नेपालीहरुको दोस्रो महान चाड तिहार दैलोमा घर आइसकेको छ । बजारमा तिहारको चलपहल बढेको छ । तिहारलाइ सभ्य र भब्य रुपमा मनाइने भब्य सास्कृतिक पर्बको रुपमा लिने गरिन्छ । धेरै जसोले तिहारलाइ महत्वपूर्ण स्थान दिइएको पाइन्छ त्यसो हुनुमा तिहारको आफ्नै रौनकता छ मौलिकता छ । हिसा हुदैन । काग कुकुर गाई देखि गोरु र दाइ भाइको समेतको भब्य पुजा गरिन्छ ।
प्रकृतिको पुजा आराधाना हुन्छ तिहारमा । अँध्यारो बाट उज्यालो बनाउने पर्व भएकोले मनलाइ प्रफुल्ल र खुसि बनाउने काम तिहारले गरेको छ । आफ्नो घर आगन उध्योग व्यापार प्रतिस्ठान लाई झिलिमिली बनाएर तिहार मनाउदा दिपावली गरिन्छ ।दिपावली गरिदा असाबधानिका कारण आगलागी हुन गै ठूलो धनजनको क्षती हुने गरेको छ । पर्बलाइ ब्यबस्थापन गर्न नसक्दा साबधानी न अपनाउदा ठूलो धनजनको क्षती पुग्न गएको धेरै घटनाहरु घटिरहेका छन ।
तिहारलाई शुभ दिपावलीको रुपमा पुकारिन्छ । अधेरोलाइ चिरेर जसरी उज्यालो भित्र्याउन भुमिका खेलिन्छ तर साबधानी अपनाइन्न । दियो बत्ती बाल्दा दियो राख्ने स्थानको ख्याल नगर्नु , पैसाको पुजा गर्दा बिचमा बालिने बत्तीको ख्याल नगर्नु , बिजुलिको झिलिमिली बत्ती बाल्दा बिजुलिको सर्ट हुन गै हुने आगलागीले ठूलो क्षती पुगेको छ ।त्यसैले दिपावली गर्दा अत्यन्तै ख्याल गरौ , सास्कृतिक पर्व तिहारलाइ दुखद नबनाऔ ।
अब आयो तिहारलाइ जुवा खेल्ने चाडको रुपमा लिनेहरुको पनि कमि छैन । बास्तबमा तिहार सास्कृतिक पर्व हो । सम्पती जुवाको दाउमा हाल्ने होइन सम्पतिको सहको लागि पुजा गर्ने र सामाजिक अपराध हुन बाट बचाउने र उज्यालो भविष्य निर्माण गर्ने कार्य नै महान कार्य हो । जुवा तास खेलेर घर घरमा द्वन्द ल्याउने , समाजमा अशान्ति मच्चाउने कामलाइ किमार्थ राम्रो मान्न सकिन्न ।
जुवा तासले कसैको भलो गर्दैन । घर घडेरी हार्ने अनि डिप्रेसनमा जाने घरबार चौपट बनाउने काम जुवा तासको कारण बन्ने गरेको छ । परिवारमा बिग्रह ल्याउने , समाजमा अशान्ति मच्चाउने कार्यलाई अन्त्य गर्न हरेक नेपालिले सोच्न आवश्यक देखिन्छ । घर सभ्य बन्न सक्यो भने समाज सभ्य बन्छ । समाज सभ्य बन्यो भने देश सभ्य बन्छ त्यसैले देश प्रेम हुने हरेक नागरिकले पहिला आफैलाइ प्रेम गर्न पर्छ , आफ्नो परिवारलाई माया गर्नु पर्छ ।
तिहारको बेलामा ठुलाठुला भनिने समाजसेवीहरु , नेताहरु , मात्र नभै उच्च ओहोदाका कर्मचारी पनि ठूलो रकम सहित जुवाको खालबाट गिरफ्तार भै मुद्दा चलाउने गरिएको समाचार हरु बग्रेल्ती आउने गरेको हुन्छ । यसले समाजलाई गलत बाटोमा डोर्याएको सकेत गर्छ । जो अगुवा उहीँ बाटोमा बिस्ट्याउने भने जस्तै भएको नमुना हो यो त्यसैले ख्याल गरौ गलत नतिजा दिने काम नगरौ समाज्लाइ नबिगारौ । पर्बलाइ गलत अर्थमा प्रयोग नगरौ सभ्य र सुसास्कृतिक रुपमा पर्व मनाऔ नेपालिको पहिचान दिऔ ।
Advertisements
Advertisements
Advertisements