मादी गाउँ पालिकमा पालिका हुलाक स्थापना

सराङकोट न्यूज
21 November, 2024 9:51 am
Advertisements

सरकारले हुलाक पुनसरचना गरे सङ्गै गण्डकी प्रदेश हुलाक निर्देशनालयले कार्यान्वयनलाई प्राथमिकता दिएको छ । यसै सिलसिलामा मादी गाउपालिकाको केन्द्र याङ्जाकोटमा पालिका स्तरीय हुलाक स्थापना गरिएको छ । मङ्सिर ४ गते एक औपचारिक कार्यक्रमका बीच हुलाक कार्यालय स्थापना गरिएको हो ।


मादी गाउँ पालिकाका अध्यक्ष देबिजङ गुरुङ र हुलाक निर्देशनालय पोखराका निर्देशक नारायण प्रसाद आचार्यले सयुक्त रुपमा पालिका हुलाकको सुभारम्भ गरेका थिए । हुलाक कार्यालयको उद्घाटन पछि बोल्दै मादी गाउँ पालोकाका अध्यक्ष देबिजङ्ग गुरुङले प्रबिधिको बिकाश भएपनी हुलाक सेवाको महत्व नघटेको बताए । सरकारी महत्वपूर्ण कागजपत्र गाउँ गाउमा पुर्याउने माध्यम हुलाकनै रहेको बताउदै जनप्रतिनिधि , कर्मचारी र आम नागरिकको सहयोगमा हुलाक सेवालाई प्रभाकारी बनाउन लागि पर्नु पर्ने बताए ।
हुलाक निर्देशनालय पोखराका निर्देशक नारायण प्रसाद आचार्यले पालिका हुलाक स्थापना सम्बन्धी सरकारले ल्याएको नीति नियम र कार्यान्वयन र हुलाक सेवाको महत्व र उपलब्धीको बारेमा बताएका थिए ।कार्यक्रममा स्वागत मन्तब्य राख्दै हुलाक निर्देशनालयका सूचना अधिकारी तुलसी प्रसाद आचार्यले सिमित स्रोत साधनका बाबजुद हुलाक सेवालाई बिस्वस्निय र जवाफदेही बनाउन कर्मचारीले योगदान गर्नुपर्ने बताएका थिए । यस्तै मादि गापा ३ नम्बर वडाका अध्यक्ष बिकाश गुरुङ्ले आफ्नो वडाको भवनमा पालिका हुलाक कार्यालय स्थापना भएकोमा खुसी व्यक्त गर्दै प्रभावकारी सेवामा जुट्न सबैलाई अनुरोध गरेका थिए । पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज गौतमले १४६ बर्षको इतिहास बोकेको नेपालको हुलाक सेवाको चर्चा गरेका थिए । पत्रकार महासङ गन्डकिका सचिब यदुनाथ बन्जाराले हुलाक र सन्चारको महत्वका बारेमा बताउदै सुचनाको हकका बारेमा सबैले चासो राखेर नागरिक अधिकारको बारेमा प्रस्ट्याएका थिए ।

कार्यक्रमको सन्चालन खरिदार निर्मलराज बरालले गरेका थिए । कार्यक्रममा पालिकाका कृषि , शिक्षा , स्वास्थ्य , प्राबिधिक लगाएतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।न्यानो आतिथ्यताको साथा स्थानीय आमा समुहको उल्लेख्य उपस्तिथि रहेको थियो ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: