सम्पादकीय – पोखरा महानगरपालिकाकोको अस्पष्ठ कार्यशैली

सराङकोट न्यूज
21 November, 2024 7:59 am
Advertisements

पोखरा देशकै ठूलो महानगर हो । राज्य पुनसर्ंरचना गर्दा पोखरालाई महानगर बनाउन वरपरका ग्रामिण भेगहरुलाइ समेत गाभेर महानगर बनाइयो । महानगर हुनको लागि चाहिने पुर्बाधार केहि पूरा नभएपनी पोखरालाइ महानगरपालिका बनाउने सपना भने पुरा भएको छ ।
सर्सर्ती हेर्दा महानगरपालिका बिधिले चलेको देखिदैन । कानुन एकातिर छ निर्णय र कार्यशैली अर्कातिर छ । त्यसले गर्दा दिघकालिन रुपमा पोखरालाई घाटा परिरहेको छ । बिधिको शासन चल्न नसक्दा अपेक्षाकृत कार्य हुन सकेको छैन । कर्मचारी ब्यबस्थापनमा असफल देखिएको छ । कार्यकर्ता भर्तिकेन्द्र बनाइदा महानगर काम गर्ने भन्दा राजनितिको दाउपेचमा दिन कटाउनेहरुको हालिमुहाली देखिन्छ । जसले नेताको चाकडि गर्छ उसकै हालिमुहाली हुने गरेको पाइन्छ ।
सरकारी बिध्यालयको जग्गा सरक्षण गर्नुपर्ने महानगर उल्टै जग्गा बाड्ने निकाय भएको देखिन्छ । केन्द्रिय सरकारको क्याबिनेटले गर्ने काम महानगरको कार्यपालिका ले गर्दै आएको छ त्यो निर्णय आलोचित मात्र होइन गैरकानुनी पनि रहेको छ । कार्यपालिकाका सदस्यहरू आफैले गरेको निर्णय आफैले उल्लंघन गर्दै जाने क्रम बढेको छ त्यो पनि गैरजिम्मेवार कार्यशैलीको नमुना हो ।
पोखरा महानगरका मेयरले गरेका कतिपय निर्णय दुरगामी असर पार्ने खालका रहेका छन । १ देखि १२ कक्षा सम्म पढाइने बिध्यालयलाइ दुई सिफ्ट पढाउन पाइन्न । अघिल्ला मेयर मान बहादुर जिसिले सबै बिध्यालयलाइ एकै सिफ्टमा पढाइ हुनुपर्ने निर्णय गराएका थिए । कार्यान्वयन प्रक्रियामा आइरहेको पनि थियो तर हालका मेयर धनराज आचार्यले केही निजि बिध्यालयका सन्चालकहरुको सल्लाहमा एकै सिफ्ट पढाउन पर्ने निर्णयलाइ उल्ट्याइदिए । त्यो निर्णयलाइ स्वार्थ बाझिने निर्णयको रुपमा हेरिएको छ ।
महानगरपालिकाले दुई सिफ्ट पढाउन छुट त फियो तर त्यसले गुणस्तरीय शिक्षामा ध्क्का पुर्याएको छ । दिनमा ५ घन्टा २० मिनेट पढाइ हुनुपर्नेमा दुई सिफट पढाई हुदा ४ घन्टा पनि पढाई नहुने अबस्था आएको छ । त्यस्ले क्रेडिट आवर नै नपुग्ने शिक्षाका जानकार्हरु बताउछन । यो गैरजिम्मेवार निर्णय मात्र नभै शिक्षामा ब्यापारिकरणको नमुनाको रुपमा लिन सकिन्छ । सरकारले ब्यापारलाइ प्राथामिकता दिने कि नागरिकलाई भन्ने गम्भीर बिषय उब्जेको छ ।
शिक्षामा अनुगमन छैन । सरकारी बिध्यालयहरु जागिरको अखडा बनेको छ । राजनितीको कृडास्थल बनेको कारण चरम अराजकता छाएको छ । आफ्नै कर्मचारीलाइ ब्यबस्थापन गर्न सक्ने नीति र विधि बनाउन नसकेको महानगरबाट आम नागरिकले के अपेक्षा राख्ने ? असल कार्यको लागि निर्मम भएर अगाडि बढ्न नसक्ने नेतृत्वले अबस्था रहे सम्म नागरिकले सन्तुस्टिको सास फेर्न पाउने देखिदैन ।
महानगरपालिकाको बिकाश र सुशासनको लागि स्पस्ट खाका कोर्नु पर्छ ।अस्तब्यस्त काठमानले आज मुहार फेरेको छ किन र कसरी भन्ने कुरा अनुकरण गर्न पोखराले लाज मान्नु हुन्न । कानुनको शासन गर्दा आइपर्ने बाधा ब्यबधानलाइ फेस गर्नुपर्छ । नीति र थितिको काम गर्दा दलको दवाबको प्रवाह गर्नु हुदैन तबमात्र महानगरले नाम अनुसारको उपलब्धी प्राप्त गर्ने छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: