२०८१ चैत्र २८
०६१४४५०००, ९८५६०३३३९१

अन्नपूर्ण गाउँपालिकामा सरकारी गाडिको दुरुपयोग , भेटी पुर्याउन पासै नलिइ सरकारी गाडी !

यदुनाथ बन्जारा 

संघीयता कार्यान्वयन पछि सबैभन्दा बढी अधिकार स्थानिय सरकारले पाएको बुझिन्छ । बिकाश खर्च ( पुजिगत खर्च ) गर्ने बजेटलाइ काटेर सुबिधा जनक यातायात सवारीसाधन किन्नेमा प्रतिस्पर्धा नै हुनेगरेको देखिन्छ । बिकाश निर्माणकार्यमा खासै परिवर्तन नदेखिएपनी सवारीसाधन खरिद र इन्धन मर्मत अनि भिमकाय प्रशासकिय भवन बनाउन होड चलेको छ । नागरिकको सेवा र पालिकाको बिकास गर्छु भनेर राजनितीमा आइ जनप्रतिनिधि बन्न पुगेकाहरु लोकसेवा लडेर आएका तलबी कर्मचारी जस्तै रकमी र सुबिधाभोगी भएको पाइन्छ । सरकारले यातायात , सन्चार , अतिथी सत्कार , अनुगमन , बैठक भत्ता समेत उपलब्ध गराएपनी त्यसभन्दा बढी खर्च गर्ने गरेका छन । मनोमानी बढी खर्च गर्न नपाए प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतलाइ नै टिक्न नदिने र आफ्नो अनुकुलको रोजेर ल्याउने गरेको पाइन्छ ।
पछिल्लो समय सरकारी सवारीसाधनको दुरुपयोग ह्वात्तै बढेको छ । खासगरी स्थानीय सरकार मानिने पालिका सरकारले सरकारी कोषलाइ बिलासी सवारी साधनमा खर्च गर्ने र त्यस्ता सवारीसाधन ब्यक्तिगत प्रयोगामा लगाइने गरिएको लामै फेहरिस्त पाइन्छ ।
मुलुक आर्थिक सङ्कटमा परेको छ । औषधि किन्न र कर्मचारीलाई तलब खुवाउन बजेट अभाव भएको अबस्था आएपछी संघीय सरकारले अनुदान कटाउन बाध्य भएको छ ।सवारीसाधन खरिद नगर्न निर्देशन दिएपनी पालिकाका प्रमुख उप प्रमुख सहितको कार्यपालिकाले केन्द्रिय सरकारको नीति र निर्देशनलाइ धोती लगाउदै आफ्नो मनखुसी सवारीसाधन खरिद गर्ने र दुरुपयोग गर्ने गरेका छन । त्यसरी खरिद गर्दा बिकाश बजेट प्रभावित हुने गरेको छ । चुनाबताका मतदाता नागरिकलाई दिएको आश्वासनको खिलापमा जानू र सुखभोग बिलासितामा रमाउनु जनप्रतिनिधिहरुको नियमित गतिविधि जस्तै भएको छ , करोडौं खर्चेर बनाइने आलिशान बातानुकुलित महल , र बिलासी सवारीसाधन यसको नमुना हो।
यस्तै नमुना मध्यको एक कास्किको अन्नपूर्ण गाउपालिका पनि परेको छ । पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी पालिकाको सरकारी सवारी साधन लिएर शनिबार बिदाको दिनमा ब्यक्तिगत काममा काठमाडौ गएको पुष्टि भएको छ । काठमाडौ बस्ने आफन्त बितेको ठाउमा भेटी पुर्याउन उपाध्यक्ष चन्द्रकला अधिकारी , सोही पालिकामा कार्यरत छैठौ तहका कर्मचारी उपाध्यक्ष अधिकारीका श्रीमान दन्डपाणी अधिकारी , वडा नम्बर २ का वडा अध्यक्ष पिताम्बर भन्डारी शनिबार बिहानै पालिकाको बोलेरो डबल क्याब गाडि बिना पास लिएर गएका थिए । सरकारी कामको सहजताको लागि ल्याइएको गाडी ब्यक्तिगत प्रयोजनमा प्रयोग भएको छ । सङ्गै गएका वडा नम्बर २ का वडा अध्यक्ष पिताम्बर भन्डारिले उपाध्यक्षको परिवार र आफुहरु उपाध्यक्षको १३ दिने आफन्त बितेको कारण भेटी छोड्न र भेटघाट गर्न गएको टेलिफोन सम्बादमा बताए । उनको भनाइले नितान्त ब्यक्तिगत कार्यमा पालिकाको सरकारी सवारी प्रयोग भएको एकिन गराएको छ । तर उपाध्यक्ष चन्द्रकला अधिकारीले राष्ट्रिय सभाका अध्यक्षलाई भेट्न र योजनाको कामले आकस्मिक रुपमा गएको बताइन । भ्रमण आदेश र सवारी पास किन नलिनुभएको भन्ने हाम्रो जिज्ञासामा पास लिने गरेका छैनौ भन्ने प्रतिक्रिया दिइन । पालिका भरको अनुगमन र नियमन गर्ने जिम्मेवारी भएको न्यायीक समितिको सयोजकबाटनै नियम मिचेर काम गरिन्छ भने कस्तो सुशासनको अपेक्षा गर्ने ? एउटा यक्ष प्रश्न बनेर उभिएको छ ।

