२०८१ फाल्गुन ४
०६१४४५०००, ९८५६०३३३९१

चैत्र महिना भित्र अकला मन्दिरको अधिबेशन हुनेमा अझै अनिश्चित

नेपालिहरुको धार्मिक आस्थाको केन्द्र प्रशिद्द शक्ति पीठ पोखरा १९ मा रहेको अकला मन्दिर धार्मिक क्षेत्र बिकास समितिको अधिबेशन यसै बर्ष भित्र गरिने निर्णय भएको प्राप्त सुचनामा जनाइएको छ । समितिको हालै बसेको बैठकको निर्णयलाइ हवाला दिदै समितिका अध्यक्ष बाबुराम गौतमले भने ” अबको दुई महिना भित्र अर्थात चैत्र महिना भित्र साधारणसभा र अधिबेशन सम्पन्न गरिनेछ ।” समितिले यस्तो निर्णय गरेपनी साधारणसभा र अधिबेशन हुने निस्चित नरहेको समितिकै केही सदस्यहरुले बताएका छन ।

अकला धार्मिक क्षेत्र बिकास समितिले २०७४ साल यता अधिबेशन नगराएको भन्दै समिती भित्र तिब्र आलोचना हुँदै आएको थियो । हरेक१-१ बर्षमा हुने साधारणसभा र २-२ बर्षमा गरिनुपर्ने अधिबेशन ८ बर्ष सम्म नगरिदा सस्थाले पारदर्शीता अपनाइ कानुनको पालना नगरेको बारेमा तिब्र आलोचना खेप्दै आएको छ । त्यति मात्र नभै मन्दिरको प्रबेश गेट निर्माममा समेत अबरोध भएको छ । डेढ बर्ष अघि नै समितिले खरिद गरेको जग्गा खाली गर्न नसक्दा स्वागत प्रबेश गेट निर्माण कार्य अघि बढ्न सकेको छैन ।

मन्दिरको जग्गामा सटर बनाइ पसल राखेका ब्यक्तिले जग्गा खाली गर्न चाहेका छैनन । सटर बनाउने ब्यक्ति अध्यक्ष बाबुराम गौतमका छोरा हुन । पछिल्लो समयमा सराङ्कोट पत्रिकामार्फत समाचार सार्बजनिक भएपछी साधारणसभा र अधिबेशन गर्न र स्वागत प्रबेश गेट निर्माण गर्न समितिले तदारुकता देखाएको छ । पोखरा १९ नम्बर वडाका वडा अध्यक्ष पुस्पेन्द्र पान्डेको पहलमा बैठक बसेपछी समितिले गति लिएको छ समितिका एक सदस्यले भने । समितिका अध्यक्ष बाबुराम गौतमले भने फागुन महिनामै प्रबेश गेटको शिलान्यास गरिनेछ ।

नेपाल सरकारमा दर्ता भइ संचालित सार्बजनिक सस्थारुले सस्थाको बिधान अनुसार साधारणसभा गरि आयब्यय पास गर्नुका साथै आबधिक अधिबेशन गरिनु पर्छ । आर्थिक कारोबार समेत हुने अकला मन्दिर धर्मिक क्षेत्र बिकाश समितिले लेखापरीक्षण गराइ नागरिक पारदर्शिता अपनाउनु पर्ने हुन्छ । चालू बर्षमा पनि महानगरपालिकाले अकला मन्दिर प्रबेश स्वागत द्वार निर्माणको लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरेक वडा अध्यक्ष पुस्पेन्द्र पान्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्