

०६१४४५०००, ९८५६०३३३९१
रमितको रमितामा महनगरको होली ! मेयरको एकै चुड्किमा १० लाखको “नमेटिने घाउ

चलचित्रकर्मी रमित ढुंगाना अरुको फिलिम खेल्दै आएका कलाकार हुन । यसै क्रममा उनले २०७६ फागुन २ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्राली दर्ता गर्छन । उनले दर्ता गरेको कम्पनिले मुस्कान नामको चलचित्र निर्माणको अनुमती २०७८/०५/०४ मा लिएको देखिन्छ । त्यसको लगत्तै ०५/२७ गते उनले मुस्कानको नाम परिवर्तन गरि नमेटिने घाउ नाममा चलचित्र बिकाश बोर्डबाट परिवर्तन गराएपछि नया योजना बन्छ । नाम परिवर्तन सङ्गै उनले सुरु गर्छन असुली धन्दा ।
रमित ढुंगानाले नमेटिने घाउ नामक सन्देशमुलक चलचित्र बनाउने र पोखराको घटनालाई समेत जोडेर पोखरा आसपासमा छायांकन गर्ने दाबी गर्दै अनुदान माग गरे पछि असुली प्रकरण अघि बड्छ । ढुङ्गानाले चलचित्र बिकाश बोर्डमा निर्माण इजाजत लिदा ७० लाख रुपैयाँको अनुमानित कुल लागत प्रक्षेपण गरेका छन तर महानगरसङ्ग अनुदान सहयोग माग्दा ६० लाख रुपैयाँ बढाएर १करोड ३० लाखको लागत प्रस्ताव पेश गरेको देखिन्छ । दुङ्गानाले सहयोग बटुल्न नक्कली लागत मुल्यको प्रस्ताव पेश गरेको तर्फ महानगरले ख्याल गरेको छैन ।
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्