२०८१ चैत्र २९
०६१४४५०००, ९८५६०३३३९१

अन्नपूर्ण गापाको उपाध्यक्ष अधिकारीले चढ्ने गाडीमा अबैध नम्बर ! छानबिन गरि कारबाही गर्न सिडिओको निर्देशन

  सराङ्कोट फलो-अप

यदुनाथ बन्जारा

अधिकार सम्पन्न स्थानिय सरकार अर्थात पालिकाका जिम्मेवार जनप्रतिनिधिहरुले नै बाटो बिराए भने कसले गर्ला नियमन र कारबाही ? आफ्नो पालिका भित्रका नागरिकलाइ न्याय निसाफ दिन्छु , बिकाश निर्माण गर्छु ,सुशासन र पारदर्शिता सिकाउछु भनेर चुनाब जितेकाहरुबाटै कानुन मिच्ने काम गरिन्छ भने सर्बसाधारण आम नागरिकले के अपेक्षा गर्ने ?
यस्तै नमुना प्रकरणमा फलो अप गर्न हामी प्रस्तुत भएका छौ । सराङ्कोटको अघिल्लो रिपोर्टमा कास्किको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले चड्ने गरेको बोलेरो गाडि ब्यक्तिगत प्रयोग गरेको बारे फेहरिस्त सार्बजनिक गरेका थियौ । शनिबारको दिन आफन्तकोमा भेटी छोड्न काठमाडौ जादा सवारी पास नै नलिइ गएको बोलेरो डबल क्याब गाडिको ब्यक्तिगत कार्यमा प्रयोग गरिएको खुलासा गरिएको थियो ।
उपाध्यक्ष चन्द्रकला अधिकारीले प्रयोग गरेको लु प्र ०१-००१-०२-१३२१ अस्थायी नम्बर अङ्कित बोलेरो डबल क्याब गाडिको सम्बन्धमा थप रहस्य उद्घाटन भएको छ । पोखराको बि बि अटोमोबाइल नयाबजारबाट अन्नपूर्ण गाउँपालिकाले क्याट्लक बिधिबाट ३१ लाख ७० हजारमा पुषको पहिलो हप्ता गाडि खरिद गरेको थियो ।

गाडिको नम्बर नै गैरकानुनी !

अन्नपूर्ण गाउँपालिकाले पुषको पहिलो हप्ता किनेको बोलेरो गाडी भैरहवा भन्सार बाट भित्रिएपछि अस्थायी नम्बर ०१-००१-०२-१३२१ राखिएको थियो । बि बि अटोमोबाइल्सले बिक्री गरेको उक्त गाडिको २०८१ पुस २८ गते लुम्बिनी बाट गन्डकिमा सरुवा सहमति ल्याएर माघ ४ गतेको मितिमा यातायात कार्यालय कास्किमा ग ४ च १४२२ नम्बरमा स्थायी दर्ता कायम भएको थियो ।
उक्त गाडिको स्थायी नम्बर कायम भएको ४८ दि भइसक्दा पनि अन्नपूर्ण गाउँपालिकाले उक्त गाडिमा वास्तविक नम्बर नराखी साबिकको अस्थायी नम्बर राखेर गाडी चलाइएको छ ।
पालिकाको उपाध्यक्ष चन्द्रकला अधिकारीको लागि खरिद गरिएको उक्त गाडी उधारोमा किनिएको थाहा लागेको छ । गाडी बिक्रेता कम्पनी बि बि अटोमोबाइलका एक कर्मचारीका अनुसार साढे दुई महिना अघि गाडि उधारोमा लगेको हो पैसा कतिपनी आको छैन । पालिकामा पैसा नहुदा पनि जनप्रतिनिधिलाई मोटर गाडी चाहिने रोगको सिकार बिकाश निर्माणमा प्रभाव परेको छ ।

५० हजार सम्म हुनसक्छ  जरिवाना

सवारी तथा यातायात ब्यबस्था ऐन नियमले वास्तविक नम्बर नराखी फरक नम्बर राखेर सवारी चलाउनुलाई दन्डनिय अपराध मानेको छ । करिब २ महिना सम्म वास्तविक नम्बर एउटा हुदाहुदै अर्को अबास्तबिक नम्बर राखेर सवारी चलाउने अन्नपूर्ण गाउँपालिकालाइ ५० हजार सम्म जरिवाना हुने यातायात ब्यबस्था कार्यालय स्रोतले बताएको छ ।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी न्यायीक समितिका प्रमुख र अनुगमन सयोजक समेत हुन । अधिकार सम्पन्न जिम्मेवार जनप्रतिनिधिले स्थायी सहमति दर्ता भएको गाडिलाइ अस्थायी नम्बरकै भरमा २ महिना सम्म गाडी निर्बाध चलाएको प्रकरणलाई सामान्री मान्न सकिन्न । यस प्रकरणमा जिल्ला प्रशासन कार्यालय कास्की , जिल्ला ट्राफिक कार्यालय कास्की र यातायात ब्यबस्था कार्यालयको कोटम बल पुगेको छ गोल गर्छन कि भद्रगोल त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।
सरकारको नाममा खरिद भएको गाडीको समाचार सार्बजनिक भएपछी जिल्ला प्रशासन कार्यालय कास्किले शुक्रवार जिल्ला ट्राफिक कार्यालय कास्की र यातायात ब्यबस्था कार्यालयलाइ पत्र लेखी छानबिन गरि कारबाही गर्न निर्देशन दिएको छ । कास्किका प्रजिअ भरतमणी पान्डेले नियमानुसार कारबाही हुने सराङकोटलाइ बताए ।
शुक्रवारनै यातायात ब्यबस्था कार्यालय कास्किले प्रशासन शाखाका कर्मचारी गगन भुसालको नेतृत्वमा एक टोलि अन्नपूर्ण गाउँ पालिकामा पठाइ गाडिको स्थलगत मुचुल्का गरेको छ । मुचुल्का गर्दा सम्म उक्त गाडी साबिक लु प्र ०१-००१-०२-१३२१ नै रहेको गगन भुसालले बताए  । मुचुल्कामा पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु पोखरेल , २ नम्बर वडाका अध्यक्ष पिताम्बर भन्डारी समेतलाइ हस्ताक्षर गरि सनाखत गराएको समाचार प्राप्त भएको छ । यातायातले कानुन बमोजिम हदै सम्मको कारबाही हुने बताएको छ । कस्तो कारबाही हुन्छ त्यो पनि हामी सार्बजनिक गर्नेनै छौ । बजेट नहुदा नहुदै उधारोमा गाडी किनेर वास्तविक नम्बर नराख्ने र ब्यक्तिगत दुरुपयोग गर्ने कार्यलाइ राज्यका निकाय र नागरिक समाजले कारबाहिको सबक सिकाउन आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्