शुक्ला सहित्य प्रतिस्ठान पोखराले स्थापना गरेको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्य साधक श्रस्ठा एबम भाषाबिद मुकुन्दशरण उपाध्याय पौडेललाइ प्रदान गरिएको छ । ८५ बर्षिय उपाध्यायले नेपालको भाषा साहित्य र ब्याकरणको आकाशमा बिगत ७ दशक देखि योगदान पुर्याउदै आएको भन्दै प्रतिस्ठानले पुरस्कार अर्पण गरेको हो । प्रतिस्ठानले दिएको ११ औ शृङ्खला हो । राष्ट्रिय स्तरका विभिन्न १० जना श्रस्ठालाइ यस अघिनै सम्मान गरिसकेको सचिब दिपेन्द्र बानियाँले बताए ।
जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई विहीवार एक कार्यक्रमका विच प्रदान गरिएको हो । नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहितको पुरस्कार गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, प्रतिष्ठानका अध्यक्ष हरिवहादुर वरुवालले अर्पण गर्नुभयो । लामो समय देखि अस्वस्थ रहेका साहित्यकार उपाध्यायले यसअघि प्राकृत पोखरा कृतिका लागी बि स २०२१ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।सम्मानित भएपछि साहित्यकार उपाध्यायले पोखराको प्राकृत साहित्यलाई बचाई राख्न, नयाँ पुस्तालाई आग्रह गर्नुभयो । मैले साहित्य कृति लेखनलाइ भन्दा भाषा र ब्याकरण सुधारमा जीवन बिताए पुरस्कृत उपाध्यायले भने ।कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले साहित्यमा दलगत राजनिती भित्रिएकोमा चिन्ता व्यक्त गर्दै, साहित्य राजनिती भन्दा धेरै माथि रहेको स्पष्ट पार्नुभयो । उहाँले साहित्य, समाजको दर्पण भएको भन्दै, समाज उपयोगी साहित्य लेखनमा लाग्न सुझाव दिए । प्रतिष्ठानका अध्यक्ष हरिवहादुर वरुवालले आफ्नै क्षेत्रका राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न पाउँदा संस्थाको गरिमा बढेको वताए ।
राष्ट्रिय पुरस्कारवाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य,डा रविलाल अधिकारी,साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ काटुनिष्ट दुर्गा वराल वात्सायन,चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा,लोक गायिका हरिदेवी कोईराला, साहित्यकार हंशपुरे सुवेदी,भाषाविद् चुडामणि बन्धु र संस्कृतिकर्मि प्राडा जगमान गुरुङलाई प्रदान गरिसकिएको छ ।कार्यक्रममा प्रतिष्ठानका संरक्षक कवि कुञ्जराज थापा, सल्लाहकार असफल गौतम, श्रष्टा छनौट समितिका संयोजक अग्नीधर शर्मा, साहित्यकार गेहेन्द्रमान उदास लगायतले साहित्य विकृत राजनितीलाई सुधार गर्न तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।प्रतिष्ठानका अध्यक्ष वरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम वस्नेत र संचालन सचिव दिपेन्द्र वाँनियाले गरेका थिए ।सोही अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण गर्दै उहाँ प्रति सर्मपित कविता वाचन समेत गरिएको थियो । साहित्री अनुयायी तथा शुक्ला साहित्य प्रतिस्ठानका सल्लाहकार असफल गौतमले ११६ औ लक्ष्मी प्रसाद देभकोटाको स्मृति दिवसको सन्दर्भमा महाकबी देभकोटाको कृतित्व र ब्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।
यसैविच प्रतिष्ठानले संचालन गरेको लोककवि चेत वहादुर वरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए । चौथों संस्करणको लोक साहित्य पुरस्कार आगामी मंसिर १५ गते वितरण गर्ने जनाइएको छ । लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय छ । वि.सं. २०७० मा स्थापित लोक साहित्य पुरस्कार यसअघि गितकार तिर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेल घर्मेलीले प्राप्त गरेका छन । सोही दिन प्रतिष्ठानको मुखपत्र सेतीको लहर विमोचन सहित प्रतिष्ठानको अधिवेशन हुने वताईएको छ । वि.सं. २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको परिकल्पना र पहलमा स्थापित प्रतिष्ठानले हास्यव्यंग्य, गीत संगीत,समालोचना, साहित्यका विभिन्न विघा, लोक साहित्य, जनवादी र प्रगतिशील सािहत्य, भाषा र नेपाली व्याकरणका क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई प्रत्येक दुई दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आईरहेको छ । प्रतिष्ठानले राष्ट्रिय पुरस्कारका साथै मदनचन्दा स्मृति पुरस्कार, लोक साहित्य पुरस्कार र वाल साहित्य पुरस्कार स्थापना गरी संचालन गरेको छ भने श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रियस्तरको भजन प्रतियोगिता पनि गर्दै आईरहेको छ ।