मैदान आमा समुहको २८ साधारणसभा तथा १३ औ अधिबेशनले ज्योती बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिती निर्बिरोध चयन गरेको छ । आज शनिबार आयोजित अधिबेसनबाट प्रथम उपाध्यक्षमा अमृता श्रेस्ठ , दित्तिय उपाध्यक्षमा शिबशोभा खड्का , सचिबमा नारायणी बस्नेत , सह सचिबमा दिपिका कार्की बस्नेत र कोषाध्यक्षमा राधिका जिसि निर्बिरोध चयन भएका छन ।यस्तै सदस्यहरुमा राधिका थापा , अम्बिका श्रेष्ठ ,सीता खड्का ,देबु श्रेष्ठ ,सावित्री बस्नेत ,सर्मिला बस्नेत , देबि अधिकारी , अन्जु कार्की र शान्ति राना रहेका छन ।
गण्डकी प्रदेश सरकारका सामाजिक बिकास युबा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले उद्घाटन मन्तब्य राख्दै समाजको बिकाश निर्माण र सामाजिक सद्भाव कायम राख्न आमा समुह्को महत्वपूर्ण भुमिका रहने बताएका थिए । मन्त्री थापाले महिला समाजसेवा पुरस्कार अक्षय कोषको लागि ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा सचिब शिबशोभ खड्का र कोषाध्यक्ष राधिका जिसिले प्रस्तुत गरेको प्रतिबेदन सर्बसम्मत पारित गरेको थियो ।कार्यक्रममा आमा समुहको सल्लाहकार बेनि बहादुर बस्नेत , हिमालय क्लबका अध्यक्ष मोहन बहादुर थापा , अम्बिका आमा समुहकी अध्यक्ष लक्ष्मी देबकोटा , अध्यक्ष मनु बस्नेत र स्वागत मन्तब्य उपाध्यक्ष ज्योती बस्नेतले शुभकामना मन्तब्य राखेका थिए ।
साधारणसभा कार्यक्रममा नारायणी थापा , सीता खड्का , दिप्ति थापा र योग्यता बस्नेतलाई विशेष सम्मान प्रदान गरिएको थियो । सोही कार्यक्रममा नगद रु ५ हजार र दोसल्ला सहित महिला समाजसेवा पुरस्कार बाट पद्मा देबि शर्मालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु अध्यक्ष अमृत शर्मा र सदस्यहरुको सकृय सहभागिता रहेको थियो ।