२०८१ माघ १७
०६१४४५०००, ९८५६०३३३९१

सम्पादकीय – पत्रकार महासंघको आसन्न चुनाब बारे

पत्रकार हरुको छाता सस्था पत्रकार महासङको निर्बाचन यहि मङ्सिर २८ गते हुने लगभग निस्चित भएको छ । २०८० चैत्र महिनामा सम्पन्न गरिसक्नु पर्ने चुनाब आन्तरिक कलहका कारण ९ महिना पछि धकेलिएको छ ।
ढिलै भएपनि चुनाब हुनु गर्बको बिषय बनेको छ । राज्यको चौथो अङ्गको रुपमा हेरिने पत्रकारिताले समाजलाई मार्ग निर्देश गर्दै अनियमितता र बिकृतिलाइ न्यूनीकरण गर्दै सुशासनमा जोडबल गर्दछ । यस मानेमा पनि पत्रकारितालाई देशको आखाको रुपमा लिइन्छ । देश र जनताको आखाको रुपमा रहेको पत्रकारहरुको चुनाबलाई सबै क्षेत्रबाट महत्वका साथ हेरिन्छ ।
पत्रकारिता स्वतन्त्र पेशा हो । त्यसको लागि पत्रकारको कर्म पनि स्वतन्त्र हुनुपर्छ । निर्भिक र तथ्यपुर्ण हुनुपर्छ तबमात्र पेशागत ओज बढ्न गइ देश र जनताको लागि सहि सत्य समाचार दिन सकिन्छ । हो तिनै पत्रकारहरुको छाता सस्थाको नेतृवको लागि हुने आगामी चुनाब निस्पक्ष हुन आवश्यक छ । पत्रकारको पेशागत शुद्धिकरण हुनुपर्छ भन्ने माग पत्रकारहरुकै थियो । पत्रकारिता पेशामा लागेर जीवन धानिरहेकाहरुलाइ मात्र सदस्यता दिने नीति सुर्खेत घोषणाले जनाएकै बिषय थियो ।
केन्द्रले ल्याएको नीति प्रदेश र जिल्ला तहबाट उकार्यान्वयनमा आएको थियो तर केन्द्रले नै खुट्टा टेक्न सकेन फलत राजनितिको हस्तक्षेपले समस्या समाधानमा भन्दा सम्स्यालाइ मथिङ्गल बनाउन बल पुर्यायो अन्तमा निश्कृय पत्रकार र गैरपत्रकारले आफ्नो सदस्यतालाइ स्थापित गराइ छाडे ।
पत्रकार महासङलाइ पत्रकारहरुकै सस्था बनाउनुपर्छ भन्ने बिषयमा चालीएको आन्दोलनले सार्थकता पाउन नसकेपनी केही सुधार भएको छ । दलका केन्द्रीय नेताहरुको सदस्यता कायम रहने तर वडाका नेताहरूको खारेज हुने गरि ल्याइएको नीति न्यायोचित नहुने आवाज त उठे तर सम्बोधन हुन सकेन । अब आउने नेतृत्वले पत्रकारको सस्थालाइ शुद्धिकरण र सुदृढीकरण बनाउन सफल हुने अपेक्षा गरिएको छ ।
२१ गते बाट सुरु भएको मनोनयन २६ गते सम्म कायम रहने छ । २८ गते देश भरका जिल्ला ,प्रदेश , प्रतिस्ठान र केन्द्रका लागि एकै दिन मतदान हुने छ । शुद्धिकरणको अपेक्षा र आशा गरेका देश भरका पत्रकारहरुले उपयुक्त र योग्य पात्रलाई बिजयी गराउन सकेको खन्डमा पत्रकार महासङले आफ्नो गौरब र गरिमालाइ माथी उठाउन सक्ने निस्चित छ ।
निर्बाचन लोकतन्त्रको गहना हो । निर्बाचनको सहि उपयोग गरेर आफ्नो सस्थालाइ व्यावसायिकता र उत्तरदायी बनाउन सकिन्छ । पत्रकारहरु बौद्धिक र बिबेकि हुन्छन । आफू जलेर अरुलाइ उज्यालो दिने पत्रकारको धर्म हो । सङ्हारमा आएको चुनाबलाई मर्यादित ढङ्गले उपयुक्त पात्रलाइ नेतृत्वदायी भुमिकामा पठाउन आवश्यक छ । पत्रकार महासङलाइ कस्तो बनाउने भन्ने कुरा पत्रकारकै हातमा छ ।
पत्रकार बौद्धिक जगतका पात्र हुन । देश र समाजलाई मार्गदर्शन गर्ने आँखा भएकोले उनिहरुले छान्ने नेता व्यावसायिक र कृयासिल हुनुपर्छ तब मात्र पत्रकारका वास्तविक समस्या पहिचान गर्न र स मस्याको समाधान गर्न सक्छ्न । पत्रकारिता स्वतन्त्र र निस्पक्ष हुनुपर्छ । शक्तिकेन्द्रको इशारामा चल्ने होइन विधि र प्रक्रियामा चल्न सक्ने हुनु पर्छ भन्ने बुझेर आफ्नो धर्म र कर्तब्य निर्बाह गर्नेछन भन्ने आम समुदायले बुझेको बिषय हो ।

प्रतिक्रिया दिनुहोस्