२०८० सहकारी पीडित बर्ष घर बास मात्र उठाएनन अर्थतन्त्र नै ध्वस्त बनाए !

सराङकोट न्यूज
17 October, 2024 9:02 am
Advertisements

२०८० साल नेपालिहरुको लागि कालो बर्षको रुपमा बित्यो । सरकारले तीन खम्बे अर्थ निति मध्य एक खम्बा मानेको सहकारीको खम्बा निकम्बा जस्तै भएर ढल्न पुग्यो । सर्बसाधारणको करिब ८७ अर्ब रुपैयाँ उठ्नै नसक्ने गरि थला पारिदियो सहकारिले । लाखौ जनता पिडित हुन पुगे ।केही मुठ्ठी भर ब्यक्तिहरुका लागि सहकारी बाघको छालामा स्यालको रजाइँ भनेझै मस्त रमाउने कुस्त कमाउने बर्षको रुपमा सहकारी देखा पर्यो ।
सहकारी नीति अनुसार चल्न सकेनन अझ भनौ चलाइएन । सानो पुजिको सरक्षण गरेर लगानी गर्नुपर्नेमा ठुला ब्यापारी र पुजिपतिहरुको बाहुल्यता रहन पुग्यो । बैकबाट सस्तो ॠणको पैसा ल्याएर महङ्गो ब्याज खान सहकारिमा लगानी गर्नेहरुको रगरगी देखियो । सुर्यको क्षेउमा टुकि बत्ती बाले जस्तै साना पुजिवालाहरु निम्छरो हुन पुगे । नेतृत्वमा ठुला र ठालुहरुकै बर्चस्व रहन पुग्यो त्यसो हुदा प्रजातान्त्रिक नियन्त्रण भन्ने शिद्दान्तको शब्द पानिको फोका जस्तै बिलाउन पुगे ।
सहकारीको नेतृत्व बाटै भ्रष्टाचारको उदय हुन पुग्यो । मकै पोलेर खाने , बालुवा चालेर खाने , साग पात बेचेर खाने , दिनभर चना चतपट बेचेर खाने हरुले गाँस कटाएर जम्मा पारेको रकम संचालकहरुले जरो किलो उखेलेर हसुरे , निरीह ती शेयर सदस्यहरुले आफ्नो रगत पसिनाको कमाइ खान त के देख्न पनि पाएनन ।
देश भरका दर्जानौ सहकारी एकै पटक गर्ल्याम गुर्लुम भएर ढल्न पुगे । बचत कर्ताहरुको करिब ८७ अरब रुपैयाँ डुब्न पुग्यो । ती डुब्ने सहकारीका सन्चालक र ब्यबस्थापकहरु अधिकास राजनितीक दलका नेता र कथित उच्च बर्गका ब्यक्तिहरु रहेको खुल्न आएको छ ।

गण्डकी प्रदेशको यस्तो छ अवस्था

गन्डकी प्रदेशमा भित्र भित्र कुहिएका फर्सी जस्ता धेरै सहकारीहरु समस्या ग्रस्त छन । बिगृएर बाहिर सम्म छताछुल्ल भएका सहकारी हरुको सङ्ख्या दुई दर्जनको वरिपरी रहेकाछ्न त्यसमापनी मुद्दा चलेका सहकारीको सङ्ख्या एक दर्जन पुगिसकेको छ ।
१, सहकारी बिगार्ने मध्यका पहिलो कुख्याती ओरेन्टेल सहकारी ले कमायो सुधिर बस्नेत जस्ता माफियाले जनताको रगत पसिना खान सुरु गरेका थिए । देशभर शाखा खोलेको ओरेन्टेलले पोखरेलिको २५ करोड भन्दक बढी रकम कुम्ल्याएर भाग्यो ।१५ बर्ष पुरानो यो केश अझै टुङ्गोमा पुगेको छैन बचतकर्ताहरु अझै पिडामा छन ।
२,२०८० मा इमेज सह्कारीले करिब ३ अरब रुपैयाँ कुम्ल्याएर अध्यक्ष भागे । नेकपा एमालेबाट दुई पटक चुनाब जितेका ढोरपाटन नगरपालिकाका मेयर देब बहादुर नेपालीले हजारौं बचतकर्ताको रगत पसिना चुसेर गम्भीर अपराध गरेका छन । पोखरका हजारौं लगानी कर्ताको करोडौं रुपैयाँ हिनामिना गरेर फरार रहेका नेपालिलाइ इन्टरपोलले दिल्लिबाट पक्राउ गरेको खुलेको छ । एसमा नेकपा एमालेका नेता नेपालिको नियत आपराधिक रहेको स्पस्ट बुझ्न सकिन्छ । नेपालिलाइ बागलुङ पुर्याएर मुद्दा चलाइएको छ ।
३ सुर्य दर्शन सहकारी – पोखरा – पोखरामा केन्दृय कार्यालय रहेको सुर्य दर्शन सहकारीलेले हजारौं बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेर सन्चालकहरु फरार भएका छन । जिबि राई , कुमार रम्तेल पुर्ब डि आइ जि जोशी लगाएतले सहकारीको रकम अपचलन गरेको खुलेको छ ।रास्वपाका अध्यक्ष र्बि लामिछने समेत सुर्य दर्शन सहकारीमा मुछिएका छन । त्यस सहकारीमा एमालेको भातृस्स्था युवा संघका नेता महेन्द्र भोटे , पुर्ब प्रदेस सासद राजीव पहारी समेतले ॠण लिइएको तर नतिरेको खुलेको छ । यो सहकारी नेपालकै ठूलो चर्चाको ठगी कान्ड हो । रास्वपाका अध्यक्ष रबि लामिछानेले जिबि राई समेतको सलग्नतामा करोडौ रकम हिना मिना गरेको बिषय बाहिरिएको छ ।
सहकारी रजिस्ट्रार कार्यालय पोखराले दिएको जानकारी अनुसार गन्डकी प्रदेशका ९ वटा सहकारी उपर छानबिन गरि कारबाहीको दायरामा परेका छन ती मध्य

