गण्डकी प्रदेशमा जम्मा ३९४ जना ट्राफिक प्रहरी कार्यरत छन ।त्यसमा पनि प्रशासन ,लेखा सन्चार लगायतका शाखाहरु त्यसै भित्र पर्छन । सडकमा खटिने ट्राफिकको सङ्ख्या न्यून हुने गरेका कारण ट्राफिक ब्यबस्थापनका लागि सडकमा खटिने कार्य किस्ता किस्तामा भैरहेको देखिन्छ ।
गण्डकी प्रदेश भरका लागि अहिले कार्यरत ३९४ जना ट्राफिक प्रहरी मध्य २०३ जना जनपद प्रहरी बाट आएका प्रहरी हरु रहेका छन भने ट्राफिक दरबन्दीमा रहेको सङ्ख्या २११ रहेपनी १४७ जना ट्राफिक मात्र गण्डकी प्रदेश भित्र कार्यरत रहेको प्रदेश ट्राफिक कार्यालयले उपलब्ध गराएको तथ्यांकले बताएको छ । दरबन्दीमा हुनुपर्ने मध्य २९ जना खाली रहेका छन भने सरुवा भएका ४४ जनाको रमाना दिन बाकी रहेको छ जसमा २८ जना ट्राफिक प्रहरी हाजिरी हुन बाकी रहेको छ । हाजिर हुन बाकी रहेका ट्राफिक प्रहरी हरु विभिन्न कारण देखाएर , पावर लगाएर चाकडी भजाएर आफ्नो अनुकुल ठाउँमा कार्यरत रहेको पाइएको छ । गण्डकी प्रदेश ट्राफिकमा हाजिर हुन बाकी २८ मध्य काठमाडौ भ्यालिमा ६ जना , लुम्बिनी प्रदेश र अन्तरगत ८ जना ,कर्णाली प्रदेश र अन्तरगत ४ जना , सुदुर पश्चिम र अन्तरगत २ जना र गण्डकी प्रदेशमा जनपद बाट ८ जना कार्यरत रहेका छन ।
जनताको शान्ती सुरक्षा र जिउ धन सङ्ग प्रतक्ष जोडिएको सडक सुरक्षाको उचित प्रबन्धको सुनिस्चित गर्न सरकार असक्षम देखिएको छ । माग र आवश्यकता अनुसार ट्राफिक जनशक्ति दिन नसकेको तथ्याङ्कले पुष्ठि गरिसकेको छ । गण्डकी प्रदेशमा ५ सय जना ट्राफिकको जनशक्ति आवश्यक रहेको प्रहरी दाबी रहेको छ तर २११ जनाको मात्र दरबन्दी राखिएको छ । प्रदेशको राजधानी शहर रहेको जिल्ला कास्किमा २०६३ सालमा तोकिएको २८ जना ट्राफिकको दरबन्दिमा सिमित छ । करिब २ दशक बितिसक्दा पनि दरबन्दी थप गर्न राज्यको ध्यान गएको देखिदैन । हाल स प्र गण लगाएतका ठाउँबाट जनपद प्रहरी झिकाइ बेसिक ट्राफिक तालिम दिएर १०२ जना पुर्याइ काम चलाइएको कास्की ट्राफिकका सूचना अधिकारी शिव प्रसाद पाठकले बताएका छन ।
आश्वासनमा बिते देढ दशक
संघीयता कार्यान्वयन हुनु अघि पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय र हाल प्रदेश प्रहरी कार्यालयको मुकाम पोखरामा रहेको छ । क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक र हालका प्रदेश प्रहरी प्रमुख समेतले पोखराको बसाइमा यहाको ट्राफिक समस्या , प्रयाप्त जनशक्ति अभावको बारेमा राम्रो जानकारी अनुभुत गरेका थिए । पत्रकार भेटघाटमा यी कुरा जोडदार उठेका थिए । तत्कालीन प्रमुखले आफू केन्द्रमा गएपछी दरबन्दी थपको लागि लड्ने बताएका पनि थिए ।
