यदुनाथ बन्जारा
अन्नपूर्ण गाउँ पालिका कास्किले उपाध्यक्ष चन्द्रकला अधिकारीलाई उधारोमा किनेको बोलेरो डबल क्याब गाडिमा राखिएको नम्बर गैरकानुनी रहेको प्रमाणित भएपछि २० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको छ । यातायात ब्यबस्था कार्यालय गण्डकी कास्किका निमित्त कार्यालय प्रमुख अशोक गौतमले आइतबार त्यस्तो निर्णय गरेका हुन ।
अन्नपूर्ण गाउँपालिकाले गएको पुस महिनामा डबल क्याब बोलेरो गाडी बतास बि बि अटोमोबाइल (बतास ) बाट ३१ लाख ७० हजारमा खरिद गरेको थियो । गाडी खरिद गर्दा लुम्बिनीको अस्थाइ नम्बर ०१-००१-०२-१३२१ राखिएको थियो । उक्त गाडी मिति २०८१ पुस २८ गते गण्डकीमा सहमति आइ माघ ४ गते ग ४ च १४२२ नम्बरमा दर्ता कायम भै स्थायी नम्बर आएको थियो । तर सवारी प्रयोगकर्ता अन्नपूर्ण गाउँ पालिकाको उपाध्यक्ष चन्द्रकला अधिकारीले वास्तविक नम्बर नराखी साबिक लुम्बिनी प्रदेशको नम्बर राखेर बिगत २ महिना देखि प्रयोग गर्दै आएकी थिइन । यसै क्रममा उक्त गाडी गत फागुन १७ गते शनिबार आफन्त बितेको ठाउँ काठमाडौ कलङ्किमा भेटी पुर्याउन जादा प्रयोग गरिएको फेला परेको थियो ।
स्थानीय सरकार अन्नपूर्ण गाउँ पालिकाले आन्तरिक(नागरिकबाट उठेको कर ,दस्तुर , राजस्व ) स्रोतबाट खर्च ब्यहोर्ने गरि उक्त गाडी उधारोमा खरिद गरेको थियो । पालिकाको बिकाश खर्च सुबिधाको लागि गाडी खरिदमा प्रयोग गर्ने र त्यस्ता सवारी ब्यक्तिगत काममा प्रयोग गर्ने गरिएको छ । सरकारी कामकाजमा प्रयोग गरि नागरिकको सेवा गर्नुपर्नेमा ब्यक्तिगत प्रयोग गरिदा कानुनको समेत धज्जी उडाउने गरिएको पाइन्छ ।
ब्यक्तिगत प्रयोग गरेको उक्त गाडी लामो समय देखि गैरकानुनी नम्बर राखी प्रयोग गरेको अबस्थामा सराङ्कोट साप्ताहिकले फेला पारि प्रमुखताका साथ समाचार प्रकाशन गरेको थियो । सरङ्कोटमा समाचार प्रकाशन पस्चात कास्किका प्रमुख जिल्ला अधिकारीले छानबिन गरि कानुन बमोजिम कारबाही गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात ब्यबस्था कार्यालयलाइ लिखित निर्देशन दिएका थिए ।
यातायात ब्यबस्था कार्यालय कास्किले २३ गते शुक्रबार प्रशासन शाखाका प्रमुख गगन भुसाललाइ स्थलगत अनुगमन गरि मुचुल्का गर्न खटाएको थियो । मुचुल्का गर्दा सम्म अन्नपूर्ण गाउँ पालिकाले खरिद गरेको गाडिमा वास्तविक नम्बर नराखि साविककै नम्बर राखेर प्रयोग भैरहेको थियो ।
बतासलाइ तिराइयो जरिवाना
अन्नपूर्ण गाउँपालिकाले गाडी किनेको थियो । गाडी बिक्रेता कम्पनी बि बि अटोमोबाइल (बतास )नयाबजारले लुम्बिनी प्रदेशको अस्थायी नम्बर राखेर गाडी बिक्रि गरेको उक्त गाडिको पुस २८ गते सरुवा सहमति ल्याइ माघ ४ गते यातायात ब्यबस्था कार्यालय कास्किमा ग ४ च मा दर्ता भएको थियो । गन्डकिमा सवारी दर्ता भइ नम्बर आएको ५० दिन कटिसक्दा पनि साविककै नम्बर राखेर अन्नपूर्ण गाउँ पालिकाले प्रयोग गर्दै आएको थियो । अस्थाइ नम्बर राखेर २५ सय किलोमीटर भन्दा बढी सवारी चैसकेको सवारी चालक निलकन्ठ भन्डारीले बताए ।
गाडिको फर्जी नम्बर राखेको प्रकरणमा गाडी बिक्री गर्ने सो रुम लाई जरिवाना तिराउने निर्णय भइ फागुन २५ गते पत्राचार भएको थियो । कानुनमा वास्तविक नम्बर नराखि सवारीसाधन चलाएमा १५ हजार देखि ५० हजार सम्म जरिवाना हुने कानुनी प्राबधान छ । सोही दफा प्रयोग गरि गाडि बिक्रेता कम्पनी बि बि अटोमोबाइल (बतास )ले २० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । सवारी बेच्ने तर नियमानुसार कागजात र ब्लु बुक उपलब्ध नगराउने , गाडिको सहमति दर्ता भइ आएको नम्बरको जानकारी नगराउने बतासाको बेवास्ताका कारण सवारी सम्बन्धि नेपालको मौजुदा कानुनको धज्जी उडाउने काम भएको छ । यसरी सवारीसाधन दुरुपयोग हुदा त्यसमा प्रयोग हुने इन्धन मोबिल र मर्मत खर्च समेत सरकारी कोषबाट दुरुपयोग हुन जान्छ ।
यस बिषयमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर क्षेत्रीले आफ्नो पालिकामा भएको कमि कमजोरी प्रती ध्यानाकर्षण भएको जनाउदै मितब्ययी र कानुन सम्मत ढङ्गले सवारी साधनको उपयोग गरिने र तत्सम्बन्धी आमसन्चारमा उठेका बिषयलाइ करेक्सन गरिने प्रतिबद्धता जनाएका छन ।
सरकारी नम्बर प्लेटमा दर्ता भएपछि सवारीसाधन सार्बजनिक बिदाको दिनमा कुदाउदा सबैले प्रश्न उठाउने भएपछि रातो प्लेटमा कुदाउन उत्साही देखिने सरकारी तथा सार्बजनिक निकायका जिम्मेवार ब्यक्तिको सवारीसाधनमा सचेत ब्यक्ती र नागरिक समाज चनाखो भएर खोजी गर्नु र गल्ती र मनोमानी गरेको फेला परे नियामक निकायमा सुचना एबम खबरदारी गर्नु जिम्मेवार नागरिकको कर्तब्य र दायित्व दुबै हो ।
प्रतिक्रिया दिनुहोस्