साता गतिबिधी (२०८१/०७/२० – २६ )

सराङकोट न्यूज
12 November, 2024 8:35 pm
Advertisements

कार्तिक २० गते -सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।
२० गते -गण्डकी प्रदेशसभा सदस्य तथा प्रदेश पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । उनी ५ बर्ष जेल बस्नेछन ।
२० गते ,-राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा‍ सुरेश आचार्यको नाम सिफारिस भएको छ । सूचना आयुक्तहरूमा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालका पूर्व सदस्य दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।
२१ गते -बागलुङको निसीखोला ६ जाउलेपानीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमबाट काठमाडाैं आउदै गरेको ना ८ ख ८४१४ नम्बरको बस दुर्घटना भएको हो ।

२० गते ,- पोखरा महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवाले खारेज गरिदियो
२१ गते -अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका छन ।
२२ गते -१३४ यात्रु लिएर आएको सिचुआन एयरलाईन्सको जहाज पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण ।
२२ गते -बिहीबार पोखरामा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं.२२ शान्तिस्तुपा नजिकै पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको अवस्थामा बस दुर्घटना भएको हो ।
२२ गते -सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ ।
२२ गते -ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार शिलान्यासका क्रममा ढुंगा हानाहान हुँदा चार जना गम्भीर घाइते भएका छन् ।
२३ गते -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।
२३ गते -नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ्गकी भूतपूर्व पत्नी ज्योति गुरुङ र सहकारी ठगीका अर्का फरार आरोपित ज्योति भण्डारीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।
२४ गते -पोखरामा शनिबार भएको क्रस कन्ट्री दौडमा प्रतियोगितामा इन्डिभिजुअलतर्फ चिनियाँ धावकले वर्चस्व कायम गरेका छन् । महिला र पुरुषतर्फका दुवै खेल चिनियाँ खेलाडीले जितेका हुन् । च्यालेन्ज इन्डिभिजुअलमा चीनका धावक एङ ज्याङ जेनले तीन घन्टा ४४ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै विजेता बने ।
२५ गते -राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान ।
२५ गते -पोखराको जनप्रिय बहुमुखी क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको आइतबारको बैठकले बराललाई प्रमुखमा नियुक्त गरेको हो ।
२५ गते -सहकारी ठगी र संगठित अपराध आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
२५ गते -मित्र मिलन सहकारीका उपाध्यक्ष एवं ताण्डव न्यूजका पत्रकार विजय लम्साल सहकारी ठगीमा कारागार चलान ।
२५ गते -कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

२५ गते -जापानको विमानस्थलस्थित अध्यागमन कार्यालयले चार नेपाली नागरिकलाई डिपोर्ट गरिदिएको प्रकरणमा प्रहरीले बल्ल मानव तस्करीको कसूरमा अनुसन्धान थालेको छ ।
२५ गते -एमालेले बुझायो मेयरलाई १० बुँदे ध्यानाकर्षण पत्र, आन्दोलन स्थगित ।
२५ गते -कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
२६ गते -राष्ट्रिय फोटो पत्रकार समूह नेपाल अध्यक्षमा प्रदीपराज वन्त फेरि निर्वाचित भएका छन् । समूहको १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति राससका फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
२६ गते -प्रहरीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत एक जना चिकित्सकलाई योन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: