मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारीको ५ औ साधारण सभा सम्पन्न

सराङकोट न्यूज
26 October, 2024 10:49 pm
Advertisements

पारिजात खराल

पोखरा १४ बिशालमार्गमा रहेको मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारी सस्थाको ५ औ साधारणसभा शनिबार आफ्नै कृषिफार्म परिसर विशाल मार्गमा सम्पन्न गरेको छ । एक उत्पादन एक सहकारीको अबधारणालाइ सार्थकता दिन ५ बर्ष अघि स्थापना गरिएको मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारिले छोटो अबधिमै सफलताको बाटो समात्न सफल भएको भन्दै शेयर सदस्यहरुले खुसी ब्यक्त गर्दै आएका छन ।
शनिबार आयोजित साधारणसभाको प्रमुख आतिथिको तर्फबाट सम्बोधन गर्दै पोखरा १४ न वडाका अध्यक्ष बोध बहादुर कार्किले आफ्नो वडा भित्र संचालित १४ वटा सहकारीहरु कुनै पनि समस्यामा नरहेको बताउदै ती मध्य कृषि तथा पसुपालनमा आधारित मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारीले शेयर सदस्यहरुको मन जित्न सफल भएको भन्दै वडा अध्यक्ष कार्किले सहकारिका सन्चालकलाइ धन्यवाद ब्यक्त गरेका थिए । वडा प्रमुखको तर्फबाट आफुले गर्ने सहयोगमा कुनै कमि नहुने कार्किले प्रतिबद्धता जनाएका थिए । महिलाहरुको बाहुल्यता रहेको कुनै पनि संघ सस्थामा अनियमितता नहुनेमा आफू बिस्वस्थ रहेको उनले बताए ।
उदघाटन सत्रमा सहकारीका अध्यक्ष भरत केसिले २०८०/८१ को प्रतिबेदन पेश गर्दै चालू आब २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ७ सय जना शेयर सदस्य रहेको सहकारिमा चालू आबमा ५६ लाख रुपैयाँ नाफा कमाउन सक्ने प्रक्षेपण गरेका थिए । कृषि फर्म , सहकारी पसल , ॠण प्रवाह तथा बचत सङ्कलन सम्बन्धि गतिबिधिको जानकारी दिदै यो बर्षबाट लागू हुने गरि ७ वटा कार्यबिधिहरु बनाइएको बताएका थिए ।
सहकारीको उद्घाटन सत्रमा महिला शेयर सदस्यको तर्फबाट सङिता बराल , पुरुष शेयर सदस्यको तर्फबाट बाबुलाल बि क , सल्लाहकारका तर्फबाट गोबिन्द बहादुर श्रेस्ठ , अतिथिको तर्फबाट सुमित्रा घिमिरे र पत्रकार महासङ गन्डकिको तर्फबाट सचिब यदुनाथ बन्जारा ,राष्ट्रिय सहकारी बैंक लेखा सुपरिबेक्षण समिती सदस्य चन्द्रा ढकाल पराजुली , १४ नम्बर वडाका सदस्य दिलमाया गुरुङले सहकारिलाइ समृद्द बनाउने उपाए सहित शुभकामना ब्यक्त गरेका थिए । सचिब बामदेब मिश्रले सन्चालन र उपाध्यक्ष यामलाल कडेलले स्वागत मन्तब्य राखेको खुल्ला सत्रमा उत्कृष्ट बचत कर्ता ,उत्कृष्ट ॠणि र जेस्ट सदस्यलाई प्रशंसा पत्र प्रदान गर्नुको साथै उत्कृष्ट शैक्षिक नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी हरुलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।
बन्दसत्रमा अध्यक्ष भरत केसिको बार्षिक कार्ययोजना , सचिब बामदेब मिश्र द्वारा प्रस्तुत प्रतिबेदन , सयोजक बद्रीनाथ पोखरेल द्वारा प्रस्तुत लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन र कोषाध्यक्ष हिरामणी न्येउपाने द्वारा प्रस्तुत आर्थिक प्रतिबेदन बृहद छलफल पश्चात् सर्बसम्मतबट पारित गरिएको सहकारिका सचिब बामदेब मिश्रले बताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: