२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

चोरिको बुलेट बाइक प्रयोग गरि पत्रकार फसाउने काङ्ग्रेसका उम्मेदवार अर्जुन तिवारी बिरुद्द किटानी जाहेरी

 

प्रहरी सङ्ग मिलेर पत्रकारलाइ फसाउन नक्कली नम्बर प्लेट राखेर मोटरसाइकल चलाउने नेपाली कांग्रेस मकवानपुरका सदस्यसमेत रहेका हेटौंडाका अर्जुन तिवारी विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी परेको छ । पिडितले प्रतक्ष जिल्ला प्रहरी कार्यालयमा उपस्थित भै उजुरी दिदा नलिएपछी हुलाक रजिस्ट्री गरि उजुरी पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्गै जोडिएको हुलाकबाट उजुरी पत्र पुगिसकेको सुचना अधिकारी स्यामु अर्यालले सराङ्कोटलाइ बताएका छन । पत्र सनाखत गरेर कारबाही अगाडी बढाउने उनले हेटौंडा उपमहानगरपालिका-१२ का अर्जुन तिवारी आसन्न उपनिर्वाचनमा कांग्रेसको तर्फबाट वडाअध्यक्षको उम्मेदवार हुन् । उनले ३० चैत २०७९ मा हेटौंडाका पत्रकार रमेश बन्जारालाई झुटो मुद्धामा फसाउनको लागि एक महिलालाई प्रयोग गरी नक्कली घटनास्थल स्थापित गराउन उक्त मोटरसाइकल प्रयोग गरेका थिए ।

प्रदेश ३-०३-००२ प ७९३२ नम्बरको उक्त मोटरसाइकल उनले प्रयोग गरेको सिसिटिभी फुटेज हेटौंडाक छापा तथा अनलाइनले प्रकाशन प्रशारण गरि सार्वजनिक गरेपछी तिवारीले उक्त मोटरसाइकल गायब पारेका थिए । अहिले उक्त मोटरसाइकलमा प्रयोग भएको नम्बर नक्कली भएकोसमेत पत्ता लागेको छ । तर बुलेट मोटरसाइकल गाएब पारिएको छ ।अपराध कार्यमा प्रयोग गर्ने उक्त बुलेट कहाँ छ ? मकवानपुर प्रहरिको टाउको दुखाइको बिषय बनेको छ । सत्ताधारी पार्टिका कार्यकर्ता नै सम्लग्न उक्त कान्डका नाइकेलाइ समाउन प्रहरिको हात गोडा कामेको बुझ्न सकिन्छ । जाहेरी सनाखत गर्ने कार्य यो समाचार तयार पार्दा सम्म भएको छैन ।  मकवानपुर प्रहरीले चोरि बुलेट बाइक कान्डमा कारबाही नगरे अदालत जाने जाहेरवाला बन्जाराले बताए ।

हेटौंडा स्थित यातायात कार्यालयमा उक्त नम्बर चितवनका एक व्यक्तिको स्कुटरको नाममा दर्ता कायम रहेको यातायात कार्यालयको ढड्डामा उल्लेख छ । तिवारीले प्रयोग गरेको मोटरसाइकल चोरीको हुनसक्ने आशंका र नक्कली नम्बर प्रयोग गरेको पाइएपछी पत्रकार बन्जराले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएका हुन ।

‘हामीले अनुसन्धान अघि बढाएका छौं, यातायात कार्यालयले उक्त नम्बर चितवनका एक व्यक्तिको स्कुटरको रहेको कागजात पठाएको छ’, जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी स्यामु अर्यालले जानकारी दिए । उनका अनुसार उक्त नम्बरका सवारी धनीलाई प्रहरीले बोलाएको बताइएको छ  । उक्त कान्डमा पार्टिका उम्मेदवार नै मुछिएपछी पार्टी बृतमा बिखन्डन आएको छ । यद्यपि अस्तित्वको लडाइँको परेको नेपाली काङ्ग्रेस मकवानपुरले ठूलो धनराशि खर्च गरेर भोट बटुल्ने रणनीति बनाएको भएपनी पात्रको नैतिक दिवालियापनका कारण चुनाब जित्नु फलामको च्युरा चबाए झै हुने चर्चा मकवानपुरमा चलेको छ ।

यातायातले दिएको सवारी धनी उपर आवस्यक अनुसन्धान पछी जाहेरी परेका व्यक्तिलाई पनि झिकाएर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । तत्कालीन अबस्थामा केटि डुलाउने , नक्कली घटनास्थल बनाउने मात्र होइन जाहेरी नै प्रहरिको सहयोगमा तयार पारी नक्कली पिडक महिलालाई औठा छाप ठोक्न लगाइ ५ मिनेट भित्र आरोपी रमेश बन्जारालाइ जिप्रकामा बोलाइ बिना सोधपुछ ,बिना अनुसन्धान हिरासतमा लिइ उसै दिन आधा घन्टा भित्र म्याद थप गरिएको थियो । उक्त योजनामा मकवानपुरका तत्कालिन प्र जि अ राजेन्द्र देब पान्डे ( हाल गन्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयमा सचिब ) ,जिल्ला प्रहरी प्रमुख एसपी बामदेब गौतम ( हाल इन्द्र बानियाको भुगर्भ सिमेन्टमा कार्यरत ) ले भुमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्