८० हजार घुस प्रकरणमा आरोपित कर्मचारी तीन तिर तितरबितर !

सराङकोट न्यूज
3 October, 2024 9:48 pm
Advertisements

जिल्ला प्रशासन कार्यालय कास्कि भित्र बिचौलिया सङ्ग मिलेर घुस लेनदेनमा मुछिएका ३ जना कर्मचारीलाई ३ जिल्लामा सरुवा गरिएको छ । सराङ्कोट साप्ताहिकले गत भाद्र १८ मा एउटा अक्षर सच्याउन ८० हजार घुस लेनदेन भएको बारे समाचार प्रकाशन गरेपछी कास्किका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले सहाएक प्रजिअ गङ्गा बहादुर क्षेत्रीलाइ छानबिन गर्न खटाएका थिए ।
यहि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई लेखी छानबिन गरि कारबाही गर्न निर्देशन दिएको अख्तियार स्रोतले सराङ्कोटलाइ बताएको थियो । गृहको पत्र अनुसार उक्त प्रकरणमा कास्की प्रशासनले सूक्ष्म छानबिन गरि सम्लग्न पाइएका उपर स्पष्टीकरण सोधी आवश्यक कारबाही अगाडी बढाएको छ तर छानबिनको प्रतिबेदन भने आइसकेको छैन यद्यपि गृह मन्त्रालयले प्रारम्भिक अनुसन्धान अनुसार तीन जना कर्मचारीलाई तीन जिल्लामा सरुवा गरेको छ ।
प्रशासकीय अधिकृत अबिनाश कुवरलाइ जिल्ला प्रशासन कार्यालय बागलुङमा सरुवा गरिएको छ कुवर केही बर्ष अघि मालपोत कार्यालयमा घुस कान्डमा पनि मुछिएका थिए तर माथिल्लो तहबाट उक्त केशमा उनलाइ मुक्ति दिइएको थियो । यस्तै  नागरिकता नवीकरण शाखाका नासु जग्गुलाल पान्डेलाइ जिल्ला प्रशासन कार्यालय स्याङ्जा र नयाँ नागरिकता शाखाका नासु डिल्लीराम शर्मालाइ जिल्ला प्रशासन कार्यालय तनहु सरुवा गरिएको छ । छानबिनको प्रतिबेदन आएपछि गृहमा पठाइने र थप निर्णय गृहबाट नै हुने कास्किका प्रजिअ पान्डेले बताए ।
कास्किमा नागरिकताको प्रतिलिपी लिन आएका पोखरा १ बगरका सेवाग्राही सङ्ग ढड्डामा जन्म मितिको नामको अन्तिम एउटा अक्षर (ड हुनुपर्नेमा ट ) भएकोमा सच्याउन बिचौलिया नेत्र ढकाल र अच्युत कट्टेल मार्फत ८० हजार घुस रकम लियर काम गरिदिएका थिए उक्त प्रकरण सङ्ग सम्बन्धि बिस्तृत रिपोर्ट सराङ्कोटले प्रकाशन गरेको थियो । समाचार आए लगत्तै घुस लिने कर्मचारी र बिचौलियाले पचाएको घुस फिर्ता गर्न बाध्य भएका थिए ।
सुशासनको लागि विभिन्न पहलकदमी गरिरहेका कास्कीका प्रजिअ भरतमणी पान्डेले आफू सरुवा आए लगत्तै घुस कान्ड बाहिरिएको घटना प्रती दुख ब्यक्त गरे । सबै कर्मचारिलाइ सचेत गराएर नागरिकको सेवामा जुट्न निर्देशन दिएको बताउदै गल्ती कमजोरी गर्ने उपर कुनै सम्झौता नहुने बताएकाछन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: