पोखरा १० अस्पताल चोकमा रहेको श्रीबृद्दी बचत तथा ॠण सहकारी सस्था लिमिटेडको १६ औ बार्षिक साधारणसभा मङ्सिर २२ गते सम्पन्न भएको छ । सहकारी ऐन नियमानुसार शेयर सदस्यहरुको बृहद भेला आयोजना गरि साधारणसभा सम्पन्न गरेको हो ।उक्त साधारणसभा सस्थाका सस्थापक अध्यक्ष प्रा डा कृष्ण बहादुर केसिको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि केसिले बर्तमान अबस्थामा सहकारी सन्चालन एक चुनौतीपूर्ण कार्य भएकोले सन्चालक समिती र कर्मचारीले सचेत रहि आफ्नो जिम्मेवारी निभाउनु पर्ने औल्याउँदै इमान्दारी पुर्बक कार्य गरेमा कुनै समस्या न आउने बताएका थिए ।
सहकारीका अध्यक्ष मीन बहादुर गुरुङले आफुले सहकारीको सिद्धान्तलाई अक्षरस पालना गरेकोले कुनै समस्या नरहेको बताए । नेपालमा आइपरेका सहकारीको समस्याबाट पाठ सिकेर अगि बढेका कारण सहकारीले सहजता पुर्बक सेवा दिइरहेको अध्यक्ष गुरुङले बताउदै शेयर सदस्यले आफ्नो कर्तब्य र अधिकार दुबैको ख्याल राख्न आग्रह गरेका थिए ।
साधारणसभामा सहकारिमा आब २०८०/०८१ मा उत्कृष्ट कारोबार गर्ने असल कारोबारी महेन्द्र केसि ,असल निक्षेप कर्ता कपिल कुमार जैसी ,बर्षको उत्कृष्ट कर्मचारी काजल कोइराला पान्डेलाई सहकारीले सम्मान गरेको थियो । सस्थाका अध्यक्ष मीन बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको सन्चालन महिला शेयर सदस्य डाक्टर बिनिता कोइरालाले गरेकी थिइन । सस्थाका कोषाध्यक्ष रुद्रनाथ अधिकारीले सहकारीको आर्थिक गतिबिधी सहित सस्थाको यथार्थ अबस्थाको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा संचालक समितिका सदस्य शङ्कर तिमल्सिनाले स्वागत मन्तब्य राखेका थिए भने शेयर सदस्य निलकन्ठ सिग्देलले शुभकामना मन्तब्य दिएका थिए ।