२०८१ फाल्गुन ९
०६१४४५०००, ९८५६०३३३९१

एमालेका वडा अध्यक्षले सचिब भकुरे , होलात कारबाही ?

यदुनाथ बन्जारा

बिकाश निर्माण र सेवा गर्न चुनाब जितेर आएका जनप्रतिनिधि हरु डन बनेर गुन्डागर्दीमा उत्रिएका छन । तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्षले सोमबार आफ्नै वडा सचिव नवीन भुसाल माथि कुटपिट गरेर तान्डब नाच देखाएकाछन् । वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान साढे १० बजेतीर कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।  वडा अध्यक्ष गुरुङले सचिब भुसाललाइ सहि गर्न दिएको कागज हेरेर गर्छु भनेको झोकमा वडा अध्यक्ष गुरुङले तत्काल आबेशमा आइ घाँटीमा अठ्याएर मुक्का प्रहार गरेको प्रतक्षदर्शिले बताए ।

वडाध्यक्ष गुरुङलेले सामान्य बिषयमा कार्यालय समयमा नै वडा सचिव भुसाललाई कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । घाटी अँठ्याएको र मुक्का प्रहार गरेको प्रशासकीय अधिकृत आचार्यले पुष्टि गरेकाछन् ।

कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो मानसिक समस्या आइ त्रसित भएका सचिब भुसाललाइ थप उपचारका लागि आफन्तको जिम्मा लगाएर भरतपुर अस्पतालमा लगिएको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिएका छन् । आक्रमण गर्ने वडा अध्यक्ष बल बहादुर गुरुङलाइ नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय डुम्रे हिरासतमा राखिएको तनहुँका प्रजिअ श्याम कृष्ण थापाले बताए । कार्यालय समयमै कर्मचारी माथी आक्रमण गर्ने वडा अध्यक्ष गुरुङलाई कानुन बमोजिम कारबाही गरिने तनहुँ प्रहरीले बताएको छ । अध्यक्ष गुरुङ एमाले बाट निर्बाचित भएका थिए । सत्तारुढ दलका वडा अध्यक्षलाई कारबाही होला भन्ने कमैले आशा गरेका छन । काठमाडौको ठमेलमा ड्युटीमा खटिएका प्रहरी कुट्ने एमाले कार्यकर्तालाई सरकारको निर्देशनमा जोगाइएको घटना ताजै छ । एमालेको सरकार भएको दम्भ देखाएर कर्मचारी कुट्नेलाइ हदै सम्म सजाय हुनुपर्ने कर्मचारी संघ सङठनले माग गरेका छन । तनहुँका प्रजिअले घटनाको छानबिन गरि कानुन बमोजिम कारबाही हरिने बताएका छन ।
वडाका अध्यक्ष टोले दादा जस्ता चरित्रको भएपछी सेवा लिन आउने नागरिकमा सन्त्राश छाएको छ । तनहुँ प्रहरीले गर्ने कारबाहीले सरकारको अनुहार चित्रण गर्दछ । अराजक पात्रलाइ जोगाउछ कि कारबाही गरेर कानुनी राज देखाउछ हामी निरन्तर फलो अपमा हुनेछौ ।

प्रतिक्रिया दिनुहोस्