा परेर रन्थनिएका छन । बत्ती मुनिको अधेरो भनेजस्तै भएको छ हल्दिबारी ३ ढडुवा बजारमा ।
अध्यक्ष राजेन्द्र लिङ्देनका सहोदर भाइ रबिन्द्र लिङ्देनले राप्रपाबाट झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा चुनाब जितेको वडा नम्बर ३ का केही नागरिकहरूले न्याय निसाफ नपाएर भौतारिन परेको गुनासो गरेकाछन । हल्दिबारी ३ का ढडुवा बजार स्थित हुलाकी सडक छेउका स्थानियहरुले एक दशक अगाडी देखि प्रयोग गरि आएको सडक गाएब पारेर आवागमन बन्द गरिदा पनि पालिकाले आफ्ना नागरिकलाइ न्याय गर्न सकेको छैन ।
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्