सम्पादकीय -चाड मनाउदा ख्याल गरौ दुखेका घाउमा मल्हम लगाऔ

सराङकोट न्यूज
12 October, 2024 7:36 am
Advertisements

नेपालिहरुको महान पर्व हरेक घर दैलोमा प्रबेश गतिसकेको छ । बजारमा चलपहलले झपक्कै पारिसकेको छ । असोजको दोस्रो सातामा आएको बिनासकारी मनसुनले हजारौं नागरिकको बेहाल बनएको छ । बस्ने बास छै लगाउने झुम्रो छैन खाने कुराको दाना छैन । २५० जनाले ज्यान गुमाएका छन ४० भन्दा बढि हराइ रहेको यो विषम र पिडादायी अबस्थामा सबै नेपालिको मन छुनुपर्छ । बिपतको घडिमा ऐक्यबद्धता जाहेर गरेर पिडित परिवारलाई सहयोग गर्नुपर्छ ।
चाडपर्व प्रत्येक बर्ष आउँछ जान्छ । देश काल परिस्थिति अनुकुल भएछ भने आउदो बर्ष मनाउन पाइन्छ त्यसैले देश क्षत्त बिक्षत भएको बेला , जनताको मन रोएको बेला उखार्मौलो खर्च गरेर देखासिकिको रुपमा पर्व नमनाऔ । पीडितको मनमा राहत दिन बाच्न पाउने अधिकार सुरक्षीत बनाउने गरि राहत दिन पहल गरौं ।
पर्व सास्कृतिक पहिचान हो भन्ने सम्झेर मनाउने गरौ। खास गरि यो समयमा चोरीपैठारी , लुटपाट हुनेगर्छ । घर पसल फोडेर डाँका गर्ने गरिएको पाइन्छ । त्यस्ता घटनाबाट जोगिन आफ्नो सुरक्षा साबधानी आफैले मिलाउनुपर्छ । साझ रात एक्लै नहिड्ने , गरगहना पैसा नबोक्ने , घर पसलको सुरक्षा गर्न सिसि क्यामेरा जडान गर्ने र नियमित निगरानिमा रहनु पर्छ ।
पर्बमा फाइदा लिने गिरोहले अबसरको खोजी गरिरहेको हुन्छ । बाहिर जाने घुम्न यो ठाउमा जाने भनेर सामाजिक सन्जालमा प्रचार गरिरहेको हुन्छ त्यो कहिल्यै नगर्नु होला । त्यही मौका छोपेर चोरीका घटना हुने प्रबल सम्भावना हुन्छ । आफैले सुरक्षा साबधानी अपनाइयो भने मात्र दशैलाइ दशै मान्न सकिन्छ नत्र दशै दशा बन्न सक्छ ।
अर्को कुरा स्वास्थ्यको हो ।स्वास्थ्यमा असर पर्ने गरि गरिस्ट खाना नखानुहोला । आफ्नो स्वास्थले साथ दियो भने जुनसुकै बेला पर्व मान्न सकिन्छ भन्ने मान्यतामा रहेर पर्व मनाउन सकियो भने आफू आफ्नो परिवारको सुखका दिन दिगो भएर रहन सक्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: