खाध्यपुरक सामग्रीलाई औषधीको रुपमा बिक्रीवितरण गरि कमाउ धन्दा गर्दै आएका केही नाफाखोरी ब्यापारी र कमिसनखोरी चिकित्सकहरुको धन्दालाइ भेरी अस्पतालले रोक लगाउने निर्णय लिएको छ । देशभरका अस्पताल र फार्मेसी व्यावसायिहरुले न्युट्रास्युटिकलको ब्यापार गरि बिरामीको ढाड सेक्ने कार्य गर्दै आएको बिषयमा देशका केही ठुला अस्पतालहरु सहितका स्वास्थ्य सम्बद्ध निकायहरुले चिकित्सकहरुलाइ न्युट्रास्युटिकल सिफारिस गर्न र फार्मेसिहरुलाइ बिक्रीवितरण गर्न रोक लगाउने गरि निर्देशनात्मक आदेश सहितको सूचना जारी गरेको थियो ।
यसै क्रममा भेरी अस्पताल बाके नेपालगन्ज प्रशासनले न्युट्रास्युटिकल प्रेस्क्राइब तथा बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ । अस्पताल प्रशासनले औषधि ब्यबस्था बिभागको २०८१ पुस २५ गतेको निर्णयको हवाला दिदै अस्पतालमा रहेको ड्रग एन्ड थेराप्युटिक कमिटिको माघ ६ गतेको निर्णय अनुसार न्युट्रास्युटिकल लेख्न र बेच्न प्रतिबन्ध लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुबेदिद्वारा माघ ७ गते सार्बजनिक सूचना जारी गरेका छन ।
औषधी ब्यबस्था बिभागले यस अघि पनि न्युट्रा (फुड सप्लिमेन्ट) लाई लेख्न बेच्न रोक लगाएको थियो तर बिभागले अनुगमन,सुपरिबेक्षण र कारबाही गर्न नसक्दा उसको निर्णय अलपत्र परेको थियो । केही अस्पताल र स्वास्थ्य सम्बद्ध निकायले तत्कालको लागि सूचना निकाले पनि कार्यान्वयनमा जान आलटाल भएको कारण बिभगको निर्णय कागजको खोस्टा जस्तै निरर्थक बन्न पुगेको थियो । फलत न्युट्रा व्यावसायि र कमिसन प्रेमी चिकित्सक पुन सल्बलाएर ब्यबसायलाई निरन्तरता दिएका थिए । पुस १९ गतेको बिभागिय निर्णय के हुन्छ भन्ने बिषयमा समयले बताउनेछ हामी निरन्तर खबरदारीमा रहनेछौ ।
केही दिन पहिला मात्र बिराटनगरमा न्युट्रा गिरोहले गोदाममा रहेको म्याद नाघेको खाध्यपुरक सामग्री (न्युट्रा )मा नक्कली लेबल लगाइरहदा प्रहरीले छापा मारी रङ्गेहात पक्राउ गरेको थियो । नागरिकको जीउ धन माथि सिकायत गरि अबैध व्यापार गर्ने गिरोह लाई खोजीखोजी कारबाही गरे मात्र नागरिकले न्याय पाउने छन अन्यथा ” त कुटे जस्तो गर म रोए जस्तो गर्छु “भन्ने उक्ति चरितार्थ हुने देखिन्छ ।