पोखरामा कार्यरत तत्कालीन प्रमुख( डिआइजी ) मध्य उपेन्द्रकान्त अर्याल ,कुबेरसिह राना र प्रकाश अर्याल प्रहरीको सर्बोच्च पद प्रहरी महानिरीक्षक पदमा पुगे तर पोखरामा व्यक्त गरेका प्रतिबद्धता पानिको फोका जस्तै हरायो । ट्राफिकको दरबन्दी थप गर्ने तर्फ सकारात्मक नतिजा आउने गरि काम गर्न सकेनन । नागरिकलाइ दिएको आश्वासन अहिलेसम्म आश्वासनकै रुपमा सिमित छ ।
प्रधानमन्त्री , गृहमन्त्री र प्रहरी महानिरीक्षकले राजधानीमा बसेर निर्देशन दिएको सुनिन्छ ट्राफिक चेकिङ बढाउनु , ट्राफिक नियम नमान्नेलाइ कारबाही गर्नु , राजमार्ग लगाएतको सडक सुरक्षामा कडाइ गर्नु भन्ने तर प्रयाप्त ट्राफिक जनशक्ति ब्यबस्थापन गर्ने तर्फ कुनै कदम चालेको पहल थालेको पाइदैन । क बर्गको कास्की जिल्ला त्यसमा पनि प्रदेश राजधानी शहर रहेको कास्की जिल्ला ट्राफिकमा डिएसपी राखेर सय जना ट्राफिक दरबन्दी सृजना गर्नुपर्ने समय र अबस्थाको माग छ तर कहिले सुन्ला केन्द्र सरकारले ? प्रहरिका उच्च अधिकारीहरुले दिएको आश्वासन फगत आश्वासनमानै सिमित हुने हो भने नागरिकले भोगेको समस्या र सडकमा जारी अराजकताको निकास कहिले होला ।
घुस खाने ट्राफि्लाई मनाङ सरुवा
राजमार्गको ट्राफिक ड्युटीमा खटिएका ट्राफिक प्रहरीले बढी यात्रु बोक्ने जम्बो हाएस सङ्ग कारबाहीको सट्टामा घुस खाने प्रहरीलाई प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले रेकर्डमा जनिने गरि कारबाही स्वरुप नसियत दिई मनाङको चामेमा सरुवा गरेको बताएकोछ । राणा शासन कालमा गल्ती गर्नेलाइ कालापानी कटाउने गरिन्थ्यो तर लोकतान्त्रिक गणतन्त्र नेपालमा कारबाही स्वरुप हिमाली जिल्ला अर्थात चिसापानी पठाइएको छ ।
तनहुँ ट्राफिकमा कार्यरत हेम बहादुर बुढाथोकीले मुङ्लिन पुल मुखको पोस्टमा खटिएका बखत कार्तिक २५ गते २१ जना यात्रु बोकेको पोखराबाट काठमाडौ जाने ग १ ख ९३१ नम्बरको जम्बो हाएसलाई चेक नगरी सहचालकलाइ अनुकुल ठाउँमा बोलाइ २ सय रुपैयाँ खाजस्व लिएका थिए । यो एउटा नमुना मात्र हो यस्ता असुली नियमित हुने गरेको यातायात मजदुर स्वयंले बताउने गरेका छन । यो कान्ड सार्बजनिक भए लगत्तै प्रदेश ट्राफिकले तानेर छानबिन गरि नसियत दिई मनाङ खटाएको छ । घुस खाने ट्राफिकलाइ दरबन्दी रहेको जनपदमा फिर्ता गर्नु पर्नेमा जनशक्तिको अभाव देखाइ ट्राफिकमै राखेर सरुवा मात्र गरिएको पाइएको छ । एका बिहानै यस्तो घुस कान्ड बाहिरिएपछी प्रदेश ट्राफिकले राजमार्गमा खटिने ड्युटी पोस्टहरुलाइ बिहान ५ बजेबाटै सडकमा ट्राफिक खटाइ चेकिङ गर्न निर्देशन दिएको सुचना अधिकारी प्र नि दिपक थापाले बताए ।