२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

डाक्टर सुर्य देवकोटाको नेतृत्वमा मुटुको डबल च्याम्बर पेस मेकरको सफल सल्यक्रिया

मुटुमा लाग्ने गम्भीर प्रकृतिको उपचार पोखरामै हुन थालेपछि पोखरा र आसपासका नागरिकमा खुसी सन्चार गराएको छ । पोखरालाइ पर्यटनको राजधानी भनिए सङ्गसङ्गै मेडिकल सिटिको रुपमा बिकाश गराउदै लान सकेमा आम नागरिकलाइ स्वास्थ्यमा सुरक्षित महसुस गराउने निस्चित हुने अपेक्षा गर्न थालिएको छ ।

यसै हप्ता पोखरामा मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगन्जअन्तर्गतको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा नेतृत्वको टोलीले पोखराको चरक मेमोरियल हस्पिटलको क्याथ ल्याबमा सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

देवकोटा नेतृत्वको चिकित्सक टोलीमा चरक मेमोरियलका डा. एस के जैसवालसहितको सहभागीता रहेको चरक अस्पतालका सुचना अधिकारी तथा जनसम्पर्क अधिकृत दोलिपा थापाले बताइन ।
पोखरा महानगरपालिका २५ हेम्जा घर भएका ६३ वर्षका त्रिपाठी थरका एक पुरुषको सफल शल्यक्रिया गरिएको थापाले बताइन । निजि अस्पतालमा क्याथल्याब राखेर मुटुको दुई कोठे पेसमेकर राख्नु गन्डकी प्रदेशकै पहिलो र महत्वपूर्ण सेवा भएको चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए ।

उकालो हिँड्न गाह्रो हुने, रिँगटा लाग्ने, श्वास फेर्न अप्ठ्यारोजस्तो समस्या भएपछि त्रिपाठीलाई उपचारका लागि परिवारले हस्पिटल पुयाएका थिए । त्यसपछि उनको स्वास्थ्य परिक्षण गर्दा मुटुको प्लस जम्मा ३०/३५ मात्र सगै अन्य समस्या देखिएपछि आवश्यक परीक्षण गर्दा मुटुको भल्भमा समस्या देखिएको डा जैसवालले जानकारी दिए । लगतै बिरामीको समस्याका बारेमा डा. देवकोटालाई जानकारी गराएपछि उनी पोखरा आएर मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यकृया सम्पन्न गरेको डा जैसवालले जानकारी दिए ।

मुटुको समस्या लिएर आउने बिरामीहरुलाई सम्भव भएसम्म हस्पिटलमा कार्यरत आफु सहितको चिकित्सक टोलीले समस्या समाधान गर्ने गरेको र जटिल समस्या भएका बिरामीहरुको लागि काठमाण्डौमा डा. देवकोटा लगायतका चिकित्सकलाई सम्पर्क गरि आवश्यक उपचार गदै आएको जानकारी दिए । मुटुको उपचारको सबै सेवा हस्पिटलबाटै आफुहरुले प्रदान गदै आएको समेत उनले जानकारी दिए ।

चरक मेमोरियलले स्वास्थ्य मन्त्रालय काठमाण्डौबाट असार ०८० मा ओपन हार्ट सर्जरी सेवाका लागि अनुमति पाएको थियो भने त्यसको एक महिनापछि साउन अन्तिममा मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका बरिस्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुर्य देबकोटाको नेतृत्वमा ४५ वर्षीका एक पुरुषको गण्डकी प्रदेशमै पहिलो पटक सफलतापुर्वक सर्जरी समेत गरेको थियो । त्यस समय मनमोहनका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई, डा एस के जैसवाल, डा कृष्ण वस्याल लगायतको टिमले करिव चार घण्टा ३० मिनेट लगायर प्रदेशमै पहिलोपटक ओपन हार्ट सर्जरी सफलता पुर्वक सम्पन्न गरेका थिए ।

चरकले मुटुको सर्जरी सेवाका लागि करिब चार करोडको लागतमा आवश्यक उपकरणहरू खरिद गरी आवश्यक उपकरणसहितको स्थायी सर्जरी कक्ष ०८० को सुरुमै तयार गरेको प्रबन्ध निर्देशक पोखरेलले बताए। हाल हस्पिटलले अनुभवी र विशेषज्ञ चिकित्सकहरू काठमाडाैंबाट ल्याउने र अस्पतालका चिकित्सकहरूको सहयोगमा मुटुको उपचार एवं शल्यक्रिया गरिरहेको उनले जानकारी दिए।
कास्की लुम्लेका डाक्टर देबकोटा आफ्नो जिल्लाबासिहरुको सेवा गर्न पाउँदा खुसी ब्यक्त गर्छन । कार्य ब्यस्तताको बाबजुद पनि महिनाको एक दिन पोखरालाइ छुट्याइएको बताउँछन् । मुटुको एनजीओ ग्राफी र एनजिओ प्लास्ट सम्बन्धी सेवा पोखरामा दिदै आएको डाक्टर देबकोटाले बताए । चरक अस्पतालमा ब्यबस्थित क्याथल्याब भएकोले उपचारमा सहयोग पुगेको र पोखरा र आसपासका बिरामिहरुका लागि यो सेवाले राहत पुग्ने डाक्टर देबकोटाले बताए । यस अघि विभिन्न समयमा निशुल्क मुटु जाँच सिविर राखी बेलैमा रोगको पहिचान र उपचार गरि एक हजार भन्दा बढिलाइ सेवा दिन पाएकोमा डाक्टर देबकोटाले खुसी व्यक्त गरेका छन । मुटु रोगमा डि एम गरेका डा देबकोटा शिक्षण अस्पताल महाराज काठमान्डौका सहायक प्राध्यापक हुन ।

प्रतिक्रिया दिनुहोस्