अन्नपूर्ण गाउँपालिकाकि उपाध्यक्ष चन्द्रकला अधिकारी 


पालिकाले गएको पुषमा ३१ लाख ७० हजारमा किनेको महिन्द्राको बोलेरो गाडिको अस्थायी नम्बर लु. प्र. ०१-००१-०२-१३२१ रहेको छ । स्थायी दर्ता नम्बर समेत नलिएको उक्त सरकारी गाडी हाल रातो प्लेटमै अस्थायी नम्बर राखेर काठमाडौ पोखरा हुइक्याइएको छ । उक्त गाडी पालिकाले उधारोमा किनेको २ महिना भएको तर भुक्तानी गर्न नसक्दा पालिकाको नाममा नामसारी हुनसकेको छैन ।
उक्त सरकारी गाडिले भ्रमण आदेश र जिल्ला प्रशासन कार्यालय कास्किबाट सवारी पास समेत नलिइ ब्यक्तिगत काममा प्रयोग गरेको पाइएको पुष्टि भएको हो । १८ गते शनिबार बिहान कास्की छोडेको उक्त गाडी फागुन १९ गते आइतबार मध्यराती १२ बजेर ६ मिनेट जादा मुङ्ग्लिनको पुल जीप बाट गण्डकी प्रदेशको तनहुँ हुँदै कास्की आएको राजमार्ग ट्राफिक प्रहरी ब्यबस्थापन कार्यालय गन्डकी प्रदेश कार्यालयले पुष्टि गरेको छ । दुई महिना पहिला उधारोमा किनिएको गाडिले पालिकाको नागरिकको भन्दा ब्यक्तिगत काम गर्न प्रयोग भइरहेको यसपालिको ब्यक्तिगत भ्रमणको गतिविधिबाट सहजै बुझ्न सकिन्छ । सरकारी कामकाजमा गएको दाबी पुष्टि गर्ने हो भने त्यसको आधिकारिक कागजात र औचित्य र उपलब्धि के भयो खुलाउन जरुरी छ ।
सरकारी सवारीसाधनले औचित्य खुलाइ सवारी पास लिएर मात्र प्रयोगगर्ने बारेमा कास्किका कार्यालय प्रमुखहरुको बैठकमा कास्किका प्रजिअले निर्देशन दिएका थिए । कास्किका प्रजिअको निर्देशन र सवारी तथा यातायात ब्यबस्था ऐन नियम बिपरित पास नलिइ ब्यक्तिगत काममा लामो यात्रा गर्नुलाइ सवारीसाधनको दुरुपयोगको रुपमा हेरिएको छ । कास्किका सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी ) शिव लम्सालले सवारी पास नलिइ ब्यक्तिगत प्रयोग गर्ने उपर कानुन बमोजिम कारबाही गर्न संबंधित निकायलाइ लेखी पठाउने बताए । शनिबार बिदाको दिनमा पास नलिइ लामो यात्रा गर्ने सरकारी सवारीसाधन सन्चालकलाइ प्रयोजन बिपरित सवारी चलाएको दफा बमोजिम १० हजार सम्म जरिवाना हुने यातायात ब्यबस्था कार्यालय कास्किका कार्यालय प्रमुख अशोक गौतमले बताएका छन ।
यो एउटा नमुना प्रकरण मात्रै हो । नेपालका अधिकास पालिकाहरुमा आर्थिक अनुशासनको चरम अभाव रहेको तथ्यका फेहरिस्तले बताएको छ । मलेपले यस्ता बेरितपुर्बक गरिने मनोमानी खर्चलाइ बेरुजु जनाउने गरेको छ । राजनितीक दबदबाका कारण बेरुजु घट्नु त के बढ्दै गएको छ यसले नेपालको सुशासनमाथी गम्भीर समस्या सृजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्