पृथ्वीराजमार्ग निर्माणका कारण खानेपानी लाइनमा १० करोड क्षति

सराङकोट न्यूज
19 November, 2024 8:15 am
Advertisements

यतिखेर पोखरा मुङ्लिन सडक निर्माण कार्य भैरहेको छ । सडक बिस्तार आयोजनाले पोखरेलिलाइ खुसी तुल्यायपनी लेखनाथको खानेपानी उपभोक्ता र उपभोक्ता समितिलाइ भने दुखी तुल्याएको छ । सडक बिस्तारको क्रममा सडक किनाराबाट बिछ्याइ लगिएको लेखनाथ खानेपानी आयोजनाको पाइपमा व्यापक क्षती पुगेको लेखनाथ खानेपानी उपभोक्ता समितिले बताएको छ ।
बिजयपुर देखि कोत्रे सम्म रहेको खानेपानी पाइपमा सडक निर्माणका क्रममा टुट्फुट हुदा करिब १० करोड रुपैयाँ बराबरको क्षती भएको लेखनाथ खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष मुरारी शर्माले बताएका छन । सडक निर्माण कम्पनिले साबधानिपुर्बक कार्य नगर्दा क्षती हुन पुगेको अध्यक्ष शर्माले बताए ।
यस्तै तालचोक बेगनासताल सडक निर्माणका क्रममा २ करोड क्षती पुगेको छ भने सिसुवा सातमुहाने सडक बिस्तारका क्रममा १ करोड ८७ लाख रुपैयाँ बराबरको क्षती पुगेको संघका सचिब नारायणी भट्टराई (रक्षा )ले बताइन । त्यस मध्य पोखरा महानगरपालिकाले १ करोड क्षतिपूर्ति ब्यहोर्ने भएको छ भने बाकी ८७ लाख उपभोक्ता समितिले ब्यहोर्ने भएको अध्यक्ष मुरारी शर्माले बताएकाछन ।
सडक निर्माणको क्रममा भएको क्षति पुर्ती कसले ब्यहोर्ने भन्ने बिषयमा विवाद कायमै रहेको छ । सडक निर्माण आयोजना सङ्ग क्षतिपूर्ति तिर्न आग्रह गर्दा सडक भित्रको भुमिगत खानेपानी पाइपको बारेमा आफुहरुलाइ जानकारी नहुने भन्दै टुटेफुटेको पाइपको क्षतिपूर्ति तिर्न नसकिने दाबी गर्दै आएको छ । नेपाल सरकार र उपभोक्ताको सहलगानिमा संचालित लेखनाथ खानेपानी आयोजनाबाट १७ हजार बढी उपभोक्ताहरु लाभान्वित भएका छन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: