नेपाल राष्ट्र बैकबाट ख बर्गको अनुमति प्राप्त गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव ७ गते मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ ।
बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्ककिा प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातानलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको थियो ।
पोखरा शाखाका प्रमुख रानाभाटका अनुसार गरिमा विकास बैंकको अहिले ९ लाख सेवाग्रही रहेका छन् । ५ दशमलव ६८ अर्व चुक्का पूँजी रहेको छ । गरिमाका देशभर १ सय २४ शाखा, ५१ वटा एटिएम र सात वटै प्रदेशमा सेवा रहेको छ । बैकले ग्राहकलाइ लक्षित गरि विभिन्न कार्यक्रम अगाडि सारेको छ ।