
जयन्ती मेमोरियल ट्र्स्टको सहयोगमा पोखराको पुरानो सामाजिक सस्था हिमालय क्लब बाटुलेचौरको आयोजनामा फागुन ३ गते निशुल्क बृहद मुटु जाच सिविर हुने भएको छ । मातृशिशु मितेरी अस्पतालको प्राबिधिक सहयोगमा कालिका बहुउद्देश्यीय भवनमा सिविर सन्चालन गरिने हिमालय क्लबका सुचना अधिकारी तथा निशुल्क सिविर कार्यक्रमका सयोजक शिवराज देबकोटाले बताए ।
निशुल्क मुटु जाँच सिविरमा डिएम कार्डियोलोजिस्ट डा मनोज कोइराला , जनरल फिजिसियन डा बिवेक लामिछाने , कन्सल्टेन्ट फिजिसियन डा सुनिल गौतम , जनरल फिजिसियन डा बिज्ञान लामिछानेले मुटुपरिक्षण सेवा प्रदान गर्ने क्लबका अध्यक्ष मोहन थापाले बताए । सिविरमा आउने सेवाग्राहीको आवश्यकता अनुसार इसिजी , इको , र सुगर प्रेसरको निशुल्क जाच गरिने बताइएको छ ।
हिमालय क्लबले सामाजिक उत्तरदायित्व स्वरुप विभिन्न गतिविधि गर्ने क्रममा निशुल्क मुटु जाँच सिविरको तयारी गरेको छ । पछिल्लो समय मुटुमा समस्या हुने तर जाँच नहुदा सुरुमा पहिल्याउन नसक्दा एकै चोटि ठूलो समस्या आउने गरेकोमा यसरी गरिने जाचले सम्भावित जोखिमलाइ कमी ल्याउने निस्चित छ । आफ्नै घर गाउको आगनमा आएको सेवाबाट लाभ लिन क्लबले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्