पोखराको विन्ध्यवासिनी क्याम्पसलाई जग्गा अभाव, , दातृ निकायको ठूलो अनुदाद रद्द हुने सम्भावना बढ्यो ।

सराङकोट न्यूज
7 October, 2024 12:59 pm
Advertisements

पोखराको उत्तरी सिरानमा रहेको बिन्ध्यबासिनी क्यम्पस क्याम्पसले राज्यको निकायले चासो नदिदा पुर्बाधार बिकाशमा आउन लागेको अनुदान सहयोग सङ्कटमा पर्ने भएको छ । सञ्चालक समिति अध्यक्ष दानबहादुर बानियाँका अनुसार जग्गा अभावका कारण क्याम्पसले विविध समस्या भोगिरहेको र विश्वविद्यालय र दात्री निकायबाट प्राप्त हुने सहयोग पनि गुम्ने अवस्थामा पुगेको छ ।

क्याम्पसले शनिबार राष्ट्रिय पर्वको अवसरमा आयाेजना गरेकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष बानियाले यस विषयमा जानकारी गराएका हुन् । यस्तै प्रकृतिको राष्ट्रिय माबिको नाममा रहेको बालज्योती प्रा बिको जग्गा १ नम्बर वडा कार्यालय भवन बन्न दिएको छ । हाल भवन निर्माण कार्य जारी रहेको छ ।

कार्यक्रममा सहभागी गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले क्याम्पसले भोगिरहेको जग्गा समस्यालाई समाधान गर्न मन्त्रालयले पहल गर्ने बताए ।मन्त्री थापाले जग्गाकै कारण क्याम्पसलाई आउने सहयोग रोकिन नहुने भन्दै स्थानीय सरकारले पनि यस विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए ।

Advertisements

पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विन्ध्यवासिनी क्याम्पस पोखराकै शैक्षिक केन्द्र भएकोले यसमा देखिएको समस्या समाधान गर्न सबैपक्ष लाग्नुपर्ने बताए ।

कार्यक्रममा क्याम्पसका सिनेटर पूर्ववडाध्यक्ष जीवन आचार्य, संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, प्रशासनिक डीन विजय शर्मा, क्याम्पस प्रमुख सुमन केशव पराजुली, क्याम्पसका लेखा प्रमुख भीमबहादुर गायकलगायतले क्याम्पसलाई जग्गा दिलाउन सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।

बिन्ध्यबासिनी माबी भूपू बिध्यार्थी मन्चको दशै तिहार शुभकामना

,बिन्ध्यबासिनी माबिको भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले शनिबार नै शुभकामना आदानप्रदान गरेको छ ।

मञ्चका अध्यक्ष हरिबहादुर वरूवालको अध्यक्षतामा भएको कार्यक्रममा विन्ध्यवासिनी माविका पूर्व प्रधानाध्यापक शालिग्राम अधिकारीले नेपालीजनका चाडपर्वले एक आपसमा एकता, सहकार्य र भातृत्वलाई प्राथामिकता दिएको बताए ।

कार्यक्रममा पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, हिमालय क्लब अध्यक्ष मोहन थापा, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, मञ्चका सचिव भीमबहादुर गायकलगायतले बोलेका थिए ।

सो अवसरमा आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा गण्डकी डान्स आइडल विजेता करिना गहतराजले मौलिक नेपाली नृत्य प्रस्तुत गरेकी थिइन्

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: