नेपाल सरकारले गरेको हुलाकको पुनसरचना बमोजिम कास्किको माछापुच्छ्रे गाउँ पालिकाको केन्द्र लाहाचोकमा पालिका हुलाक स्थापना गरि सेवा सन्चालनमा ल्याइएको छ । पालिकाका का बा अध्यक्ष सीता अधिकारिले एक औपचारिक कार्यक्रमका बीच हुलाकको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेकि थिईन ।
हुलाक निर्देशनालय पोखराका निर्देशक नारायण प्रसाद आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखा अधिकृत तुलसिप्रसाद आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन खरिदार दुर्गा प्रसाद पौडेल ले गरेका थिए । सरकारको नीति बमोजिम पालिका स्तरिय हुलाक स्थापना गरि सोही बमोजिमको सेवा प्रबाहमा हुलाक निर्देशनालयले काम गरिरहेको सुचना अधिकारी तुलसी प्रसाद आचार्यले बताए ।
कास्कीको अन्नपूर्ण गाउपालिकामा यस अघि नै हुलाक स्थापना भैसकेको छ भने मंसिर २ गते रुपा गाउँपालिकामा र मङ्सिर ४ गते मादी गाउँ पालिकामा हुलाक स्थापनाको कार्यक्रम रहेको हुलाक निर्देशक नारायण प्रसाद आचार्यले बताए ।पालिका भित्रका सेवाग्राहीको लागि छुट्टै सेवा आरम्भ भएपछी पालिका कार्यालयले त्यसको अनुगमन र गुनासो सम्बोधन तर्फ चासो राख्नुपर्ने दायित्व थपिएको छ । यो सङ्गै इलाका हुलाक खारेजिमा परेकाछन भने अतिरिक्त हुलाक कर्मचारीको अनिवार्य अबकाश सङ्गै खारेज हुँदै गएका छन । कास्किमा रहेका ३७ वटा इलाका हुलाक मध्य १५ वटा खारेज भैसकेको सुचना अधिकारीले बताए ।
Advertisements
Advertisements
Advertisements