
आफ्नै घाटिमा बेरेको सल आफ्नै काल बन्छ भने त्यो भन्दा दुखको कुरा के होला ? मोटरसाइकल चलाउने र चढ्नेले साबधानी न अपनाउदा घटेको घटना कति पीडादायी र अपुरणिय क्षेती हुन्छ भन्ने कुरा सायदैले महशुस गर्छन । जब घटना घट्छ अनि घटनाले बिकराल रुप लिइसकेपछी धिक्कार्नु सिबाय केही उपाय रहदैन । यस्तै पिडादायी घटनाको बज्रपात काभ्रेका गौतम परिवारमा परेको छ ।
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका २ बस्ने भिम प्रसाद गौतमको ह्रदयघातको कारण मृत्यु भयो । भिम प्रसादको असामयीक निधन भएपछी ससुराबाको काज किरियाको गर्नको लागि मकवानपुरको फापरबारिबाट काभ्रे जादै गरेकी बुहारी मेनुका गौतमको समेत मृत्यु भएको प्रहरी वृत्त ललितपुर चापागाउँले जानकारी दिएको छ ।
ह्रदयघातको कारण ससुराको मृत्यु भएको खबर पाए पछी मकवानपुरको फापरवारीबाट ललितपुरको गिम्दी हुँदै बेथानचोक ढुङ्खर्क जान हिडेकी बुहारी मेनुका गौतमको आफ्नै भतिजाले चलाएको मोटरसाइकलको टायरमा आफुले ओढेको सल गुडिरहेको मोटरसाइकल को टायरमा बेरीएर मृत्यु भएको हो । सल घाटिमा बेरिएर पाशो बन्न गै मेनुकाको ज्यान गएको छ ।
ससुराबाको ह्रदयघातबाट मृत्यु भएको २४ घण्टा नबित्दै गौतम परिवारमा अर्को बज्रपात परेको स्थानीयले बताए । आफ्नै भतिजा राजेश गौतमले चलाएको बा ६८ प २२०८ नम्वरको मोटरसाईकलमा च्यापिएर ललितपुरको बागमती गाउँपालिका गिम्दिमा मृत्यु भएको प्रहरीले बताएको छ ।
आफ्नो हजुरबुबाको निधनको चोट बोकेर काकिलाइ किरिया बस्न लिएर हिडेका मृतकका भतिज राजेश गौतम काकिको मृत्युका कारण उनी आफै प्रहरी फन्दामा परेका छन । नेपालको कानुन अन्धो भएका कारण गौतम परिवारमा पीडा माथी पीडा थपिएको छ । मोटरसाईकल चालक राजेश गौतमलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा राखिएको छ ।
चालक गौतमको सवारी चालक अनुमतिपत्र नभएकोले सवारी ज्यान मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय चापागाउ ललितपुरका प्रहरी इन्स्पेक्टर सन्जिब योन्जनले बताए । लाइसेन्स नभएको ब्यक्तिलाइ सवारी चलाउन दिने सवारी धनी मृतक मेनुकाका श्रीमानलाइ पनि किरिया सकिएपछि नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दा चलाउने प्रहरी इन्स्पेक्टर योन्जनले बताएका छन ।
सवारी चालकले पछाडी बस्नेलाइ ब्यबस्थित सङ्ग बसाउन नसक्नु र बस्ने यात्रुले पनि सल पछेउरा समेलेर बस्ने जस्तो सामान्य साबधानी न अपनाउनु घट्नाको मुख्य कारक बनेको छ । लाइसेन्स नभएको ब्यक्तिलाइ सवारी साधन दिनुलाइ पनि नेपालको कानुनले गैरकानुनी मान्दछ । यस्ता दुखद घटनाबाट पाठ सिकेर साबधानी अपनाउन सके शोक र सङ्कट बाट जोगिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्