बितेको साता के भयो ? साता गतिविधि (२०८१/०८/११-१७ )

सराङकोट न्यूज
4 December, 2024 7:53 am
Advertisements

मङ्सिर ११ गते -पोखराको प्राइम सहकारीको करम अपचलन आरोप लागेका तनहुँका शंकरनारायण जेलमुक्त भएका छन् । ५० लाख धरौटी राखेर उनी मुक्त भएका हुन। गत चुनाबमा ब्यासको मेयरमा पराजित एमालेका उम्मेदवार हुन ।
१२ गते -नेकपा (एमाले) बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै मंगलबार लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ ।
१२ गते – नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् ।नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बिहीबार पार्टीका सहसचिव सिग्देललाई प्रवक्तामा मनोनित गरेका हुन् ।
१३ गते -अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने पहिलो स्थानीय तह फेदीखोला लाई प्रधानमन्त्रीद्वारा गाउँपालिका सम्मानित भएको छ ।
१३ गते ,-प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन पेश ।
१४ गते ,-गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तर छैटौं तहका कर्मचारीको ३० कार्यदिने सेवाकालीन तालिम सम्पन्न भयो । ६० जनाको सहभागीता ।
१४ गते -पोखरेलीलाई प्रशोधित पानी पुर्‍याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपाल सरकारलाई हप्तान्तरण गरेको छ ।
१५ गते -बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर २ जनाको मृत्यु भएको हो ।
१५ गते -बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमका अनुसार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले जनाएको छ ।
१६ गते ,-काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो ।
१६ गते ,-मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा एमालेबाट कोशी प्रदेश सभाका सदस्य लिलावल्लभ अधिकारीलाई काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यालयले दिएको उन्मुक्ति बदर गरी मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।
१६ गते -स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । आज रातिबाट मत गणना सुरु हुने ।
१७ गते -कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ४९३ मतसहित जित हात पारेका हुन् ।
१७ गते -पोखरा१५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटीहोम २०८१ समुद्घाटन प्रदेश प्रमुख डिल्लिराज भट्ट समुद्घाटन ।
१७ गते -सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: