
रुख बोट बिरुवा काट्न विभिन्न बहानाबाजी हुँदै आएका छन । पोखराको सुन्दरता भनेको सितल दिने चौतारी हरु हुन । पुर्खाले रोपेर हुर्काएका वर पीपलका रुखहरु र चिनेका चौताराहरु हिजोआज निर्ममताको सिकार हुँदै गएका छन । रुख रोपेर बन तथा बाताबरण जोगाउ भन्नेहरु खोज्दापनी भेटिन्नन । तर रुख बुटा काट्न जताततै हतारो भएको देखिन्छ । बिनास काले बिपरित बुद्दी भने जस्तै उल्टो बाटो हिनेको छ अहिलेको समाज ।
पोखराका चौतारा मुन्डन कान्डले मच्याएको आतङक शान्त हुन पाएको छैन फेरि ऐतिहासिक चौतारो मासिएको छ । पोखरा ३३ लामगादिमा रहेको ऐतिजासिक र पुरातात्त्विक महत्वको चौतारो मासिएको छ । बाटो बिस्तारको मापदण्ड अपुग भएको बहाना देखाइ उक्त चौतारो काटिएको छ । एसियाली बिकाश बैंकको ॠण सहयोगमा बन्दै गरेको सडक स्तरोन्नतिका लागि भन्दै करिब दुई सय बर्ष पुरानो बरपीपलको चौतारो मास्ने काम भएको छ । कथित बहानाबाजी गरेर ऐतिहासिक चौतारो मासिएको भन्दै स्थानीय नासिन्दाले आक्रोश सहित असन्तुष्टि जनाएका छन ।
के उक्त चौतारो नकाटी सडकनै बन्ने थिएन त ? हामिले केही स्थानीय प्रतक्षदर्शिलाइ जिज्ञासा राखेका थियौ । स्थानिय र सामाजिक अगुवा भनिनेहरुले पर्ती सार्बजनिक जग्गा मिचेर आफ्नो घर टहरा बनाएका कारण चौतारो शिकारमा परेको प्रतिक्रिया पाइयो । पुर्ब जनप्रतिनिधि लिल बहादुर श्रेष्ठले समेत पर्ती जग्गा ब्यक्तिगत प्रयोग गरेको बताइएको छ । उनको सरचना जोगाउदा चौतारो शिकारमा परेको बताइएको छ ।
चौतारो काट्ने काममा स्थानीय टोल बिकास सस्था र बन उपभोक्ता समितिका जिम्मेवार ब्यक्तिहरुको मिलेमतो रहेको बुझिन आएको छ । सत्यतथ्य बाहिर ल्याउने हो भने राज्यको निकायले निस्पक्ष छानबिन गर्नु आवश्यक रहेको औल्याइएको छ । स्थानिय सामाजिक अगुवा बताउने खड्क बहादुर बानियाँ, मणिराम श्रेष्ठ र टोल बिकास सस्थाका अध्यक्ष मोति बहादुर थापा सहितको सल्लाह र्योजनामा चौतारो मास्ने काम भएको स्थानीयले आरोप लगाएका छन । सार्बजनिक जग्गा मिचेर बस्नेहरुलाइ जोगाउन चौतारो काटिएको हो वा होइन भन्ने बिषय राज्यका बिज्ञ टोलिले छानबिन गर्नु आवश्यक छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग , बन कार्यालय , महानगर्पालिकाले छानबिन गरि सत्यतथ्य बाहिर ल्याइ नागरिकलाई सहि सुचना दिन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्