क, -इमेज बचत तथा ॠण सहकारीको १अरब ३३ करोड ९२ लाख रुपैयाँ अपचलन भएको र उक्त ठगी कान्ड ढोरपाटन नगरपालिकाका मेयर देब बहादुर नेपालीले मच्चाएका थिए । हाल उनी दिल्लिबाट पक्राउ पेरेका छन ।
ख, -प्राइम सहकारी पोखरा हालसम्म्कै ठूलो अपचलन कान्ड हो ।यो ठगी कान्डमा सन्चालक सिइओ सुरेन्द्र मणि पौडेल र ब्यबस्थापक निरु थापाको मुख्य योजनामा शेयर रकम र बचत रकम समेत अपचलन गरेको खुलेको छ । उनिहरुले सन्चालक समितिका सदस्यहरुलाइ झुक्यानमा पारी निर्णयमा सहि गराइ किर्ते ॠणि खडा गरि १अर्ब ५४ करोड रुपैयाँ अपचलन गरेको छानबिनबाट खुकेको छ । उक्त मुद्दा कास्की जिल्ला अदालतमा चलिरहेको छ ।
ग,- पोखराको नयाबजारमा रहेको बिन्ध्यबासिनी सहकारीको ७६ करोड ९५ लाख रुपैय अपचलन गरेको बिषयमा अनुसन्धान भैरहेको र मुद्दा प्रक्रियामा गएको छ ।उक्त सहकारी ठगी काण्डमा अध्यक्ष , ब्यबस्थापक लगाएत उपर मुद्दा चलेको छ ।
घ,पोखराको अर्को चर्चित सहकारी घोटाला काडमा मित्र मिलन सहकारी रहेको छ ।उक्त सहकारिका सन्चालक ब्यबस्थापक समेतको मिलेमतोमा शेयर पुजि, जगेडा कोष,र बचत गरि २ करोड ६८ लाख रुपैया अपचलन भएको भन्दै कास्की जिल्ला अदालतले मुद्दा चलाएको छ ।यो मुद्दामा पत्रकार अर्जुन गिरि , बिजय लम्साल समेत उपर मुद्दा चलेको छ ।
ङ,- पर्बतको कार्किनेटामा रहेको नागढुङ्गा सहकारी ५ करोड ३८ लाख रुपैयाँ हिनामिना कान्डमा परेको छ । सहकारीका ब्यबस्थापक थुनामा छन तर सन्चालक समिती बाहिरै छन । सन्चालककको कमजोरी बिना सहकारी डुब्न सक्दैन तर नक्गढुङ्गा सहकारीमा ब्यबस्थापकलाइ दोष थुपारेर अरु चोक्खिन खोजेका छन ।
च ,-लमजुङको कालिका सहकारी ९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको कारण समस्या ग्रस्त बनेको छ । मुद्दा अदालतमा चलिरहेको छ बचतकर्ताहरु अन्यायमा परेका छन ।
छ ,- पुर्बी नवलपरासीको छिपछिपे उपभोक्ता सहकारीले १६ करोड ५८ लाख रुपैयाँ अपचलन गरेको छ । बचतकर्ता न्यायको लागि आन्दोलित छन ।
ज ,- पर्बतको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी सस्थाले २९ करोड ९८लाख रुपैयाँ अपचलन गरि बचत कर्ता र शेयर सद्स्य अन्यायमा परेका छन । मुद्दा अदालतमा चलिरहेको छ ।
झ,- पर्बतकै ग्रामिण बिकाश सहकारी सस्थाले ९ करोड भन्दा बढी रकम हिनामिना गरेको कारण छानबिनमा परि अदालतमा मुद्दा बिचाराधिन रहेको सहकारी रजिस्ट्रार कार्यालय पोखराले बताएको छ । अरु सहकारी पनि समस्यामा पर्दै गएको बताइएको छ ।
सहकारी बिग्रदै गएपछी देशको आर्थिक सरचना माथिनै समस्या आइरहेको टिप्पणी हुन थालेको छ । सहकारी बिग्रदा सर्बसाधारण ब्यापारी देखि पुजि बजारमा समेत हलचल आएको छ । राज्यको नितिगत कमजोरी र दलिय हस्तक्षेपका कारण सहकारीको सरचना ध्वस्त हुन पुगेको छ । ठुला दलका नेता कार्यकर्ताहरुको स्वार्थ र भ्रस्ट चरित्रका कारण सहकारीमा समस्या बढेको पुस्टिको नजिक पुगेको छ । सहकारी जोगाउन आम नागरिकको बचत सुरक्षा गर्न कानुनमानै सुधार हुनु आवश्यक छ ।
यि त भए सतहमा आएका देखिएका प्रकरण । दर्जनौ सहकारी सड्ढटको भुमरीमा जेलिएर समस्या ग्रस्त बनेका गुनासो भित्र भित्रै धुवाएको छ ।कुहिएको फर्सी जस्तो कतिखेर भतक्कै बस्छ र बचतकर्ताहरु पुर्पुरोमा हात लगाएर बस्न पर्नेहो थाहा छैन । सहकारी रजिस्ट्रार कार्यालयले गोप्य अनुसन्धान गरेर समस्याग्रस्त हुन लागेका सहकारीलाई बेलैमा सम्हाल्न आवश्यक देखिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: