विशेष सम्पादकीय – भ्रष्टाचार बिरुद्द मिसन खबरदारी

सराङकोट न्यूज
4 October, 2024 4:34 pm
Advertisements

 

पत्रकारिता सरकारको स्थायी प्रतिपक्ष हुनुपर्छ भन्ने मुल मर्मलाइ काखी च्यापेर पोखराबाट प्रकाशित सराङ्कोट साप्ताहिकले डेढ दशकको यात्रा पार गरेको छ । सुशासन र सदाचारको सम्बाहक नारा बोकेर अगि बढेको सराङ्कोट साप्ताहिकले बितेका डेढ दशकलाइ पत्रकारिताको कठोर तर स्वर्णिम अबधिको रुपमा लिएको छ।
जुनसुकै सरकार आओस प्रतिपक्षको भुमिकामा रहेर गरिने खोज पत्रकारिता आफैमा चुनौतिको पहाड हो भन्ने राम्रो हेक्का हुदाहुदै देश र नागरिक केन्द्रित पत्रकारिको हुटहुटिले मनको डेरा सरेको छैन बरु झन सक्रिय र सशक्त कदमहरु सफलाको गन्तव्यको खोजिमा अहोरात्र चलेका चल्यै छन ।
हामिलाइ बिस्वास छ निस्ठाको बाटो साघुरा हुन्छन तर लक्ष भेदी हुन्छन । गलत बाटोमा भिड हुनु असल र सत्यको बाटोमा एक्लै हुनु मानव समाजको नियती सिवाय केही होइन ।
तथ्यपरक खोज पत्रकारिता आजको आवश्यकता हो तर तितो सत्य स्वीकार्न जनमानस तयार छैन । भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबेको ब्यबस्थाको बचाउमा लाग्ने गोजि पत्रकारिताले गाजेको छ नेपाललाई । ठुला आँखा , बलिस्ठ पाखुरा र हुल्लडबाजका झुन्डले सराङ्कोटलाइ कहिल्यै बिचलित बनाउन सकेन । लोभलालक दबाब र प्रभाबको कुनै प्रवाह नगरी कदम चाल्दै गर्दा हामिले खेपेका प्रतक्ष र परोक्ष प्रतिकुलताको फेहरिस्त लामो छ लयहाँ उल्लेख गरि साध्य छैन ,अर्थ पनि राख्दैन ।
हामी सुसाशनको पक्षमा केन्द्रित छौ । देशमा बढ्दै गएको सस्थागत भ्रस्टाचारको कारण मुलुकको छबि अन्तर्राष्ट्रिय तहमा धमिलो बन्दै गएको तितो यथार्थ हामिबाट लुकेको छैन । यस्तो दुराबस्थामा आमसन्चार जगतले निस्पक्ष र निर्भिक भुमिका निर्बाहा गर्नु प्रधान बिषय हो भन्ने महशुस गराए मुताबिक सराङ्कोटले आफ्नो जेहादी कदम उठाएको छ ।
कलम सरस्वतिको प्रतीक हो ।पेशागत धर्म निभाउन हाम्रो कलमले कसै प्रती भेदभाव गर्दैन खोजमुलक बिषय बस्तुबाट प्रमाणित खबरमा कोहि कसै सङ्ग सम्झौता गरिने छैन यो हाम्रो प्रतिबद्धता हो । आग्रह पुर्बाग्रह हाम्रो डायरिमा हुने छैन , सत्यतथ्यको आधारमा निस्ठालाइ साक्षी राखेर देश र जनता केन्द्रित पत्रकारिता गर्दा कोहि कथित पिडित हुन्छन भने कानुनको ढोका ढक्ढक्याउन हामी चुनौती दिन चाहान्छौ न्यायको कठघरामा उभिएर न्यायिक तराजुमा जोखिन तयार छौ हामी तर भ्रष्टाचारको बिरुद्दमा उठेका पदचापहरु जेहादी युद्ध नजित्तेसम्म थकाइ मार्ने छैनौ ।
सराङ्कोट साप्ताहिकले १५ बर्ष पूरा गरेको छ । यस अबधिमा हामिले गरेका खोज पत्रकारिताले परिवर्तन गरेको महशुस गराएको छ । हाम्रा कलमका निबले गलत मार्ग हिड्ने भ्रष्टाचारका मतियारको मुटुमै घोचेको हुन सक्छ , अनुहार लुकाएर जिउन परेको हुन सक्छ त्यो नै हाम्रो उपल्बधी हो भन्ने बुझेका छौ र बुझिरहने छौ किनकी भ्रस्टाचार बिरुद्दमा मिसन खबरदारी जारी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: