![](https://www.sarangkotnews.com/wp-content/uploads/2025/02/20250208_143131-scaled.jpg)
पोखरा बजारमा रहेका बिजुलिका पोलहरुमा टेलिफोनका तार र केबुलका तारहरु असरल्ल मिल्काइएका कारण सडक दुर्घटना बढाएको छ । महिनौ अघि देखि बिजुलीको पोलहरुबाट लतृएर सडकमा असरल्ल छिरलिएका तारहरुको ब्यबस्थापन गर्न नसक्दा सडक असुरक्षा बढेर गएको भन्दै सडक प्रयोगकर्ताहरुले असन्तुस्टी ब्यक्त गरेका छन ।
नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याइएको ठाउँमा रहेका साबिकका तामाका तारहरु र केबुल लाइनका तारहरु यत्रतत्र छोडिएको कारण यो समस्या आइपरेको जानकार हरुले बताएका छन । पोखराका मुख्य र ब्यस्त सडकहरुमा केबुल र टेलिकमका तारहरु छिरलिएर असुरक्षित हुदा समेत टेलिकम कार्यालयको ध्यान पुग्न सकेको छैन ।
नागरिकको घरदैलोको सरकार मानिने स्थानीय सरकारले पनि यसतर्फ कुनै ध्यान दिन नसक्नुलाइ बिडम्बना मानिएको छ । नागरिकको सुरक्षामा चासो दिन आखा खुल्न नसक्नु महानगरको कमजोरी त छ नै टेलिकमले आफ्नो सम्पतिको सरक्षण र ब्यबस्थापन गर्न नसक्नु अर्को लापरबाहीको रुपमा लिइएको छ ।
चोरलाइ मस्ती टेलिकमको नास्ति
महिनौ देखि सडकमा तामाका तारहरुभएको टेलिफोनका तारहरु छोडिएको फाइदा कबाडी सङ्कलन गर्ने हरुले कमाउने मौका पाएका छन । ट्रक ट्र्याक्टर चालकहरुले सडकमा फिजारिएका तारहरु काटेर गाडिमा लोड गरेर कवाडिमा बिक्रि गर्दै आएको पाइएको छ । राती राती साइकलमा हिड्ने चोरहरुले पनि तार चोरेर कबाडिलाइ बेच्ने गरिएको गोप्य सुचना हामिले पाएका छौ । कवाडी खानाहरुमा चेक गर्ने हो भने टेलिफोनक तारहरु अझै पनि बरामद हुन सक्ने निस्चित छ , रातारात त्यस्ता तारहरुबाट तामा निकालेर बाहिरको रबड कभर जलाइ नस्ट गर्ने गरिएको छ तर टेलिकमलाइ लाखौ रुपैयाँको तार चोरी भएको बारेमा कुनै चासो रहेको पाइदैन ।
नेपाल टेलिकम पोखराका आउट साइड सर्भिस इन्चार्ज इन्जिनियर बिदुर वाग्लेलाइ लाखौ पर्ने तारहरु सडकमै छोड्दा सडक असुरक्षा र चोरिको समस्या दुबै हुदा पनि किन चासो नदिएको भन्ने जिज्ञासा राख्दा उनले हल्का रुपमा जवाफ दिए । कार्यालयले त्यस्तो ठाउको सुचना पाए उठाउने उनले बताए । आफ्नो कार्यालयले कुन कुन ठाउमा तार फेर्यो कुन कुन ठाउँमा सडकमा समस्या छ , कुन ठाउको कति तार चोरी भयो भन्ने बारेमा टेलिकमका कर्मचारीलाई नै जानकारी नरहेको अबस्था रहनुलाइ लापरबाही र उदासिनता भन्दा अन्यथा नहोला ।
अप्टिकल फाइबर बिस्तार भएको ठाउमा बिस्तापित गर्नु पर्ने तामाका तारहरु हटाउन गत बर्ष ठेक्का लगाइएको नेपाल टेलिकमले बताएको थियो । त्यतिखेर लगाइएको ठेक्काले अहिले सम्म प्रगती गर्न नसक्नुलाई अनर्थ मानिएको छ । बेलैमा तार सङ्कलन गर्न नसक्दा चोरी पैठारी भइ नेपाल टेलिकमलाई कति हानी नोक्सानी भयो भन्ने लेखाजोखा कार्यालयलाई नै छैन । सार्बजनिक खरिद प्रक्रिया बेलैमा आय ठेक्का गरेको थियो भने बेलैमा तार उठ्न गै राम्रो आम्दानी हुने र सडक असुरक्षा पनि हुने थिएन तर नेपाल टेलिकमले यस बारेमा कहिले सोच्ला ?
प्रतिक्रिया दिनुहोस्