अफिन गण्डकीको नेतृत्व कपिल पोखरेलको काधमा

सराङकोट न्यूज
27 October, 2024 7:41 am
Advertisements

निजि अस्पताल व्यावसायिहरुको सस्था अफिन गन्डकीको तेस्रो अधिबेसनले कपिल पोखरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । शनिबार अतिथी रिसोर्टमा अयोजित छैठौ साधारणसभा तथा तेस्रो अधिबेशनमा नया नेतृत्व चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष पोखरेल चरक मेमोरियल हस्पिटलका संचालक हुन ।
यस्तै उपाध्यक्षमा फेवासिटी अस्पतालका डा चन्डिका पन्डित महासचिबमा कास्की मोडेल अस्पतालका सुर्य पोखरेल चयन भएका छन , यस्तै कोषाध्यक्षमा चुडामणि दहाल र सदस्यहरुमा महेन्द्र केसि , सबिन अधिकारी , जगनाथ गौतम ,र डा चन्द्र बहादुर मिश्र सर्ब सम्मत निर्बाचित भएका छन ९ सदस्यीय समितिमा एक सदस्य अध्यक्षबाट मनोनीत हुने सस्थाको बिधानमा ब्यबस्था छ ।
उद्घाटन सत्रको प्रमुख अतिथी गन्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न तीन चरणका योजना बनाएर काम थालेको उनको भनाई छ । ‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु’मन्त्री पाठकले भने
यसैबीच, गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
निजी स्वास्थ्य संस्थाका समस्यालाई हल गर्ने जिम्मेवारी आफूले लिने उनले बताए । स्वास्थ्य क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन लागि पर्ने पनि मन्त्री पाठकले बताएका थिए ।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजना अनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए ।

अफिनले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जना स्वास्थ्यकर्मिलाई सम्मान गरेको छ । लामो समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबरोटरिर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ टंकबहादुर साही, रेडियोलोजीतर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापीतर्फ विजय प्रधान रहेका उछन् ।उनीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठक, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र संस्थाका अध्यक्ष डाक्टर गिरधारी शर्माले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी स्वास्थ्य संस्थाले राम्रो काम गरिरहेको बताउँदै बेला बेलामा अनुगमन हुनुपर्ने बताए ।उनले निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्न महानगर पनि तयार रहेको बताए । अफिन गण्डकीका अध्यक्ष डाक्टर गिरधारी शर्माले गण्डकीमा निजी स्वास्थ्य संस्थामा करिब १ सय ५० अर्ब लगानी भएको बताए । शर्माले विगत २ वर्षमा संस्थाले गरेका गतिविधि पनि प्रस्तुत गरेका थिए ।

Advertisements

शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डाक्टर पदमबहादुर खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानित व्यक्तित्व, किरण चन्द र वेदबहादुर रायमाझी लगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्य संस्थाको बारेमा बोलेका थिए ।
उद्घाटन कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डाक्टर पदमबहादुर खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानित व्यक्तित्व, किरण चन्द र वेदबहादुर रायमाझी लगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्य संस्थाको बारेमा बोलेका थिए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: