अग्रज श्रस्ठाका दुईवटा कृति बिमोचन

सराङकोट न्यूज
9 November, 2024 1:59 pm
Advertisements

पोखराको उत्तरी सिरान बाटुलेचौरका अग्रज श्रस्ठा द्वय नरहरी भट्टराई द्वारा लिखित प्रकृतिको रानी र तिर्थराज देवकोटा द्वारा लिखित सितारा दुई कृतिको एकै दिन लोकार्पण गरिएको छ । बरिस्ठ साहित्यकार सरुभक्त र कवि तिर्थ श्रेस्ठले सयुक्त रुपमा जुम्ल्याहा कृति प्रकृतिको रानी र सिताराको बिमोचन गरेका हुन ।
शिक्षासेवी नरहरी भट्टराईले आफ्नो जिबनको पूरा समय शिक्षा क्षेत्रमा समर्पित गरेका छन । करिब १ दर्जन पुस्तक लेखिसक्नु भएका लेखक श्रस्ठा करिब ८ को दशकमा हिडिरहेका छन । जिबनका भोगाइ र गराइलाई शब्दमा उतारेर पुस्तकाकार आकृती मार्फत आम पाठकलाइ साहित्यको रस्वासदन गर्न सफल मानिएका लेखक भट्टराईले जिवनको उतरार्धमा पनि उतिकै सकृय र सफल मानिन्छन । नेपालको नाम चलेको गण्डकी बोर्डिङका प्राचार्य भट्टराईले बिन्ध्यबासिनी क्याम्पसको सस्थापक प्रमुखको सफल भुमिकाको निर्बाह गरेका थिए ।
पोखरा १६ बाटुलेचौर निवासी पुर्ब न्यायाधीश तिर्थराज देवकोटाले आफ्नो जागिरे जिबनको अवकास पछिको समयलाइ लेखन कार्यमा समर्पित गरेका छन । समाजका यथार्थ भोगाइ र क्यानभासको चित्रलाइ लेखन सिल्पकला मार्फत आम पाठकको साहित्यिक भोकलाइ मेटाउने भरपुर प्रयत्न गरेका छ्न । जिवनको सुरुवाती दिनमा साहित्य पथमा हिडेका लेखक देवकोटाको युवाबय समय पछि बाटो बदलिन पुग्यो कानुनको अध्ययन सङ्गै न्याय क्षेत्रमा बाटो बदलियो र त्यही बाटो जागिरको गन्तब्य सम्म पुग्यो । जागिरको गन्तब्य टुङ्गिए सङ्गै देवकोटाले आफ्नो सुरुवाती बाटो समातेर जिवनको सार्थकता बुझ्न र बाड्न तर्फ केन्द्रित रहेका छन । शनिबार पोखराको अमृत कक्षमा बिमोचित सितारा कथा संग्रहमा १७ वटा ताराहरु समेटिएका छन ।

पोखरेली युवा सास्कृतिक परिवारको ब्यबस्थापनमा आयोजित पुस्तक बिमोचन समारोहमा साहित्यकार सुन्दर मानन्धरले लेखकद्वयको परिचय पस्किएका थिए भने डाक्टर इस्वरमणी अधिकारीले दुई बिमोचित कृतिको परिचय बर्णन गरेका थिए । प्रमुख अतिथि सरुभक्तले साहित्य लेखनमा उमेरको सिमा नहुने बताउदै सत्यमोहन जोशी र माधव घिमिरेकोको मुक्तकन्ठले प्रशंसा गर्दै लेखक नरहरी भट्टराई र तिर्थराज देवकोटाले पनि जिबनको उतरार्दमा साहित्य सृजनामा केन्द्रीत रहेकोमा आफुले थप उर्जा प्राप्त गरेको सुनाए । कार्यक्रममा सहित्यकार कवि तिर्थ श्रेष्ठले लेखक श्रस्ठा द्वयको जागिरे जीवन र साहित्यामा भएको योगदानको बारेमा चर्चा गरेका थिए। मुक्तिनाथ प्रतिस्ठानका अध्यक्ष प्रकाश तिमल्सिनाले शुभकामना ब्यक्त गरेका थिए । पोखरेली युवा सास्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको सभापतित्वमा आयोजित कार्यक्रमको सन्चालन रिता अधिकारी रितुले गरेकी थिईन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: