सराङकोटमा विशेष फूलपाती बढाई कार्यक्रमसँगै साराङ्ग युद्ध कौशल प्रदर्शन ,

सराङकोट न्यूज
11 October, 2024 8:47 am
Advertisements

नेपालिहरुको महन चाड बडादशैको उपलक्षमा पोखरा १८ सराङकोटमा विशेष फूलपाती बढाई कार्यक्रमसँगै साराङ्ग युद्ध कौशल प्रदर्शन गरिएको छ । यसैक्रममा सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति पोखरा १८ को आयोजनामा फूलपाती बढाई कार्यक्रमसँगै साराङ्ग युद्ध कौशल प्रदर्शन गरिएको हो ।

नेपालको इतिहास राज्य एकिकरणसँग जोडिएको युद्व साराङ्ग खेल र विशेष फुलपाती बढाई कार्यक्रम जोडिएको साराङ्ग नाचलाई खेलको रुपमा करिव ७०० वर्ष पुरानो शाह बंशीय राजा कुलमण्डल शाहको पालादेखि गरिदै आएको इतिहासलाई क्षत्री समाज नेपाल पोखरा १८ को अगुवाईमा पुनः सकृय गरिएको हो ।

गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङले राज्य एकिकरणसँग जोडिएको युद्व साराङ्ग खेललाई सकृय बनाएकोमा खुसी व्यक्त गर्दै यसले नयाँ पुस्तामा एकिकरणको झल्को देखाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । नेपालको एतिहासिक संस्कृति संरक्षणमा नयाँ पुस्ताहरुलाई सहभागी गरिने उद्देश्यसहित यस वर्षदेखि निरन्तरता दिने गरी साराङ्ग खेल सुरु गरिएको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर जि.सीले बताए ।

Advertisements

नेपालको संस्कृति परम्परा सबै जाति भन्दा माथि रहेकाले साराङ्ग खेललाई धार्मिक पर्यटनसंग जोडी यूवा पुस्तालाई सहभागी गराउन सके सराङकोटको पहिचान विश्वमाझ थप परिचित हुने क्षत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापाले बताए ।

कास्किकोट्मा दरबार रहदा सराङकोटमा हतियार भण्डारण क्षेत्रको रुपमा परिचित रहेको मानिन्छ । हाल सराङकोटमा विशाल शिव मन्दिर पञ्चमुखी गणेशको विशाल निर्माण भईरहेको छ भने भूमेकालिका देवी, भैरभ मन्दिर, चण्डी मन्दिर समेत पुनः निर्माण गरिएको छ । आगामी शिबरात्रीमा सबै निर्माण कार्य पूरा भइ सक्ने तयारीस्वरुप काम अगाडि बढाइएको पोखरा १८ का वडा अध्यक्ष शिव प्रसाद तिमल्सिनाले बताए । हालसम्म २६ करोड खर्च भैसकेको सराङकोटको पहिचानलाई पूननिमार्ण संगै भ्यूटावरको निमार्णले पर्यटकलाई आकर्षण दिईरहेको छ । पोखरीको चारै दिशा अबलोकन गर्न सराङ्कोट डाडो उत्कृस्ट मानिन्छ ।

 

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: