पोखराको अमरदीप बाट सात जना जुवाडे पक्राउ , १० दिन म्याद थप ,

सराङकोट न्यूज
15 November, 2024 10:12 pm
Advertisements

तिहार सकिए लगत्तै कास्की प्रहरीले पोखरा १६ अमरदीप बाट गएको २७ गते ७ जना जुवाडेलाई पक्राउ गरि सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्धको सट्टेबाजी गर्न नहुने सम्बन्धि मुद्दा चलाएको छ । प्रहरीले उनिहरुलाइ थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय कास्किबाट १० दिन म्याद थप गरेको छ ।
अमरदीप बस्ने गौमाया गुरुङले आफ्नै घरको कोठामा जुवा तास खेलाइरहेको अबस्थामा बिशेष सुचनाको आधारमा कास्की प्रहरीले १ लाख १२ हजार रुपैयाँ नगद सहित जुवा खेलाउने घरधनी सहित ७ जनालाई रङ्गे हात पक्राउ गरेको प्रहरिद्वारा सराङ्कोटलाइ प्राप्त बिज्ञप्तिमा जनाइएको छ उनिहरु कास्की प्रहरीको हिरासतमा रहेका छन ।

पक्राउ पर्ने जुवाडेहरु यी हुन

१ , पोखरा १६ दीप बस्ने ४० बर्षिय कृष्ण गुरुङ
२, पोखरा १६ अमरदीप बस्ने ४५ बर्षिया गौमाया गुरुङ
३, पोखरा १६ दीप बस्ने ३८ बर्षिया जुनिता भट्टचन
४, पोखरा ८ सिमल्चौर बस्ने ६४ बर्षिय गौमान गुरुङ
५, पोखरा ८ सिमल्चौर बस्ने ४८ बर्षिया रुपा गुरुङ
६, पोखरा १६ पाटन्बेसी बस्ने ४० बर्षिय हेमजार गुरुङ
७, पोखरा २७ अर्घौचोक बस्ने ४६ बर्षिय बुद्दी ब गुरुङ

बगर प्रहरिको एरिया भएपनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सिधा सुचना पुगि रेड गरेको थियो । बगर र माथिल्लो एरिया लामाचौर दीप देखि अर्मला सम्मको भेगमा लुकिछिपी व्यावसायिक जुवा खेल्ने र खेलाउनेहरुको दबदवा देखिदै आएको थियो । बिगत बर्षहरुमा धेरै जुवा खेलाउने मिनि क्यासिनोहरु प्रहरिको सरक्षणमा रहेको र कुरा नमिले मात्र रेड हान्ने गरिएको आरोप लाग्ने गरेको थियो । हालै पक्राउ परेको अमरदीपको जुवा खाल सम्बन्धमा के थियो भन्ने भन्ने खुल्न बाकी छ । जे होस व्यावसायिक जुवाडेहरु कानुनी फन्दामा परेकाछन त्यसले राम्रो सन्देश गएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: